सम्यक दान पर्वमा दुई हजार भिक्षुलाई महादान गरिने
Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
भक्तपुर, २८ पुस : तीन सय ५० वर्षअघि अर्थात् नेपाल संवत् ७८७ भन्दा अघिदेखि प्रत्येक वर्ष माघ १ गते मनाउँदै आएको महादान ‘सम्यक दान पर्व’ मा यस वर्ष दुई हजार भिक्षुलाई महादन गरिने भएको छ ।
शनिबार सम्यक महादान व्यवस्थापन सहयोग समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष गणेश बज्राचार्यले भक्तपुर नगरपालिका–१ स्थित जयकीर्ति महाविहार (ययुबही) परिसर भुइख्यमा गरिने बौद्ध परम्पराअनुसारको सम्यक महादान पर्वमा भिक्षुलाई महादन गर्ने तयारी रहेको जानकारी दिनुभयो । पाँच दीपकङ्र बुद्धका मूर्तिहरूलाई स्थानीय थथुवहिमा विराजमान गराई बुद्ध ज्ञान प्राप्त शाक्य र बज्राचार्यका सम्पूर्ण भिक्षुहरूलाई प्रसाद, चामललगायत विभिन्न परिकार दान दिने र पाँच दीपङ्करको परिक्रमा गराई पूजासमेत दिएर मनाइने उहाँले बताउनुभयो ।
भक्तपुर दरबार क्षेत्रसँगै रहेको प्रसिद्ध चतुब्र्रह्म महाविहारका सङ्घ ...






