Wednesday, April 22News That Matters

पर्यटक

श्रीलङ्कामा बाढीको उच्च चेतावनी जारी

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, पर्यटक, फिचर, विचार, समाचार
श्रीलङ्काका अधिकारीहरूले आइतवार विभिन्न जिल्ला र प्रान्तहरूमा पहिरो र बाढी आउन सक्ने चेतावनी जारी गरेका छन् । राष्ट्रिय निर्माण तथा अनुसन्धान सङ्गठन (एनबीआरओ) ले बाडुल्ला, क्यान्डी, कुरुनेगाला र मटाले जिल्लाका लागि सोमबार बिहानसम्म पहिरोको चेतावनी जारी गरेको छ । सिँचाइ विभागले पूर्वी र उत्तर मध्य प्रदेशका तल्लो क्षेत्र विशेषगरी महावेली नदी बेसिनका लागि बाढीको चेतावनी जारी गरेको छ । नदीका खोला क्षेत्रमा भारी वर्षा जारी रहेकाले यो चेतावनी मङ्गलबार बिहानसम्म कायम रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल उत्तरपूर्वी क्षेत्रमा मनसुन सक्रिय रहेकाले आगामी दिनमा पनि वर्षा हुने सम्भावना रहेको छ ।...

कोलम्बियामा विद्रोहीको आक्रमणमा परी ६० जनाको मृत्यु

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, पर्यटक, फिचर, विचार, समाचार
कोलम्बियामा नेशनल लिबरेसन आर्मी (इएलएन) विद्रोहीको आक्रमणमा परी कम्तीमा ६० जनाको मृत्यु भएको छ । कोलम्बियामा अहिले पनि सक्रिय सशस्त्र समूहमध्ये सबैभन्दा ठूलो बामपन्थी लडाकू समूह नेसनल लिबरेशन आर्मी (ईएलएन) का लडाकूहरू हालैका दिनहरूमा भएको भिडन्तमा कोलम्बियाको रिभोल्युसनरी आम्र्ड फोर्सेज अफ कोलम्बिया (फार्स) का विद्रोहीहरूविरुद्ध उत्रेका छन्। भेनेजुएलासँग सीमा जोडिएको अशान्त क्याटाटुम्बो क्षेत्रमा पछिल्लो आक्रमणपछि भएको भिडन्तमा मृत्यु हुनेको सङ्ख्या ६० पुगेको अधिकारीहरुले शनिबार बताएका छन् । प्रतिद्वन्द्वी समूहहरूले वर्षौंदेखि यस क्षेत्रमा कोकिनको व्यापारनियन्त्रणका लागि लडाइँ गर्दै आएका छन्। कोलीम्बयामा सन् २०१६ मा फार्कसँग ५० वर्षभन्दा लामो युद्धपछि शान्ति सम्झौता भएको थियो । ईएलएनको दक्षिणपन्थी अर्धसैनिक बल क्लान डेल गोल्फ...

श्रीलङ्कामा बस दुर्घटना हुँदा ३५ भन्दा बढी घाइते

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, पर्यटक, फिचर, विचार, समाचार
श्रीलङ्काको दक्षिणी प्रान्तमा आइतबार बिहान दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाभन्दा बढी लाई अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार छ जना गम्भीर घाइते भएका छन् र उनीहरुको मातरा जिल्लाको एक सुविधासम्पन्न अस्पतालमा उपचार भइरहेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनाको समयमा पानी परिरहेको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । प्रहरीको अनुसन्धान रिपोर्ट आएपछि दुर्घटना हुनुको खास कारण खुल्ने प्रहरीले बताएको छ । श्रीलङ्कामा सन् २०२० देखि २०२४ सम्ममा सवारी दुर्घटनामा परी १२ हजार १४० जनाले ज्यान गुमाएका छन् । श्रीलङ्काका अधिकारीहरूले यात्रुवाहक बसहरूमा ट्राफिक नियम उल्लङ्घन गर्ने व्यक्तिहरूविरुद्ध कानुनी कारबाहीलाई तीव्रता दिइरहेका छन्। श्रीलङ्का सरकारले सडक दुर्घटना रोक्नका साथै अपराध र लागूऔषध विरोधी अभ...

