‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’
Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, ११ वैशाखः आज १८औँ लोकतन्त्र दिवस । नेपाली जनताको जीत भएको दिन । २०६२÷६३ सालमा भएको १९ दिने जनआन्दोलनकfबलमा नेपालमा लोकतन्त्र स्थापना भयो । आज देशमा त्यति सजिलै लोकतन्त्र आएको होइन । लोकतन्त्रको यो सुनौलो बिहानी आउनुमा २५ जनाले आफ्नो ज्यानको बाजी दिनुभयो र साढे सात हजार जना घाइते हुन भएका थिए ।
त्यही जगमा २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको माग बमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गर्नुभयो । उक्त घोषणामा भनिएको थियो, ‘राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा नै निहीत रहेको तथ्यलाई हृदयङ्गम गर्दै वर्तमान जनआन्दोलनमार्फत अभिव्यक्त भएको जनभावनाअनुरुप प्रतिनिधिसभालाई पुनःस्थापित गरिएको छ ।’ र, विधिवत रुपमा २०६४ सालदेखि नेपालमा लोकतन्त्र दिवस मनाउन थालिएको हो ।
तत्कालीन रा...










