Thursday, April 30News That Matters

खेलकुद

कुसहा–मौवहा–बेल्ही सडक जीर्ण

कुसहा–मौवहा–बेल्ही सडक जीर्ण

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, विचार, समाचार, स्थानीय तह विशेष
गोलबजार (सिरहा), ४ फागुनः राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत बनेको कुसहा–मौवहा–बेल्हीसडक जीर्ण हुँदा यात्रु र स्थानीय सास्ती खेप्न बाध्य भएका छन् । कलोपत्र उप्किएर सडक माटो र बालुवामा परिणत भएको सुरुङ्गा नगरपालिका–१० का रोशनकुमार साहको भनाइ छ । विसं २०७६ मा बनेको सडकको स्तरोन्नतिका लागि सम्बन्धित निकायले चासो नराख्दा खाल्डाखुल्डी परेर जीर्ण भई सडकमा बालुवा उड्न थालेको छ । त्यसले गर्दा सडक छेउका घर धुलाम्मे देख्न थालेको छ । स्थानीयको स्वास्थ्यमा प्रतिकूल असर हुन थालेको बलानबिहुल गाउँपालिका–१ का स्थानीय रासिन्द्र यादवले बताउनुभयो । बलानबिहुलका अध्यक्ष खेमचन्द्र यादवले चाँडै सम्बन्धित निकायले पुनः सडक कालोपत्र गर्ने वातावरण नमिलाए आन्दोलनमा जान बाध्य हुने बताउनुभयो । उहाँले गाउँपालिकाले सो सडक पुनःनिर्माणका लागि सङ्घदेखि प्रदेश सरकारलाई ध्यानाकर्...
प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् संविधान संशोधनको मिलनविन्दु हुनसक्छ : वर्षमान पुन

प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् संविधान संशोधनको मिलनविन्दु हुनसक्छ : वर्षमान पुन

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, राजनीति, विचार, समाचार, सुरक्षा र कुटनिती
काठमाडौँ, ४ फागुन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद वर्षमान पुनले प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् नै संविधान संशोधनको मिलनविन्दु हुनसक्ने बताउनुभएको छ । उहाँले शासकीय स्वरुप र निर्वाचन प्रणालीको परिवर्तनसँगै एकसाथ राजनीतिक स्थिरता र समावेशितामा फड्को मार्न सकिने विश्वास व्यक्त गर्नुभयो । विसं २०५३ का नेकपा (माओवादी) रोल्पा र प्यूठानको सचिव, २०५५ सालमा माओवादीको केन्द्रीय सदस्य, २०५९ मा पोलिटब्युरो सदस्य, २०६३ मा सचिवालय सदस्य हुँदै हाल पार्टीको उपमहासचिव रहनुभएका नेता पुनले शान्ति तथा पुननिर्माण, अर्थ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालिसक्नुभएको छ । नेता पुनसँग ‘सांसदसँग रासस संवाद’ का लागि राससका सम्पादक हरि लामिछाने र समाचारदाता अशोक घिमिरेले लिनुभएको अन्तर्वार्ताको सम्पादित अंशः –मु...
पाथीभरा क्षेत्रमा हिमपात

पाथीभरा क्षेत्रमा हिमपात

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, विचार, शिक्षा, समाचार, स्थानीय तह विशेष
ताप्लेजुङ, ४ फागुन : गएराति सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको र यसअघि गत पुस र माघमा दुई पटक हिमपात भएको जानकारी दिनुभयो । तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरामा हिमपातसँगै उक्त क्षेत्रमा चिसो बढेको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले वर्सेनि हिउँ परेपछि पाथीभरामा आन्तरिक धार्मिक पर्यटकको आगमन बढ्ने गरेको बताउनुभयो । यस वर्ष हिउँदमा पर्याप्त वर्षा नहुँदा बालीनाली भने फस्टाउन सकेको छैन । वर्षा नहुँदा हिउँदे बालीनाली गहुँ, जौ, आलुलगायत बालीनाली फस्टाउन नसकेको स्थानीयले बताएका छन् ।...
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको बर्चस्व

