अमेरिकाका लियो चौधौँ २६७ औँ पोप निर्वाचित
भ्याटिकन सिटी, २६ वैशाख: रोबर्ट प्रेभोस्ट सेन्ट पिटरस्थित गद्दीमा बस्ने २६७औँ सर्वोच्च पादरी बन्नुभएको छ । उहाँलाई अब ‘लिओ चौधौँ’ भनेर चिनिने छ। उहाँ पोपको भूमिका निर्वाह गर्ने प्रथम अमेरिकी बन्नुभएको छ । यद्यपि, उहाँलाई ल्याटिन अमेरिकी कार्डिनलका रूपमा बढी चिनिन्छ । बिशप बन्नुअघि उहाँले इसाई धर्मप्रचारका क्रममा धेरै वर्ष पेरूमा रहेर सेवा गर्नुभएको थियो ।
स्वर्गीय पोप फ्रान्सिसका उत्तराधिकारीका रूपमा चुनिएपछि लियो सेन्ट पिटर्स बेसिलिकाको बाल्कोनीमा आफ्नो पहिलो सम्बोधनका लागि उपस्थित हुँदा उहाँलाई दशौं हजार शुभेच्छुकहरूले स्वागत गरेका छन् ।
पोप चुनिएपछि दिएको पहिलो सार्वजनिक सम्बोधनमा उहाँले भन्नुभयो, “समग्र पृथ्वीमा जहाँ सुकै भए पनि सबै मानिसहरूमा शान्ति कायम रहोस्।“
उहाँले भन्नुभयो, “हामीलाई र एक अर्कालाई, आपसमा वार्ता र छलफलको माध्यमबाट पुलहरू निर्म...










