Sunday, May 3News That Matters

पर्यटक

जङ्गली जनावरको आतङ्क रोक्न तारजाली जडान गरिँदै

जङ्गली जनावरको आतङ्क रोक्न तारजाली जडान गरिँदै

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
कञ्चनपुर, १८ फागुनः शुक्लाफाँटा नगरपालिकाको जङ्गली जनावर प्रभावित क्षेत्रमा मेसवायर (तारजाली) जडान सुरु गरिएको छ । पाँच दशमलव ८८ किलोमिटर क्षेत्रमा मेसवायर जडान हुनलागेको हो । जङ्गली जनावर प्रभावित वडाका रूपमा परिचित वडा नं ८ र वडा नं १२ मा मेसवायर जडान भइरहेको नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख दीपक धामीले बताउनुभयो । यसका लागि नगरपालिका र सुदूरपश्चिम प्रदेशले आधा–आधा रकम व्यहोर्ने गरी लागत साझेदारी गरेका छन् । प्रदेश सरकारको समपूरक अनुदान रु ७५ लाख र नगरपालिकाको रु ७५ लाख गरी रु एक करोड ५० हजारमध्ये रु ९५ लाखमा मेसवायर जडानका लागि पशुपति एण्ड भुवनेश्वरी सप्लायर्ससँग ठेक्का सम्झौता भएको शाखा प्रमुख धामीले बताउनुभयो । उहाँका अनुसार मेसवायर जडानको हालसम्म दुवै वडामा गरी ५१ प्रतिशत कार्य प्रगति भएको छ । वडा नं १२ मा कुण्डा टोलबाट कालागौँडीसम्म दुई हजार नौ सय मि...
हिउँ खेल्न पर्यटक पातिहाल्नेमा

हिउँ खेल्न पर्यटक पातिहाल्नेमा

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
ढोरपाटन (बागलुङ), १८ फागुन : शनिबार बिहानैदेखि पातिहाल्ने क्षेत्रमा चहलपहल बढेको छ । सेताम्य हिउँले ढाकेको जङ्गल, सडक तथा नाङ्गा डाँडा हेर्न र हिउँ खेल्न पुगेका पर्यटकले पातिहाल्नेमा चहलपहल बढेको हो । बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमानामा पर्ने पातिहाल्ने क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । हिउँ खेल्नका लागि बागलुङसहित पूर्वीरुकुम, रोल्पा, जाजरकोट, गुल्मी, प्युठान र बुटवलदेखि हिउँ खेल्न आन्तरिक पर्यटक यहाँ आएका हुन् । शुक्रबार बिहानदेखि हिउँ पर्न थालेपछि पर्यटक पातिहाल्ने उक्लिएका थिए । समुद्री सतहदेखि तीन हजार एक सय मिटरको उचाइमा रहेको पातिहाल्ने शुक्रबार र शनिबार गरी झण्डै एक हजार दुई सय पर्यटक हिउँ खेल्न पुगेको स्थानीय थमबहादुर घर्तीले बताउनुभयो । बाक्लो हिमपातका कारण ठूला सवारीसाधन चल्न नसकेको उहाँको भनाइ छ । पर्यटक मोटरसाइकल र जि...
त्रिदेशीय पर्यटनबाट नेपालले लिनसक्ने अवसर

त्रिदेशीय पर्यटनबाट नेपालले लिनसक्ने अवसर

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, समाचार, सुरक्षा र कुटनिती
काठमाडौँ, १८ फागुन : नेपालमा पहिलोपटक आयोजना भएको त्रिदेशीय पर्यटन एक्स्पो (नेपाल इन्डिया चाइना एक्स्पो) नाइस–२०२५ मा नेपालको प्रवर्द्धन गरिएको छ । छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक आकर्षण गर्ने र पर्यटन प्रवर्द्धनमा समन्वय तथा सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले पोखरामा यही फागुन १२ देखि १४ गतेसम्म प्रदर्शनी आयोजना गरिएको थियो । ‘प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टर’ले नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद् र अन्य सरकारी तथा निजी क्षेत्रका साझेदार सरोकारवालाको सहकार्यमा आयोजना गरेको एक्स्पोमा एक सयभन्दा बढी अन्तरराष्ट्रिय सहभागी र राष्ट्रिय पर्यटन सरोकारवालासहित १४ देशका ६ सयभन्दा बढी प्रतिनिधि सहभागी थिए । प्रदर्शनीले तीन देशका सरकारी र निजी क्षेत्रका पर्यटन तथा आतिथ्य सरोकारवाला संस्थालाई एकै थलोमा ल्याएर उनीहरूबीच व्यावसायिक अनुभवका साथै नेटवर...
पर्यटनको सम्भावना बोकेको घाङ्चो छहरा ओझेलमा

