Friday, May 1News That Matters

खेलकुद

राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस

राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार, सुरक्षा र कुटनिती
लिस्बन (पोर्चुगल), १४ फागुनः स्पेनका लागि नवनियुक्त नेपाली राजदूत शनिल नेपालले स्पेनका राजा फिलिप छैटौँसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । मङ्गलबार म्याड्रिडस्थित राजदरबारमा आयोजित विशेष समारोहकाबीच राजदूत नेपालले राजा फिलिपसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो । ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत नेपालले राजासँग केहीसमय शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । भेटवार्तामा दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोसहित सहयोग अभिवृद्धिका बारेमा छलफल भएको स्पेनस्थित नेपाली दूतावासले जनाएको छ । राजदूत नेपालले राजा फिलिपसँगको भेटमा नेपालको परराष्ट्र नीतिको प्राथमिकता, विकासका योजना र कार्यक्रम तथा जलवायु परिवर्तनलाई सम्बोधन गर्ने प्रयासका बारेमा राजालाई अवगत गराउनुभयो । यसैगरी जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा देखापरेका समस्या र वातावरणीय चुनौतीक...
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौँ दम्पत्ति

ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौँ दम्पत्ति

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
सुन्दरबजार (लमजुङ), १४ फागुनः शिवरात्रिमा रातभर उभिएर महादेवको नाउँमा बत्ती बाल्दा सन्तान प्राप्ति हुने विश्वासका कारण यहाँको ईशानेश्वर महादेव मन्दिरमा बत्ती बाल्न आज देशका विभिन्न स्थानबाट भक्तजनहरु करापुटार आइपुगेका छन् । लमजुङ र कास्कीको सिमानामा पर्ने ईशानेश्वरलाई सन्तानेश्वर महादेवको नामले समेत चिनिन्छ । यहाँ बर्सेनि हजारौँले भक्तजनले ठाडो बत्ती बाल्ने गर्दछन् । सन्तान प्राप्तिका लागि बत्ती बाल्नेहरु सन्तान प्राप्त भएपछि आफ्ना सन्तान देखाउनसमेत यहाँ आउने गर्छन् । नवलपुर देखि ठाडो बत्ती बाल्न आउनुभएकी शान्ता बिष्टले ईशानेश्वरको महिमा सधैँ सुन्ने गरेको र यसपटक आफैँ आएको बताउनुभयो । बिष्टका अनुसार उहाँको बिहे भएको सात बर्ष भएपनि सन्तान नभएपछि सन्तान प्राप्ति हुन्छ भन्ने बिश्वासले दम्पत्तिसहित आउनुभएको हो । त्यसैगरी गोरखाकी विपना थापाले आफू तेस्रो ...
भद्रपुर झापा गोल्डकप : झापा–११ फाइनलमा प्रवेश

भद्रपुर झापा गोल्डकप : झापा–११ फाइनलमा प्रवेश

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, समाचार
भद्रपुर (झापा), १४ फागुन : दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ को दोस्रो सेमिफाइनलमा भुटानको डागा युनाइटेड एपसीलाई पराजित गर्दै झापा–११ फाइनलमा प्रवेश गरेको छ । मेची रङ्गशालामा आज भएको खेलमा झापा–११ ले डागा युनाइटेडमाथि ३–१ को जित निकालेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको आजको खेलको ५५औँ मिनटमा झापा–११ का एरोन थापाले फ्रि किममार्फत गोल गरे । खेलको ८४औँ मिनटमा डागा युनाइटेडका सुरज रसायलीले बराबरी गोल फर्काए । निर्धारित ९० मिनटको खेल हुँदासम्म दुवै टोली १–१ को स्थितिमा थिए । पाँच मिनट थपिएको इञ्जुरी समयमा भुटान समालिन नसक्दा झापा–११ ले दुई गोल थप्यो । झापा–११ का लागि रोहन कार्की र हरिबहादुर आलेमगरले इञ्जुरी समयमा गोल गरे । आजको खेलको प्लेयर अफ द म्याच झापा–११ का एरोन थापा भए । उनले रू २१ हजार नगद र ट्रफी प्राप्त गरे । यही फागुन १६ गते शु...
‘मानवमा आत्मिक जागरण अपरिहार्य’

