Thursday, April 23News That Matters

पर्यटक

पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरीः प्रवक्ता महत

पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरीः प्रवक्ता महत

Breaking News, अर्थ, पर्यटक, प्रदेश, फिचर, राजनीति, विचार, समाचार, सुरक्षा र कुटनिती
चितवन, ३ फागुनः नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि गर्नु जरुरी रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “पार्टीलाई कसरी बलियो बनाउने भन्नेतर्फ केन्द्रित हुनुपर्छ, पार्टी र हामीभन्दा पनि म भन्ने प्रवृत्ति हाबी हुँदा पार्टी कमजोर हुन्छ ।” व्यक्तिवादी प्रकृतिले पार्टीलाई कमजोर बनाउने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पार्टीलाई बलियो बनाउनका लागि व्यक्तिवादी प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ ।” माथिबाट तल्लो तहसम्म निर्वाचन हुने प्रक्रियाले निर्वाचित हुनेले आफू भन्ने र हार्नेले असहयोग गर्ने प्रवृत्ति अन्त्य गर्न विधानका कमीकमजोरीलाई सच्याउन आवश्यक रहेको उहाँको भनाइ छ । एकले अर्कोलाई स्वीकार ग...
यथाशीघ्र अध्यादेश अनुमोदन गर्ने सहमति

यथाशीघ्र अध्यादेश अनुमोदन गर्ने सहमति

Breaking News, अर्थ, पर्यटक, प्रदेश, फिचर, राजनीति, विचार, समाचार, सुरक्षा र कुटनिती
काठमाडौं, ३ फागुनः सरकारमा सहभागी राजनीतिक दलका शीर्ष नेताहरुको आज प्रधानमन्त्री निवासमा सम्पन्न बैठकमा हालै जारी अध्यादेशहरू सङ्घीय संसद्का दुवै सदनबाट यथाशीघ्र अनुमोदन गर्ने सहमति भएको छ । चाँडोभन्दा चाँडो अध्यादेश पारित गराउन प्रक्रियागत काम अविलम्ब अगाडि बढाउन बैठकमा सहमति भएको गृहमन्त्री रमेश लेखकले बताउनुभएको छ । “आज हाम्राबीच भएका सहमतिअनुसार अध्यादेश अगाडि बढ्छ । सकारात्मक रुपमा यो विषय टुङ्गोमा पुग्छ”, बैठकपछि संवाददातामाझ उहाँले भन्नुभयो । एक प्रश्नको जवाफमा उहाँले जनता समाजवादी पार्टी नेपाल(जसपा)का नेताहरुसँग पनि सहमति जुटेको जानकारी दिनुभयो । सबै अध्यादेश प्रतिस्थापन गर्नुपर्ने भएकाले दलहरुबीचको छलफलपछि सबैको भावना समेटेर प्रक्रिया प्रारम्भ हुने उहाँको कथन थियो । बैठकमा सरकार र संसद्का कामको प्रभावकारिताका बारेमा पनि छलफल भए...
‘सूचना अभियन्ताले आफ्नो मर्यादा कायम राख्नुपर्छ’

‘सूचना अभियन्ताले आफ्नो मर्यादा कायम राख्नुपर्छ’

Breaking News, अर्थ, पर्यटक, प्रदेश, फिचर, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
मनहरी, ३ फागुनः राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा सुरेशप्रसाद आचार्यले सूचना अभियन्ताले आफ्नो मर्यादा कायम राख्नुपर्ने बताउनुभएको छ । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आज हेटौँडामा आयोजना गरेको सूचनाको हकको व्यवहारिक कार्यान्वयनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा उहाँले आफू, आमनागरिक र समाजलाई सुसूचित गर्न मर्यादित रूपमा सूचनाको माग र प्रयोग हुनुपर्ने बताउनुभयो । “सूचनाको वर्गीकरण हुन्छ, दिने वा नदिने खालका सूचना छुट्याएर गोपनियता कायम गरी मागकर्तालाई सूचना उपलब्ध गराइनुपर्छ”, उहाँले भन्नुभयो,“सूचना मागको प्रयोजन केका लागि हो, त्यो खुल्नुपर्छ । मागकर्ताले माग गरेका सबै सूचना नपाइने पनि हुनसक्छन् ।” पछिल्लो समय सूचना माग्ने नाममा भइरहेका गलत नियत र विकृतिलाई निरुपण गर्न आयोग थप सक्रिय रूपमा लागिरहेको आचार्यले बताउनुभयो । “पत्रकारको नाममा सूचन...
पूर्वप्रधानमन्त्रीको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ को आवरण सार्वजनिक

पूर्वप्रधानमन्त्रीको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ को आवरण सार्वजनिक

