Saturday, May 2News That Matters

खेलकुद

नेपालगञ्जमा धुमधामले ईद पर्व मनाइयो

नेपालगञ्जमा धुमधामले ईद पर्व मनाइयो

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
नेपालगञ्ज, १८ चैत : बाँकेमा इस्लाम धर्मावलम्बीले धुमधामका साथ ईद उल फित्र पर्व मनाएका छन् । नेपालगञ्जमा आज बिहान सामूहिक रुपमा नमाज पढिएको छ । विपी चोकस्थित इदगाहमा सामूहिक नमाज पढिएको हो । इदगाहभित्र ठाउँ नपुगेर बाहिर सडकमै बसेर पनि नमाज पढिएको थियो । सो अवसरमा एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिएको थियो । यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ । रोजाको दौरान मुस्लिम धर्मावलम्बीहरूले सूर्योदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य भौतिक सुख–सुविधाबाट टाढा रहन्छन् । नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राइले इद उल फित्रमा विश्वका लागि शान्तिको प्रार्थना गरिएको उल्लेख गर्दै यस अवधिमा आध्यात्मिक शुद्धता, दानशीलता, सहानुभूति, तथा आत्मसंयम्को अभ्यासमा जोड दिइने बताउनुभयो । उहाँले पुण्य प्राप्त हुने धार्...
मैत्रीपूर्ण फुटबलमा सेना विजयी

मैत्रीपूर्ण फुटबलमा सेना विजयी

Breaking News, अन्तर्राष्ट्रिय, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, १८ चैत : सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय र रक्षा समाचारदाताको टोलीबीच आज भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सेनाको टोली विजयी भएको छ । सेनाले रक्षा समाचारदाताको टोलीलाई ९–८ गोलअन्तरले पराजित गरेको हो । जनसम्पर्क तथा सूचना निर्देशनालयको २३ औँ स्थापना दिवसका अवसरमा सैनिक मुख्यालय जङ्गीअड्डामा उक्त प्रतियोगिता आयोजना गरिएको हो । निर्धारित समयमा दुवै टोलीले ४–४ गोलको बराबरी खेल खेलेपछि पेनाल्टीमार्फत खेलको निर्णय गरिएको थियो । पेनाल्टीमा सेनाको टोलीले पाँच र रक्षा समाचारदाताको टोलीले चार गोल गरेको थियो । यसअघि रक्षा समाचारदाताको तर्फबाट शिशिर बस्नेत एक्लैले चार गोल गरेका थिए । यसअघि सैनिक तालिम महानिर्देशक ध्रुवप्र्रकाश शाहले रेफ्रिलाई फुटबल हस्तान्तरण गरी खेल शुभारम्भ गरेका थिए । प्रतियोगितामा सेनाका तर्फबाट प्रवक्ता गौरवकुमार केसी र समाचारदाताका त...
सामाजिक सदभाव कायम राख्दै ईद मनाइयो

सामाजिक सदभाव कायम राख्दै ईद मनाइयो

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
वीरगञ्ज (पर्सा), १८ चैत : पर्सामा इस्लाम धर्मावलम्बीहरुले ईद–उल–फित्र (ईद) सामाजिक सद्भाव कायम राख्दै मनाएका छन् । इस्लाम समुदायले पर्सामा रहेका ईदगाह तथा मस्जिदमा नमाज (प्रार्थना) गर्दै ईद पर्व हर्षाैल्लाससहित मनाएका हुन् । वीरगञ्ज महानगरपालिका–२ स्थित ईदगाहचोकमा हजारौँ सङ्ख्यामा मुस्लिम समुदायले एकापसमा खुसी साटासाट गरेर ईद मनाएका छन् । वीरगञ्जका हिन्दू समुदायका धर्मावलम्बीले रमजानको अवसरमा इस्लाम समुदायका व्यक्तिलाई ‘इफ्तार’को आयोजना गरेर शुभकामना आदानप्रदान गर्दै आएका छन् । यसले यहाँका समुदायबीच धार्मिक सहिष्णुता र भ्रातृत्वको विकास गराउँदै आइरहेको छ । वीरगञ्ज महानगरपालिका उपप्रमुख इम्तियाज आलमले हिन्दू र मुस्लिम समुदाय पुर्खाैँदेखि सद्भाव र सहिष्णुता कायम राख्दै आएका बताउनुभयो । “सदियौँदेखि हिन्दू र मुस्लिम समुदायले एकअर्काको चाडपर्वमा सामेल हँुदै आएका छौँ”, ...
बागलुङका एक सय छ खानेपानी मुहानमा कोलिफर्म भेटियो