‘मानवमा आत्मिक जागरण अपरिहार्य’

Breaking News, अर्थ, खेलकुद, प्रदेश, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
गण्डकी, १४ फागुन : गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले मानवमा आत्मिक जागरण अपरिहार्य भएको बताउनुभएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, पोखराले शिवरात्रिको अवसरमा आयोजना गरेको महाशिवरात्रि महोत्सव, प्रवचन, शिवध्वजारोहण एवं स्नेह मिलन समारोहको उद्घाटन गर्दै उहाँले आत्मिक जागरणले मानवलाई समृद्धितर्फ उन्मुख गराउने बताउनुभयो । विश्वमा शान्ति र सर्वपक्षीय समृद्धिको लक्ष्यका लागि मानवमा आत्मिक जागरण अपरिहार्य रहेको बताउँदै उहाँले अध्यात्म, ध्यान र योगले मानव कल्याण हुने उल्लेख गर्नुभयो । मानवमा शान्त र सकारात्मक मन, सवल र शुद्ध बुद्धि एवं श्रेष्ठ र दिव्य संस्कार निर्माणका लागि ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको ठूलो योगदान गरेको प्रदेश प्रमुख भट्टको भनाइ छ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय आध्यात्मिक शैक्षणिक संस्थाक...
नेक्स्ट–जेन मोबिलिटी सोलुसन प्रदर्शनका साथ नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ

नेक्स्ट–जेन मोबिलिटी सोलुसन प्रदर्शनका साथ नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, विज्ञान प्रविधि, समाचार
काठमाडौं – बीवाईडी अटो ईन्डस्ट्रीको नेपालका आधिकारिक वितरक साइमेक्स इंक प्रा. ली ले आज गर्वका साथ बीवाईडी हाई–टेक विक २०२५ को शुभारम्भ गरेको छ । नेपालमा चिनियाँ दुतावासका कमर्सियल काउन्सिलर , ज्यू बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका भाइस् जनरल म्यानेजर केत्सु झाङ, साइमेक्स इंक प्रा. ली का चेयरम्यान अनिल श्रेष्ठ, साइमेक्स इंक प्रा. ली की म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठ लगायत सञ्चारकर्मी र अन्य प्रतिनिधिहरुको उपस्थितिमा सो इभेन्टको शुभारम्भ गरिएको हो । इभेन्टको प्रमुख आकर्षणको रुपमा बीवाईडीका अत्याधुनिक सवारी साधन, याङवाङ यु८(Yangwang U8) , एफसीबी बाओ ५ (FCB Bao 5), डेन्जा जेड९जीटी (Denza Z9GT), डेन्जा डी९ (Denza D9), र बीवाईडी शार्क ६( BYD Shark 6) सार्वजनिक गरिएको छ, जसले अटोमोटिभ टेक्नोलोजीमा नयाँ युगको प्रतिनिधित्व गर्छन् । इलेक्ट्रिक र हाइब्रिड सवारी उद्योगलाई पुनःपरिभाषित गर...
बीवाईडी हाईटेक विक २०२५ ईभी इनोभेसनका क्षेत्रमा एक महत्वपूर्ण अनुभव