Breaking News, अर्थ, पर्यटक, प्रदेश, फिचर, राजनीति, विचार, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
भक्तपुर, ३ फागुनः पूर्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ प्रकाशित हुने भएको छ । आज भक्तपुरको लोकन्थलीस्थित उहाँको निवासमा आयोजना गरिएको पुस्तकको आवरण सार्वजनिक कार्यक्रममा आत्मकथा प्रकाशनको घोषणा गर्दै उहाँले पुस्तकको आवरण सार्वजनिक गर्नुभएको हो । आजदेखि ८५ वर्ष पूरा गरी ८६ वर्ष प्रवेशको अवसर पारेर मदन पुरस्कार विजेतासमेत रहनुभएका चन्दको जीवन भोगाइमा आधारित आत्मकथा लेखन कुञ्जले प्रकाशित गर्ने उहाँले जानकारी दिनुभयो । चन्दले आफ्नो जन्मथलो पश्चिम पहाडको बैतडी रहेको जनाउँदै बालापनदेखि जीवनमा आएका उतारचढाव, घटनाक्रम, शिक्षा, राजनीतिक यात्रा, चार पटक प्रधानमन्त्री हुँदाको यात्रा, साहित्यिक यात्रा, देशको विषम परिस्थितिमा आएका चुनौतीको व्यवस्थापनलगायत विषय पुस्तकमा समेटिने उल्लेख गर्नुभयो । उहाँले आमपाठकलाई...
सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट राजश्व सङ्कलनमा सुधार

सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट राजश्व सङ्कलनमा सुधार

Breaking News, अर्थ, पर्यटक, प्रदेश, फिचर, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
पर्सा, ३ फागुनः देशकै पहिलो रेल सुविधा सम्पन्न वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयको राजस्व सङ्कलनमा सुधार आएको छ । चालू आर्थिक वर्षको पहिलो महिनामा लक्ष्यको ७९ प्रतिशत राजस्व सङ्कलन गरेको कार्यालयले माघमा लक्ष्यको ९३ प्रतिशत सङ्कलन गर्न सफल भएको छ । कोरोना महामारी र सोपाछि आएको वैश्विक आर्थिक मन्दीका कारण उद्योग व्यापारमा देखिएको सङ्कुचनले गर्दा राजस्व सङ्कलन घट्दै गएकामा पछिल्ला केही महिनादेखि क्रमिक सुधार हुँदैछ । साउन महिनाका लागि भन्सार विभागले रु चार अर्ब ७३ करोड ३१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य दिएकामा कार्यालयले रु तीन अर्ब ७५ करोड २२ लाख सङ्कलन गरेको थियो भने माघका लागि रु चार अर्ब ६२ करोड ४८ लाख लक्ष्य तोकिएकामा कार्यालयले रु चार अर्ब २९ करोड ९२ लाख सङ्कलन गरेको कार्यालयका प्रमुख धनबहादुर बरुवालले जानकारी दिनुभयो । उहाँले लामो समयदेखि औ...
‘समृद्ध नेपाल निर्माणका लागि स्थायी सरकार’

‘समृद्ध नेपाल निर्माणका लागि स्थायी सरकार’

Breaking News, अर्थ, पर्यटक, प्रदेश, विचार, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
राजविराज (सप्तरी), ३ फागुनः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले देश विकास र समृद्ध नेपाल निर्माणसहित मुलुकको अर्थतन्त्र सुधारका लागि स्थायी प्रकृतिको सरकार बनाइएको बताउनुभएको छ । प्रेस चौतारी, सप्तरीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले स्थायी सरकारकै लागि संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच सत्ता सहकार्य भएको बताउनुभयो । यसबाट निजी क्षेत्रलगायत सबै उत्साहित भएको उहाँको भनाइ थियो । “यो सरकार बनेपछि निजी क्षेत्र उत्साहित देखिएको छ । देशमा देखिएका समस्या समाधान र समृद्ध नेपाल निर्माणका लागि यो सरकार अगाडि बढिरहेको छ । अब दुई छिमेकी मुलुकले गरिरहेको विकासबाट कसरी लभान्वित हुने र आन्तरिक स्रोतको अधिकतम प्रयोगका सवालमा समन्वय र सहकार्य गरी अगाडि बढ्नुपर्ने आवश्यकता छ”, ज्ञवालीले भन्नुभयो । उहाँले मुल...
इटहरी गोल्डकपः युकेएफसी सेमिफाइनलमा प्रवेश

इटहरी गोल्डकपः युकेएफसी सेमिफाइनलमा प्रवेश

खेलकुद, पर्यटक, प्रदेश, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
धरान (सुनसरी), ३ फागुनः राष्ट्रिय जागृति क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै युकेएफसी १५औँ अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेन्टस इटहरी गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आजदेखि इटहरी रङ्गशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेल राष्ट्रिय जागृति क्लब र युकेएफसीबीच भएको थियो । खेलको ११औँ मिनेटमा जागृति क्लबका एलेक्सले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनले उमेश कार्कीले कर्नरमा प्रहार गरेको बललाई ‘हेड’ मार्फत गोल गर्न सफल भएका थिए । खेलको २१औँ मिनेटमा युकेएफसीका सत्यम शर्माले प्रहार गरेको ‘फ्री किक’लाई गोलकिपरले रोक्न नसकेपछि गोल भएपछि दुवै टोलीको खेल बराबरी भएको थियो । खेलको ५५औँ मिनेटमा युकेएफसीका हेमराज भुजेलले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने उनले गरेको गोल निर्णायक बन्न पुग्यो । आजको खेलको ‘म्यान अफ दी म्याच’ यु...
परिमार्जनसहित सामाजिक सञ्जालसम्बन्धी विधेयक पारित हुन्छः सञ्चारमन्त्री गुरुङ