पर्यटनको सम्भावना बोकेको घाङ्चो छहरा ओझेलमा

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
रामपुर (पाल्पा), १८ फागुन : बाह्रै महिना पानी झरिरहने पाल्पाको निस्दी गाउँपालिका–५ बहपुर र बेलौजीको गाउँको बीच भागमा अवस्थित घाङ्चो छहरा हेर्दै मनमोहक छ । यसलाई मगर भाषामा घाङ्चो छहरा भनिन्छ । तर जनजिब्रोमा भने मगर भाषामै घाङ छहर अर्थात् नेपालीमा अग्लो झरनाका नामले चिनिन्छ । यहाँ पुग्ने जोकोही पनि झरनाको पानीमा नुहाउने र मज्जा लिने गर्छन् । यहाँसम्म पुग्न सडक यातायात पूर्वाधार तथा प्रचारप्रसारलगायतको अभावमा भने यो ओझेलमा परेको छ । बहपुरका तेजन सुनारी पाखापखेरामा घाँसदाउरा होस् या गोठालो जाँदा झरनाको आवाजले मन नै फुरुङ्ग बनाउने गरेको बताउनुहुन्छ । हिउँदयाममा पनि पानी कहिल्यै नसुक्ने उक्त झरना मनमोहक रहेको उहाँले बताउनुभयो । “गर्मीयाममा अग्लो छाँगोबाट झरिरहेको झरनाको पानीमा नुहाउन र मज्जा लिने गरिन्छ, यहाँ गर्मीयाममा पनि पानी सुक्दैन”, सुनारीले भन्नुभयो, “यसको प्रचा...
यस्तो छ विदेशी मुद्राको विनिमयदर

यस्तो छ विदेशी मुद्राको विनिमयदर

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, विज्ञान प्रविधि, समाचार
काठमाडौँ, १८ फागुन : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको दरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७० पैसा र बिक्रीदर १४० रुपैयाँ ३० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४५ रुपैयाँ २४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ४० पैसा कायम गरिएको छ । यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८७ रुपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९७ रुपैयाँ १९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ६० पैसा र ब...
लागुऔषधविरूद्धको महाअभियानलाई देशव्यापी बनाऔँः गृहमन्त्री लेखक

लागुऔषधविरूद्धको महाअभियानलाई देशव्यापी बनाऔँः गृहमन्त्री लेखक

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, १७ फागुनः गृहमन्त्री रमेश लेखकले लागुऔषधमुक्त समाज निर्माणका निम्ति लागुऔषधविरूद्धको महाअभियानलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिनुभएको छ । काठमाडौँमा उपत्यका प्रहरी कार्यालयले आजदेखि सुरू गरेको लागुऔषधविरूद्धको महाअभियान उद्घाटन समारोहमा गृहमन्त्री लेखकले लागुऔषध व्यक्ति, परिवार हँुदै समाजकै लागि घातक रूपमा देखापरिरहेको बताउनुभयो । “लागुऔषध अत्यन्त चुनौतीका रूपमा देखिएको छ, युवाहरूमा नकरात्मक असर पारेको छ”, गृहमन्त्री लेखकले भन्नुभयो, “सरकार र प्रहरीको मात्रै विषयवस्तु छैन, होइन, यो समग्र समाजकै चिन्ताको विषय भइसकेको छ ।” लागुऔषधले व्यक्तिलाई मात्र नभई समग्र समाजलाई खोक्रो बनाउँदै लगेकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले यसको नियन्त्रणका लागि तीन तहका सरकारले अभियानका रूपमा सञ्चालन गर्न जरूरी रहेको बताउनुभयो । “लागुऔषध प्रयोगकर्ताक...
ट्रम्प र जेलेन्स्कीबीचको वार्तामा चर्काचर्की

ट्रम्प र जेलेन्स्कीबीचको वार्तामा चर्काचर्की

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, विज्ञान प्रविधि, समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका नेता भोलोदिमिर जेलेन्स्कीबीच शुक्रबार ओभल अफिसमा भएको वार्तामा दुई नेताबीच आफ्ना आफ्ना अडान राख्ने क्रममा चर्काचर्की भएको छ । वार्ताका क्रममा दुबै नेताले आफ्ना धारणा राख्ने क्रममा उहाँहरूबीच भनाभनको अवस्था आएको हो । वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले भनेको कुरामा असहमति जनाएपछि आक्रोशित ट्रम्पले जेलेन्स्कीसँग भन्नुभयो, “तपाईंहरू या त सम्झौता गर्न तयार हुनुपर्छ। अमेरिका युक्रेनलाई सहयोग गर्ने बाटोबाट बाहिरिइसकेको छ।” रुसमा अचानक अमेरिकी पहुँचलाई लिएर तनाव कम गर्ने उद्देश्यले भएको बैठकले उहाँहरूबीच भनाभनको अवस्था आएको हो । “तपाईं लाखौं मानिसहरूको जीवनसँग जुवा खेल्दै हुनुहुन्छ। ’तपाईं तेस्रो विश्वयुद्ध निम्त्याउने जुवा खेल्दै हुनुहुन्छ र तपाईंले जे गरिरहनुभएको छ, त्यो यो देशप्रति अपमानजनक छ,” ट...
उत्तराखण्ड: हिमपहिरोमा फसेका ४७ जनाको उद्धार, आठ कामदारको खोजी जारी

