नवदुर्गा जात्रा सम्पन्न
Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काभ्रेपलाञ्चोक, १४ वैशाख: बनेपामा तीन दिनदेखि सञ्चालन भएको नवदुर्गा जात्रा आज सम्पन्न भएको छ । जात्राका क्रममा आज साँझ देवगणले नवदुर्गाको भेषमा नाचसँगै ‘माछा मार्ने’ काम सकेर जात्रा सम्पन्न गरिएको हो ।
विशेषगरी बनेपा नगरपालिका–७ स्थित तीनधारा डबलीमा समापनका अवसरमा भएको नवदुर्गा जात्रामा नवदुर्गाको भेषमा देवगणहरूको नाच हेर्न स्थानीयको भीड लागेको थियो । जात्राका क्रममा श्वेतभैरवले मान्छेरूपी माछा (स्थानीय व्यक्ति)लाई समात्न खोज्ने र जात्रामा सरिक स्थानीय मुखमा हातले थपथपाएर आवाज निकाल्दै भाग्ने चलन रहेको छ । यसरी भागेकालाई श्वेतभैरवले पक्रन खोज्ने भएकाले देवगणद्वारा पक्रियो भने ‘अपसकुन’ हुने डरले व्यक्तिहरू भागिरहने प्रचलन रहिआएको छ ।
नवदुर्गा जात्रा बनेपाबाहेक काभ्रेपलाञ्चोकको पनौती, धुलिखेल, चौकोट, श्रीखण्डपुरलगायत स्थानमा पनि लाग्ने प्रचलन रहेको छ । यस्तै, बनेपाम...










