ब्राजिलका फुटबलर कार्लोस जेभिर्यस कलेजमा
Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, १० वैशाखः ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टाे कार्लाेस कालोपुलस्थित जेभिर्यस इन्टरनेशनल कलेज पुग्नुभएको छ ।
नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनको खेल हेर्न काठमाडौँ आउनुभएका कार्लाेस आज सो कलेजमा पुगेर विद्यार्थीसँग अन्तरक्रिया पनि गर्नुभएको हो । उहाँलाई कलेजका सञ्चालक लोकबहादुर भण्डारी, गोपाल भण्डारीलगायतले स्वागत गर्नुभएको थियो ।
सञ्चालक भण्डारीले अध्यापन र खेलकुद सधैँ हाम्रो प्राथमिकतामा पर्ने भएकाले कार्लाेसको आगमनले आफूहरु हर्षित भएको बताउनुभयो।...