उत्तराखण्ड: हिमपहिरोमा फसेका ४७ जनाको उद्धार, आठ कामदारको खोजी जारी

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, समाचार
उत्तरी भारतको सीमा क्षेत्रमा हिमपहिरोमा फसेका ४७ जनाको खोजी टोलीले उद्धार गरे पनि अझै आठ जनाको खोजी भइरहेको अधिकारीहरूले शनिबार बताएका छन्। शुक्रबार चीनको तिब्बतसँग सीमा जोडिएको भारतको उत्तराखण्डको चमोली जिल्लाको एक गाउँ नजिकै निर्माण शिविरमा हिमपहिरो खस्दा ५५ जना कामदार हिउँ र भग्नावशेषमा पुरिएका थिए । उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीले उक्त क्षेत्रको मौसम सफा भएसँगै राहत र उद्धार कार्यलाई तीव्रता दिइएको बताउनुभएको छ । “हिउँमा फसेका सबै कामदारलाई जतिसक्दो चाँडो सुरक्षित रुपमा बाहिर निकाल्ने हरसम्भव प्रयास भइरहेको छ,” धामीले भन्नुभयो। स्थानीय प्रहरीले शनिबार एक विज्ञप्ति जारी गर्दै भग्नावशेषबाट ४७ जनालाई निकालिएको र बाँकी आठ जनाको खोजी जारी रहेको जनाएको छ । घटनास्थलमा रहेका सेनाका चिकित्सकले गम्भीर घाइतेको जीवन...
संसारकै लामो धार्मिक पदयात्रा मिथिला ‘माध्यमिकी परिक्रमा’ हुँदै

संसारकै लामो धार्मिक पदयात्रा मिथिला ‘माध्यमिकी परिक्रमा’ हुँदै

Breaking News, खेलकुद, पर्यटक, प्रदेश, समाचार, स्थानीय तह विशेष
धनुषा, १६ फागुन : मिथिलाञ्चलका बहुचर्चित सांस्कृतिक उत्सव तथा संसारकै लामो धार्मिक पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमा सुरु भएको छ । फागुन कृष्णपक्षको औँसीमा कचुरी मठबाट भगवान् राम र जानकीको डोलासहित परिक्रमा सुरु भएको हो । मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको परिक्रमा १५ दिनसम्म चल्नेछ । बिहीबार राति धनुषाको हनुमाननगरमा विश्राम गरेर परिक्रमामा सहभागी साधुसन्त तथा श्रद्धालुहरु आज बिहान पूजापाठ गरी भारत विहारको कल्याणेश्वर प्रस्थान गरेका छन् । फागुन औँसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिला विहारीको डोला तथा जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरको हनुमाननगर पुगेपछि माध्यमिकी परिक्रमाको विधिवत् रुपमा सुरुआत हुने परम्परा रहेको छ । सनातन संस्कारमा महान घटनामध्ये रामायण हाम्रो देशमा पनि...
समाज परिवर्तनका लागि चलचित्र प्रभावकारी माध्यम होः मुख्यमन्त्री सिंह

समाज परिवर्तनका लागि चलचित्र प्रभावकारी माध्यम होः मुख्यमन्त्री सिंह

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
महेन्द्रनगर (धनुषा), १६ फागुनः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले समाज परिवर्तनका लागि चलचित्र प्रभावकारी माध्यमका रूपमा रहेको धारणा राख्नुभएको छ । जनकपुरधाममा संवाद फाउण्डेशनको आयोजनामा आजदेखि सुरु भएको तीन दिवसीय ‘जनकपुर अन्तरराष्ट्रिय चलचित्र महोत्सव’को आज उद्घाटन गर्दै उहाँले चलचित्रले कला, संस्कृति र परम्परालाई प्रस्तुत गरी सहज रूपमा बुझाउन सक्ने भएकाले यो सञ्चारको प्रभावकारी माध्यमका रूपमा रहेको बताउनुभयो । मुख्यमन्त्री सिंहले यस किसिमका महोत्सवले मिथिला क्षेत्रको कला, संस्कृतिलाई विश्व बजारमा पुर्‍याउनमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस्ता महोत्सव जनकपुरधाममा आयोजना हुँदा स्थानीय कलाकार उत्पादन हुने बताउनुभयो । मुख्यमन्त्री सिंहले जनकपुरधाम कला, संस्कृतिमा पुरानो र धनी क्षेत्र रहेको भन्दै यसको प्रचारप्रसार गर्दै पर्य...