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको बर्चस्व

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
कास्की, ४ फागुन : देशको पर्यटकीय राजधानी पोखरामा शनिबार सम्पन्न १९औँ पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकहरूले बर्चस्व कायम गरेका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गरेको म्याराथन (४२.१९५ किमी) मा केन्याली धावक विल्सन चेरियुयिटले दुई घण्टा १७ मिनेट २४ सेकेण्डमा निर्धारित दौड पूरा गरी उपाधि जितेका हुन् । उनले उपाधिसहित रु पाँच लाख पुरस्कार पाए । उनले यसअघि कायम रहेको केन्याली धावक जुलियस मुरियाली वाहोमले राखेको दुई घण्टा घण्टा १९ मिनेट ३६ सेकेण्डको रेकर्डसमेत तोडे । अघिल्लो संस्करणको उपाधि जितेका जुलियस दुई सेकेण्ड पछि पर्दै दुई घण्टा १७ मिनेट २६ सेकेण्डमा दौड पूरा गरी द्वितीय बने । उनले रु तीन लाख पुरस्कार पाए । अर्का केन्याली धावक ओनेसमस गिताउ जोरोगले दुई घण्टा १८ मिनेट २१ सेकेण्डमा पूरा गरी तृतीय बन्दै रु दुई लाख पुरस्कार पाएका छन् । ...
इटहरी गोल्डकपः युकेएफसी सेमिफाइनलमा प्रवेश

इटहरी गोल्डकपः युकेएफसी सेमिफाइनलमा प्रवेश

खेलकुद, पर्यटक, प्रदेश, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
धरान (सुनसरी), ३ फागुनः राष्ट्रिय जागृति क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै युकेएफसी १५औँ अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेन्टस इटहरी गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आजदेखि इटहरी रङ्गशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेल राष्ट्रिय जागृति क्लब र युकेएफसीबीच भएको थियो । खेलको ११औँ मिनेटमा जागृति क्लबका एलेक्सले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनले उमेश कार्कीले कर्नरमा प्रहार गरेको बललाई ‘हेड’ मार्फत गोल गर्न सफल भएका थिए । खेलको २१औँ मिनेटमा युकेएफसीका सत्यम शर्माले प्रहार गरेको ‘फ्री किक’लाई गोलकिपरले रोक्न नसकेपछि गोल भएपछि दुवै टोलीको खेल बराबरी भएको थियो । खेलको ५५औँ मिनेटमा युकेएफसीका हेमराज भुजेलले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने उनले गरेको गोल निर्णायक बन्न पुग्यो । आजको खेलको ‘म्यान अफ दी म्याच’ यु...
British Prince couple attends parade in Pokhara

British Prince couple attends parade in Pokhara

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, समाचार, सुरक्षा र कुटनिती
Gandaki, Feb 7: British Prince, Edward, Duke of Edinburgh, and Princess Sophie, Duchess of Edinburgh, observed a parade presented by 274 Nepali youths, who completed selection process and formally joined the British Army this year, in the programme organized at Pokhara-based British Camp today. Similarly, they visited family members of newly recruited Gurkha Army and acquired information, along with attending the annual Gurkha attestation parade. On the occasion, Price Edward said, "Now, you are the Gurkha Army soldier. You are one of the 274 new Gurkha army soldiers out of 13,000 aspiring candidates. You are in a position to feel very proud of your achievement." Similarly, British Ambassador to Nepal, Rob Fenn, and Colonel Commandant Brigade of Gurkha, Major General Stri...
विचार : मानसिक स्वास्थमा भोजनको प्रभाव

विचार : मानसिक स्वास्थमा भोजनको प्रभाव

अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, २४ माघ(रासस): चालिस वर्षदेखि कार्यरत वरिष्ठ मानसिकरोग विशेषज्ञ डा विश्वबन्धु शर्माको अनुभवमा मानसिक रूपमा स्वस्थ रहन हाम्रो भोजनले ठूलो भूमिका खेल्छ । डा शर्माका विचार “सामान्य शारीरिक स्वास्थ्यको अवस्था मानसिक स्वास्थ्यको पूर्वाधार भएकाले जस्तो खानपिनले शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ, त्यो मानसिक स्वास्थ्यको लागि पनि उपयुक्त हुन्छ भन्ने कुरा सामान्य स्थापित मान्यता हो । केही खाद्य वस्तुको विशेष भूमिका रहन्छ ।” सुक्ष्म पोषण तत्वसहित रेशादार पदार्थ प्रचुर मात्रामा भएको खाना विशेषरूपले मानसिक स्वास्थ्य सबल पार्न मद्दत गर्छ । जति सक्यो कम प्रशोधन गरिएको, शरिरमा एकैचोटी चिनीको मात्रा नबढाउने, ताजा खाद्य पदार्थले मस्तिष्क सक्रिय र प्रभावकारी बनाउन भूमिका खेल्छन् । अर्थात विभिन्न थरिका स्वस्थ भोजनका साथै वनस्पतिजन्य भोजनले मस्तिष्कलाई क्रियाशील बनाउन सक्षम हुन्...
झाडी फाडेर सुन्तला बगान