बागलुङका एक सय छ खानेपानी मुहानमा कोलिफर्म भेटियो

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
ढोरपाटन (बागलुङ), १८ चैत : जिल्लाका एक सय छ खानेपानी मुहानमा दिशामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकासहित जिल्लाका १० स्थानीय तहका विभिन्न दुई सय ८५ स्थानमा कोलिफर्म परीक्षण गरेको थियो । सबैभन्दा बढी जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाको खानेपानीमा कोलिफर्म भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रयोगशाला प्राविधिक डिल्ली आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार काठेखोलामा ४७ वटा मुहानमा परीक्षण गरेकामा २७ वटा र जैमिनीमा एक सय छ वटा मुहानमा परीक्षण गरेकामा ४४ वटामा भेटिएको हो । परीक्षणको दायरा बढाए अझै धेरै मुहानमा कोलिफर्म भेटिन सक्ने आचार्यको भनाइ छ । जनस्वास्थ्य कार्यालयले जिल्लाको निसीखोला, तमानखोला, ताराखोला, बरेङ, बडिगाड गाउँपालिका, गलकोट नगरपालिका, ढोरपाटन...
काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न निर्देशन

काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न निर्देशन

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, शिक्षा, समाचार, स्थानीय तह विशेष
गण्डकी, १८ चैत : गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले मन्त्रालयको परिपत्रअनुसार काम नगर्ने व्यवसायीलाई कारबाही गर्न निर्देशन दिनुभएको छ । मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा चालु आर्थिक वर्षको दोस्रो चौमासिक प्रगति समीक्षा कार्यक्रममा उहाँले काम नगर्ने निर्माण व्यवसायीलाई सम्पर्क गरी निर्माण सुरु गराउन पहल गर्न निर्देशन दिनुभयो । उहाँले चालु आर्थिक वर्षभन्दा अगाडि रोकिएका बहुवर्षीय नियमित योजना सञ्चालन गर्न बहानाबाजी, ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई सम्पर्क गरी निर्माण कार्य सुरु गर्न आग्रह गर्नुभयो । मन्त्रालयबाट गरिएको परिपत्रअनुसार काम अगाडि नबढाएमा निर्माण व्यवसायीलाई लिखित रुपमा कारबाहीका प्रक्रिया अगाडि बढाउन उहाँले निर्देशन दिनुुभयो । प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था...
मकै छोडेर कफीखेतीमा महाभारतका किसान

मकै छोडेर कफीखेतीमा महाभारतका किसान

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
धुलिखेल (काभ्रेपलाञ्चोक), १८ चैत : यहाँको महाभारत गाउँपालिका–५ मुख्य टोलका नीरज पुलामीले कफीखेतीबाट आम्दानी लिन थाल्नुभएको तीन वर्ष भयो । मकैको तुलनामा कफी खेतीबाट धेरै आम्दानी हुने भएपछि अहिले उहाँ मकै छाडेर कफी खेतीमा लाग्नुभएको छ । यसअघि उहाँ मकै खेतीको भरमा हुनुहुन्थ्यो । तीन वर्ष अगाडि छ सय बोट कफी रोपेर खेती सुरु गर्नुभएका उहाँले हाल नयाँ बोटहरु रोप्ने तयारीमा बारीभरि खाल्डो खन्नुभएको छ । “यसवर्ष मात्रै चार सय किलो फल्यो”, उहाँले भन्नुभयो, “केही बिक्री भयो, केही बाँकी छ ।” दाजुभाईकोसहित गरेर उहाँहरुले १८ रोपनीमा कफी लगाउनुभएको छ । कफी काँचो प्रति केजी रु एक सय ३० र सफा गरेर सुकाएपछि रु आठ सय ३० सम्ममा बिक्री गर्नुभएको उहाँले बताउनुभयो । करिब १० वर्ष अगाडिदेखि थोरै मात्रामा कफी खेती सुरु गर्नुभएका सोही गाउँका अर्का किसान लालबहादुर मोक्तानले पनि मकै खेतीभन्द...
गाउँ पसेको पाटेबाघ नियन्त्रणमा

गाउँ पसेको पाटेबाघ नियन्त्रणमा

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
कञ्चनपुर, १७ चैत : बेलौरी नगरपालिका–२ टेङ्ढुवा गाउँमा पसेको बयस्क भाले पाटेबाघलाई आज नियन्त्रणमा लिइएको छ । खेतको बिचको नाला रहेको क्षेत्रमा प्राविधिक टोलीले डार्ट (बेहोस) गरी बाघलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको बाघलाई डिभिजन वन कार्यालय कञ्चनपुरको संरक्षणमा राखिएको छ । बाघको स्वास्थ्य अवस्था जाँच गरी सोमबार सुरक्षित बासस्थानमा छाडिने कुण्डा सब डिभिजन कार्यालयका प्रमुख दिनेशकुमार यादवले बताउनुभयो । डिभिजन वन कार्यालय कञ्चनपुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको १२ जनाको प्राविधिक टोलीले दुई हात्तीको सहायताले बाघलाई नियन्त्रणमा लिएको हो । शुक्रवार टेङ्ढुवा गाउँँमा बाच्छोलाई बाघले खाएपछि खोजीकार्य सुरु गरिएको थियो । ड्रोन क्यामेराको प्रयोग गरी खोजी गर्दा गहुँको खेतमा सुतेको अवस्थामा बाघ देखा परेपछि निगरानी गर्न थालिएको थियो...
भीमनारायण गोल्डकप : उद्घाटन खेलमा सप्तरी विजयी

