सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने
Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
सिरहा, १५ वैशाख ः सिरहाको लहानस्थित ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्र सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने भएको छ । आज एक कार्यक्रमका बीच जनमत पार्टीका अध्यक्ष डा सीके राउत र मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संयुक्त रूपमा पार्कको शिलान्यास गर्नुभयो ।
मधेस प्रदेश सरकारको रु ८० लाख लागतमा डिभिजन वन कार्यालयले आगामी असार १५ भित्र पार्क निर्माण गर्ने गरी काम अगाडि बढेको हो । मुख्यमन्त्री सिंहले धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सलहेश फूलबारी क्षेत्रको विकासका लागि ‘मास्टर प्लान’ सहित प्रदेश सरकारले योजना अघि बढाएको बताउनुभयो । “यो क्षेत्र आफैँमा धार्मिक, सांस्कृतिक पर्यटकीय क्षेत्र हो । यसको आफ्नै महत्व र गरिमा छ । यस क्षेत्रलाई व्यवस्थित बनाइ धार्मिक पर्यटन विकास र छिमेकी भारतीय पर्यटकलाई आकर्षित गर्न विशेष महत्व दिएर अम्बेडकर पार्क बनाउन लागिएको हो”,...