बीवाईडी हाईटेक विक २०२५ ईभी इनोभेसनका क्षेत्रमा एक महत्वपूर्ण अनुभव

Breaking News, अर्थ, खेलकुद, प्रदेश, विज्ञान प्रविधि, समाचार
काठमाडौं – नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी हाई–टेक विक २०२५ गर्ने घोषणा गरेको छ, जुन इलेक्ट्रिक मोबिलिटी र अत्याधुनिक प्रविधिलाई मानिसहरुले कसरी अनुभव गर्छन् भन्ने कुरामा क्रान्तिकारी परिवर्तन ल्याउने यस प्रकारकै पहिलो इभेन्ट हुनेछ । द एभरेष्ट होटलमा आगामी फेब्रुअरी २७ देखि मार्च २ (फागुन १५ देखि १८) सम्म आयोजना हुने सो इभेन्ट न्यु इनर्जी भेइकल्स (एनईभिज) र सस्टेनेबल इनोभेसनसँग साक्षात्कार हुने एक महत्वपूर्ण अवसर हुनेछ । मोबिलिटीको भविष्य सम्बन्धी एक महत्वपूर्ण कदम बीवाईडी हाई–टेक विक २०२५ एउटा प्रदर्शनी मात्र नभई एउटा ल्यान्डमार्क इभेन्ट हुनेछ, जसले ईभी टेक्नोलोजी, एआई इन्टिग्रेसन र न्यु इनर्जी सोलुसनलाई एउटै छानामुनि ल्याउने छ । शिक्षा दिने, संलग्नता बढाउने र प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ डिजाइन गरिएको सो इभेन्ट औद्योगिक व्यवसायी, ईभी प्रयोगकर्ता, प्रवि...
देशकै प्रथम र एकमात्र ट्राभल एजेन्सी “गुरु ट्राभल्स लिमिटेड”

देशकै प्रथम र एकमात्र ट्राभल एजेन्सी “गुरु ट्राभल्स लिमिटेड”

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, विज्ञान प्रविधि, समाचार
काठमान्डौ , नेपालको इतिहासकै पहिलो पब्लिक लिमिटेड कम्पनीको रुपमा आफुलाई स्थापित गर्न सफल गुरु ट्राभल्स लिमिटेडले स्थापनाको दोश्रो वर्ष पुरा गरि तेश्रो वर्षमा प्रवेश गरेको छ । गुरु ट्राभल्स लिमिटेडको प्रधान कार्यालय दरबारमार्ग काठमान्डौमा लगानीकर्ता, शुभेच्छुक तथा संस्थाप्रति सरोकार राख्ने सम्पूर्णलाइ कम्पनीले सहृदय आमन्त्रण गरेको जनाएको छ । २०७९ श्रावण २० गते बाट संचालनमा आएको गुरु ट्राभल्स लिमिटेडले छोटो समयमा नै ग्राहकवर्गको विश्वाश जित्न सफल भएको मानिन्छ । यात्रासंग सम्बन्धित सम्पूर्ण सेवा एकै ठाउँमा बिना झन्झट त्यो पनि एकदमै छिटो पाउन सकिने भएकोले सेवाका लागि धेरै मानिसले गुरु ट्राभल्स लिमिटेड नै रोज्ने गरेको भनि प्रमुख कार्यकारी अधिकृत नवराज धरेलले जानकारी दिनुभयो । पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित हुनुले पनि गुरु ट्राभल्स लिमिटेड प्रति ग्राहकवर्गको विश्वास बढेको हुन सक्ने मान...
‘मै हुँ शिवको शिवानी ’ गीत सार्वजनिक

‘मै हुँ शिवको शिवानी ’ गीत सार्वजनिक

Breaking News, अर्थ, खेलकुद, फिचर, मनोरञ्जन, विज्ञान प्रविधि, समाचार
काठमाण्डौं , ‘मै हुँ शिवको शिवानी ’ बोलको गीत सार्वजनिक भएको छ । निर्माण गरिएको गीतमा गायिका शान्ति श्री परियार को स्वर रहेको छ । भगवान शिवले गरेको योगदान र उनको प्रसंसा गर्दै गीत निमार्ण गरिएको छ । कृष्ण देव रुपाखेतीले निर्देशन गरेको भिडियोमा स्मारिका ढकाललाई फिचरिङ गरिएको छ । मौलिक लोक लयमा आधारित गीतको भिडियो उत्सव दाहालले खिचेका हुन् भने भिडियोको सम्पादन मिन रावल रहेको छ । गीतमा अभि वाग्लेले कोरियोग्राफी गरेका छन । यस गीतको शब्द गीतकार गिता गिरी तथा संगीत भद्र वली रहेको छ । ग्रेट एविजी को ब्यानरबाट युट्युबमार्फत् सार्वजनिक भएको गीतको निर्माण राम बहादुर गिरी र भगवती गिरीले निमार्ण गरेकी हुन । https://www.youtube.com/watch?v=RKOM9wvVZb0...
गीतकार आङ्बुहाङको चार गीति भिडियो सार्वजनिक

