राजमार्ग छेउमा मकै पोलेरै जिविका
Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
बेलबारी (मोरङ), १६ पुसः यहाँको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्ग घर भएका मेघराज बस्नेतले पाँच वर्षदेखि पूर्व पश्चिम राजमार्गमा पर्ने बेलबारी–८ स्थित चिसाङ खोला छेउमा मकै पोलेर बेच्दै आउनुभएको छ ।
मकै पोलेरै पाँचजनाको परिवारको जिविका चलाउँदै आउनुभएका उहाँले भन्नुभयो, “व्यापारको टुङ्गो त हुँदैन, तर औसतमा दैनिक एक हजारदेखि एक हजार पाँच सय सम्म आम्दानी हुन्छ ।” उहाँका अनुसार हाल रु २५ प्रतिघोगा किनेको हरियो मकै रु ४० प्रतिघोगाले बिक्री हुन्छ ।
बेलबारी–१० भाउन्ने घर भएका रमेश कुँवरले पनि मेघराजले झैँ सोही स्थानमा मकै पोलेर बिक्री गर्दै आउनुभएको छ । घरमै होटल व्यवसाय सञ्चालन गर्नुभएका उहाँले कोरोनाका कारण व्यवसाय ठप्प भएपछि मकै पोलेर बेच्न थाल्नुभएको हो । हाल यो पेसाप्रति सन्तुष्ट रहेको उहाँले बताउनुभयो । कुँवरका अनुसार राजमार्गमा यात्रारत अधिकांशले यहाँ गाडी रोकेका ब...