परिमार्जनसहित सामाजिक सञ्जालसम्बन्धी विधेयक पारित हुन्छः सञ्चारमन्त्री गुरुङ

Breaking News, Breaking News 1, Breaking News 2, अर्थ, पर्यटक, प्रदेश, फिचर, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
दोलखा, ३ फागुनः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले परिमार्जनसहित सामाजिक सञ्जालसम्बन्धी विधेयक पारित हुने बताउनुभएको छ । आज जिरी भ्रमण वर्ष–२०२५ को उद्घाटन कार्यक्रममा मन्त्री गुरुङले सामाजिक सञ्जालहरूमा देखिएको विकृति अन्त्यका लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको उल्लेख गर्दै यसले क्रियाशील पत्रकारहरूलाई समस्या नहुने बताउनुभयो । उहाँले उक्त विधेयकबाट वास्तविक पत्रकारहरू डराउनुपर्ने अवस्था नरहेको उल्लेख गर्नुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले सामाजिक सञ्जालसम्बन्धी विधेयकको विषयमा धेरै सुझावहरू आएकाले त्यसको आधारमा परिर्माजनसहित पारित हुने विश्वास व्यक्त गर्नुभयो । “विधेयकका बारेमा धेरै बहस र छलफल गरी सुझाव लिएका छौँ”, उहाँले भन्नुभयो, “त्यसैले यो जस्ताको तस्तै पास हुँदैन, सुझावका आधारमा परिर्माजनसहित पास गर्छौैँ ।” ...
गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात

गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात

Breaking News, पर्यटक, प्रदेश, शिक्षा, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
गोरखा, ३ फागुनः गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात पर्न थालेको छ । जिल्लाको चुमनुब्री गाउँपालिकाको ल्हो, सामागाउँ, साम्दो र आसपासका क्षेत्रमा आज दिउँसोदेखि हिमपात पर्न सुरु भएको स्थानीयवासी वीरबहादुर लामाले जानकारी दिनुभयो । चुमनुब्री गाउँपालिका–१, स्थित सामागाउँ, साम्दो र वडा नं २ मा पर्ने स्याल्ला र ल्हो क्षेत्रमा भारी हिमपात भएको उहाँले बताउनुभयो । हिमपातका कारण स्थानीयवासीलाई घरबाहिर निस्कन समस्या परेको छ । “दिउँसोदेखि नै लगातार हिमपात भइरहेको छ । हिमपातका कारण चिसो अत्यधिक बढेकाले जनजीवन प्रभावित हुन थालेको छ”, लामाले भन्नुभयो । हिमपातका कारण लार्केपास जान लागेका पर्यटकहरू सामागाउँमा नै रोकिएका पथप्रदर्शक सूर्य खनालले जानकारी दिनुभयो । “यत्तिकै हिमपात परिरहे लार्केपासतर्फ अघि बढ्नेसक्ने अवस्था हुँदैन । आइतबार बिहानसम्मको अवस्था हेरेर मात्र अघि बढ्ने वा ...
‘सूचना अभियन्तासभ अपन मर्यादा कायम राखए पडत’

‘सूचना अभियन्तासभ अपन मर्यादा कायम राखए पडत’

Breaking News, अर्थ, पर्यटक, प्रदेश, फिचर, विचार, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
मनहरी, ३ फागुनः राष्ट्रीय सूचना आयोगक प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्य "सूचना अभियन्तासभ अपन मर्यादा कायम रखबाक चाही।" सूचनाक हक लेल राष्ट्रीय महासंघद्वारा आइ हेटौंडामे आयोजित ‘‘सूचनाक हकक व्यवहारिक कार्यान्वयनमे सरोकारवालासभक भूमिका’’ विषयक अन्तरक्रियामे ओ कहलैन जे स्वयं, आमनागरिक आ समाजकेँ सुसूचित करबाक लेल मर्यादित रूपमे सूचनाक मांग आ उपयोग होएब आवश्यक अइछ। ओ कहलैन, “सूचनाक वर्गीकरण होइ छै, कतेको बेर सूचना देल जा सकैत अइछ आ कतेको बेर नै । सूचना मांगकर्ताकेँ गोपनीयता कायम राइख क आवश्यक सूचना उपलब्ध करेबाक ; चाही। सूचना किए मांगल गेल अइछ, एकर प्रयोजन स्पष्ट होएबाक चाही। सब प्रकारक सूचना मांगकर्ताकेँ भेटब आवश्यक नै होइ छै।” सूचना माँगक नामपर भ रहल गलत नियत आ विकृतिकेँ निरुपण करबाक लेल आयोग आओरो सक्रिय रूपमे लागल अइछ, आचार्य कहलैन। ओ कहलैन, “पत्रकारक नामप...