भीमनारायण गोल्डकप : उद्घाटन खेलमा सप्तरी विजयी

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
धनकुटा, १७ चैत : सहिद भीमनारायण गोल्ड कपको १७औँ संस्करण आजदेखि सुरु भएको छ । धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा आज भएको उद्घाटन खेलमा सप्तरीको नमोबद्ध युथ क्लब विजयी भएको छ । उसले आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानलाई ३–१ गोलअन्तरले हराएको हो । सप्तरीले पहिले हाफमा तीन गोल गरेको थियो । खेलको १९औँ मिनेटमा निर्मल घिसिङ, खेलको ३२औँ मिनेटमा मिक्सम दास र ३९औँ मिनेटमा मोहित गुरुङले गोल गरेका थिए । भीमनारायण स्मृति प्रतिष्ठानका लागि दोस्रो हाफमा कप्तान दीपेन शाक्यले सान्त्वना गोल गरेका थिए । सोमबार ब्वाइज फुटबल क्लब इटहरी, सुनसरी र गाईघाट फुटबल क्लब उदयपुरबीच खेल हुने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए । यही चैत २३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा आठ टोली सहभागी छन् । यसअघि खेलको उद्घाटन महालक्ष्मी नगरपालिका धनकुटा...
‘रासस प्रदेश र स्थानीय सरकारसँग सहकार्य गर्न तयार छ’

‘रासस प्रदेश र स्थानीय सरकारसँग सहकार्य गर्न तयार छ’

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, १७ चैतः राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रासस प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरेर समाचार सेवा विस्तारमा कटिबद्ध रहेको बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज बसेको विषयगत समिति (सञ्चार तथा सूचना प्रविधि क्षेत्र) को बैठकमा उहाँले राष्ट्रिय हितमा सञ्चालित राससलाई सबै तहका निकायले अपनत्व महसुस गरेर सहयोग र संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । “राससले राष्ट्रिय हितमा सूचना सेवा प्रदान गर्छ भने रासस सङ्घको कि प्रदेशको ? द्विविधा हटाउन जरूरी छ”, उहाँले भन्नुभयो, “हामी तीन तहकै सरकारसँग सहकार्य गरेर काम गर्न तयार छौँ ।” कार्यकारी अध्यक्ष झाले सुदूरपश्चिम प्रदेशमा कार्यालय निर्माण गर्ने विषयमा पटकपटक पत्राचार र जानकारी गराए पनि त्यसलाई महत्वका साथ नलिएको गुनासो व्यक्त गर्नुभयो । “हामी प्रदेश सरकारसँग सहकार्य गर्...
प्रधानमन्त्रीको थाइल्यान्ड भ्रमण र बिम्स्टेकको शिखर सम्मेलनमा सहभागिताबारे पूर्वप्रधानमन्त्री र पूर्वपराराष्ट्रमन्त्रीसँग परामर्श

प्रधानमन्त्रीको थाइल्यान्ड भ्रमण र बिम्स्टेकको शिखर सम्मेलनमा सहभागिताबारे पूर्वप्रधानमन्त्री र पूर्वपराराष्ट्रमन्त्रीसँग परामर्श

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, राजनीति, विचार, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, १७ चैतः प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागितबारे आज पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग परामर्श छलफल भएको छ । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राख्नुभएको छलफलमा नेपालको आर्थिक विकास, कनेक्टिभिटी, ऊर्जा, पर्यटन र सांस्कृतिक आदानप्रदानलगायत क्षेत्रमा भ्रमणलाई मुलुकको अधिकतम हितमा उपयोग गर्न सुझाव दिइएको छ । नेपालबाट प्रधानमन्त्रीको यो पहिलो औपचारिक थाइल्यान्ड भ्रमण हुन लागेकाले पनि यसबाट मुलुकका लागि विविध क्षेत्रमा लाभ हासिल गर्न सुझाव दिइएको छ । छलफलमा प्रधानमन्त्री ओलीले नेपाल विश्वशान्ति र क्षेत्रीय सहकार्यका लागि प्रयासरत रहने स्पष्ट गर्दै अरूको ह...