अन्नपूर्ण आरोहणका लागि ४२ जनाले अनुमति लिए
Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, विचार, शिक्षा, समाचार, स्थानीय तह विशेष
म्याग्दी, १५ चैतः वसन्तयाममा अन्नपूर्ण प्रथम हिमाल आरोहरणका लागि ४२ जनाले अनुमति लिएका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्दछ ।
वसन्तयामका लागि चार समुहका ३० पुरुष र १२ जना महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएका पर्यटन विभागका निर्देशक आरती न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार वसन्तयामका लागि हालसम्म नेपालका पाँच वटा हिमाल आरोहरण गर्न ५८ जनाले अनुमति लिएकामा सबैभन्दा बढी अन्नपूर्ण आरोहण गर्नेहरू छन् । अघिल्लो वर्षभन्दा यो वर्ष अन्नपूर्ण आरोहण गर्न अनुमति लिने आरोहीहरू बढेका छन् ।
अन्नपूर्ण हिमाल आरोहण अनुमति दिएबापत विभागले रु एक करोड ४७ लाख नौ हजार चार सय २० शुल्क सङ्कलन भएको विभागका निर्देशक न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो वर्षको वसन्तयाममा २५ जनाल...










