बकर इदको अवसरमा दमाममा तेस्रो दमाम च्याम्पियन कप २०२५
Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
साउदी अरब, बिपुल ढुङ्गाना , साउदी अरबको दमाम मा कार्यरत नेपाली समुदायबीच आपसी सद्भाव, मित्रता र खेलकुदको भावनालाई प्रगाढ बनाउने उद्देश्यले तेस्रो दमाम च्याम्पियन कप २०२५ आयोजना हुने भएको छ। युनाइटेड नेपाल फुटबल क्लब दमाम (UNFC DMM) ले मुस्लिम धर्मावलम्बीहरूको महान चाड बकर इद इद–उल–अजहा को अवसर पारेर यो भव्य फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो।
यो प्रतियोगिता आगामी जुन ६, २०२५, शुक्रबारका दिन साउदी अरबको पूर्वी क्षेत्र खोबरस्थित अजेजिया फुटबल मैदानमा सम्पन्न हुनेछ। आयोजक समितिले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ।
शुक्रबार दिउँसो दमामको एक नेपाली होटलमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको विस्तृत जानकारी सार्वजनिक गरिएको थियो। सम्मेलनमा आयोजकले खेलप्रेमी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा गरेका छन्।
प्रतियोगित...