झाडी फाडेर सुन्तला बगान

अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
म्याग्दी, २४ माघ : कोरोना महामारी फैलिएपछि विसं २०७६ चैतदेखि भएको लकडाउन (बन्दाबन्दी)का समयमा घुम्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले पुगेका बेनीका ब्यवसायी विकास श्रेष्ठलाई त्यही जग्गा किनेर घर र बगैचा बनाउने सोच आयो । बेनीमा पोल्ट्रि र घरजग्गा ब्यवसाय गर्दै आएका विकासले सोखका लागि गाउँमा घर बनाएर बस्नका लागि किनेको दोसल्ले गाउँको शिरमा रहेको जङगलछेउको भिरालो पाखोबारी अहिले हराभरा भएको छ । “बुढेशकालमा शान्त वातावरणमा बस्नका लागि भनेर दोसल्लेमा जग्गा किनेको थिए,” उहाँले भन्नुभयो “काम गर्दा गर्दै सुन्तला बगैचा पो भयो ।” रोजगारीका लागि पोर्चुगलमा रहेका जग्गाधनीका परिवार र आफन्त पोखरामा बसाईसराई गरेपछि विकासले किनेको जग्गामा रहेको सुन्तला बगैचाले स्याहार पाउन छाडेको थियो । पाखोबारी झाडीमा परिणत भएको थियो । श्रेष्ठले सञ्चालन गरेको अन्नपूर्ण फलफुल...
केराका बोट सुक्न थालेपछि म्याग्दीका किसान चिन्तित

केराका बोट सुक्न थालेपछि म्याग्दीका किसान चिन्तित

अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
गलेश्वर (म्याग्दी), २४ माघः रोगले केराको बोट सुक्न थालेपछि म्याग्दीमा केराखेती गरिरहेका किसान चिन्तित भएका छन् । जिल्लाको बेनी नगरपालिका, रघुगङ्गाा र मङ्गला गाउँपालिकाका विभिन्न गाउँका केराबारीमा रोग लागेको हो । पसाउने बेलाको हजारी केराका बोट नै सुक्न थालेका मङ्गला गाउँपालिका–३ का किसान टेकबहादुर खड्काले भन्नुभयो, “के भएर यस्तो भएको हो पत्ता लाउनै सकिएको छैन, खडेरीले खाएको जस्तो बोट सुकेका छन्, गुबो झरेको छ,कोसा पसाएको छैन ।” उहाँले चार रोपनीमा केराखेती गर्नुभएको छ । त्यसैगरी, विगत पाँच वर्षदेखि केराखेती गर्दै आउनुभएका बेनी नगरपालिका–२ बगरफाँटका खिमबहादुर कार्कीले पनि केरामा नयाँ किसिमको रोग देखिएको बताउनुभयो । “छ वर्षदेखि केराखेती गरिरहेको छु, अहिलेको जस्तो बोट नै सुकेको मैले देखेको थिइन”, उहाँले भन्नुभयो । कृषि प्राविधिकहरुले पनि रोग पहिचान गर्न नसकेको उहाँले बत...
एकल चेपाङ महिलालाई बाख्रा वितरण

एकल चेपाङ महिलालाई बाख्रा वितरण

अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
मुग्लिन (चितवन), २४ माघः इच्छाकामना गाउँपालिका वडा नम्बर–१ का १० जना सीमान्तकृत चेपाङ समुदायका एकल महिलालाई सपना भिलेज सोसियल इम्प्याक्टले आयआर्जनका लागि बाख्रा वितरण गरेको छ । सशक्तीकरण परियोजनामार्फत हरेकलाई बुधबार उपहारस्वरूप बाख्रा प्रदान गरिएको हो । सीमान्तकृत चेपाङ समुदायका एकल महिलाको जीवनस्तर उकास्न तथा आयमूलक कार्यक्रम सञ्चालन गरिरहेको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीका अनुसार सोही परियोजनामार्फत गत वर्ष पनि १६ जना महिलालाई जनही चार वटा बाख्रा वितरण गरिएको थियो ।...