मुख्यमन्त्री शाहद्वारा ‘ट्रफी’ अनावरण
सुदूरपश्चिम, ३ माघ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीमा आयोजना हुने ‘अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता’को ट्रफी आज अनावरण गर्नुभएको छ ।
मुख्यमन्त्री शाहले अर्जुन ट्रफी जस्ता प्रतियोगिताको आयोजनाले खेलप्रेमीमा हौसला बढ्ने भई समग्र क्रिकेट खेलको विकासमा थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार सक्दो सहयोग गर्न तयार छ ।”
धनगढीको फाप्ला क्रिकेट मैदानमा यही माघ १९ गतेदेखि २८ सम्म अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ । ट्रफी अनावरणकै क्रममा धनगढी क्रिकेट एकेडेमीमा आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइयो । धनगढीको क्रिकेट विकासमा महत्वपूर्ण योगदान दिनुभएका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएक...