गीतकार आङ्बुहाङको चार गीति भिडियो सार्वजनिक

Breaking News, अर्थ, खेलकुद, फिचर, मनोरञ्जन, विज्ञान प्रविधि, समाचार
काठमाडौँ– गीतकार कल्पना आङ्बुहाङको चार गीति भिडियो सार्वजनिक भएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा गीतकार सङ्घ नेपालको आयोजनामा गरिएको कार्यक्रममा वरिष्ठ गायिका मीरा राणा, सङ्गीतकार बुलु मुकारुङ, नारायण गोपाल सङ्गीत कोष एवं तारा देवी स्मृति फाउन्डेसनका अध्यक्ष दीपक केसी, गीतकार सङ्घका अध्यक्ष बसन्त वित्यासी थापा, निवर्तमान अध्यक्ष शुभ मुकारुङ लगायतको उपस्थितिमा गीतका भिडियोहरु सार्वजनिक गरिएको हो । सार्वजनिक भिडियोहरुमा ‘पेलि फाक् सेवारो,’ ‘परदेशी जीवन,’ ‘पत्थर कोइला,’ र ‘हुलाकी दाई’ हुन् । सार्वजनिक गीत अनि भिडियोको समीक्षा सङ्गीतकार मुकारुङले गरेका थिए । कार्यक्रममा संघका अध्यक्ष थापाले हरेक गीतकारहरुले आफ्नो मनसँगै आफ्नोपन, परिवार, समाज, समुदाय, भेग, परम्परा संस्कृति एवं जागरण, चेतना, सन्देश, ज्ञान दिलाउने गीतहरु लेख्नुपर्ने धारणा राखे । उनले भने, ‘रहर र मनोरञ्जनको रूपमा मात्रै गीतलाई...
सरोज लामाको शब्द संगीत र स्वरमा  ’साझँ पर्नु अघी ’सार्वजनिक

सरोज लामाको शब्द संगीत र स्वरमा ’साझँ पर्नु अघी ’सार्वजनिक

Breaking News, अर्थ, खेलकुद, फिचर, मनोरञ्जन, विज्ञान प्रविधि, समाचार
काठमाण्डौं, १४ बर्ष अगाडि लाखौ कोसिश गर्दा पनि तिमीलाई भुल्न गार्हो भो गीतमा संगीत भरेर चर्चामा आएका गायक सरोज के लामाको शब्द संगीत र स्वरमा रहेको ’साझँ पर्नु अघी ’गीतको भिडियो सार्वजनिक भएको छ । यथार्थ कथामा निर्माण भएको गीती भिडियोमा प्रेम र विछोडलाई निकै आकर्षक ढंगबाट समेटिएको छ । एक सफल संगीतकार मात्र नभई एक सफल गीत रेकर्डिङ्ग स्टुडियो संचालक समेत हुन । साथी भेटन गएकी प्रेमी आफुलाई गुधुली साँझ हुदाँ पनी नआएको अवस्थालाई गीतलाई चित्रण गरिएको छ । आफनो प्रेमीकाले अर्काको अगालोमा बेरिदाको विरही भावहरुलाई गीतमा चित्रण गरिएको छ । आफनो माया लाई सुन्दर ठाउँ पुयाउनको लागी अग्रसर भएको अवस्थामा छोडेर प्रेमीका जादाँ आफुलाई अफटयारो महसुस भएको कुरा गीतमा गरिएको छ । सरोजराज गिरीको छायाँकन , रोशन धितालको सम्पादन तथा सरोज के लामाको निर्देशनमा भिडियो तयार गरिएको छ ।’साझँ पर्नु अघी ’ राम स्यानताङ , पूर...