कवि मणिकुमार श्रेष्ठको कविता कृति ‘अदृश्ययात्रा’विमोचन
Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
टक्सार (भोजपुर), १६ पुसः कवि मणिकुमार श्रेष्ठको कविता कृति ‘अदृश्ययात्रा’को विमोचन चर्चा गरिएको छ । सोमबार यहाँ आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईसहित उपस्थित व्यक्तिले कविता कृतिको विमोचन गर्दै यसको चर्चा गर्नुभएको हो ।
भोजपुरको उत्तर षडानन्द नगरपालिका निवासी कवि श्रेष्ठ २०६० सालदेखि साहित्य लेखन सुरु गर्नुभएको थियो । कवि श्रेष्ठको यो पहिलो कविता कृति हो । कविता कृतिभित्र ५८ वटा कविता समावेश गरिएको उहाँले जानकारी दिनुभयो ।
जिल्लास्थित त्रिवेणी साहित्य प्रतिष्ठानको आयोजनामा जिल्ला सदरमुकाममा भएको कार्यक्रममा कवि श्रेठको कृतिमाथि शङ्करकुमार राई, बाबुराम ओझा र सङ्ग्राम किराँतीले परिचर्चासहित टिप्पणी गर्नुभएको थियो । साथै कार्यक्रमका प्रमुख अतिथी समन्वय प्रमुख थुलुङ, कवि श्रेष्ठ, प्रतिष्ठानका अध्यक्ष सुवास विभास श्रेष्ठलगायतले क...