युद्धविराम सुरु: हमासद्वारा आइतबार रिहा हुने तीन बन्धककोे नाम सार्वजनिक

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, पर्यटक, फिचर, विचार, समाचार
प्यालेष्टिनी इस्लामी समूह (हमास) को सशस्त्र शाखाले आइतबार युद्धविराम सम्झौता अन्तर्गत रिहा हुने पहिलो तीन महिला बन्धककोे नाम सार्वजनिक गरेको छ । यससँगै सम्झौताको मध्यस्थकर्ता अमेरिका, कतार र इजिप्टले युद्धविराम सम्झौता कार्यान्वयन सुरू भएको पुष्टि गरेका छन् । स्थानीय समयअनुसार ८ः३० मा सुरु हुने भनिएको युद्धविराम तोकिएको समयभन्दा दुई घण्टा ४५ मिनेट ढिलो अर्थात् इजरायली समय अनुसार ११ः१५ बजेदेखि शुरू भएको इजरायलले पुष्टि गरेको छ । “सम्झौताको एक भागको रूपमा, इज्जेदिन अल–कासम ब्रिगेडले आज (आइतबार) निम्न इजरायली कैदीहरू, डोरोन स्टेनब्रेकर, एमीली डामारी र रोमी गोनेनलाई रिहा गर्ने निर्णय गरेको छ,” बन्धक महिलाहरूको नाम सार्वजनिक गर्दै समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ। त्यसमा एक जना ३१ वर्षकी भेटनरी नर्स, सुपरनोभा फेस्टिभलका क्रममा बन्धक बनाइ...

बन्धकको सूची ‘कुनै पनि क्षण’ दिइनेछः हमास

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, पर्यटक, फिचर, विचार, समाचार
प्यालेष्टिनी इस्लामी समूह (हमास) ले समूहले युद्धविराम सम्झौता अनुसार पहिलो चरणमा फिर्ता गर्ने भनिएका ३३ जना बन्धकको नाम सकेसम्म छिट्टै उपलब्ध गराउने बताएको छ । समूहका एक अधिकारीले इजरायलसँगको युद्धविराम सम्झौताअन्तर्गत रिहा गरिने बन्धकको सूची तयार भइरहेको र यसलाई ‘कुनै पनि क्षण’ हस्तान्तरण गरिने बताउनुभयो । उहाँले गाजामा देखिएको जटिलता र इजरायली बमबारीका कारण सूची निर्धारण कार्यमा ढिलाइ भइरहेको बताउनुभयो । युद्धविराम वार्तामा सहभागी एक अधिकारीले भन्नुभयो, “कुनै पनि बेला पहिलो तीन कैदीको नाम हस्तान्तरण गरिनेछ, तर फिल्ड स्थितिको जटिलता र निरन्तर बमबारीले यसलाई ढिलो बनाएको छ ।” यसअघि, इजरायलले हमासले सूची हस्तान्तरण गर्न नसकेका कारण युद्धविराममा ढिलाइ भएको बताएको थियो ।...

दुई लाख सिरियाली शरणार्थी स्वदेश फिर्ता

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, पर्यटक, फिचर, विचार, समाचार
सिरियामा लामो समयदेखि शासन गर्दै आएका बसर अल–असदलाई सत्ताच्यु गरिएपछि अन्तरिम सरकार र सहयोगी अन्तर्राष्ट्रिय सङ्घसंस्थाको पहलमा करिब दुई लाख शरणार्थी स्वदेश फिर्ता भएका छन् । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त फिलिप्पो ग्रान्डीले गत वर्षको डिसेम्बर यता करिब दुई लाख सिरियाली शरणार्थी आफ्नो देश फर्केको पुष्टि गर्नुभयो । सन् २०२४ डिसेम्बर ८ मा राष्ट्रपति बसर अल असदको सरकार ढलेपछि जनवरी १६ सम्ममा एक लाख ९५ हजार २०० सिरियाली नागरिक स्वदेश फर्किसकेका ग्रान्डीले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको तथ्याङ्कमा उल्लेख छ । उहाँले शरणार्थी व्यवस्थापनका लागि सिरिया र छिमेकी देशहरूको भ्रमण गर्ने योजना पनि घोषणा गर्नुभएको छ । शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (यूएनएचसीआर), संयुक्त राष्ट्र सङ्घीय शरणार्थी निकायको समर्थनलाई...

गाजामा आक्रमण जारी, युद्धविराम अझै लागू नभएको इजरायली सेनाको दाबी

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, पर्यटक, फिचर, विचार, समाचार
इजरायली सेनाले प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) विरूद्ध गाजामा आक्रमण जारी राखेको छ । समूहले रिहा हुने बन्धकको सूची उपलब्ध नगराएकाले युद्धविराम अझै लागू नभएको बताएको छ । “आइडीएफले अहिले पनि गाजा क्षेत्रभित्र आक्रमण जारी राखेको छ। प्रधानमन्त्रीको निर्देशनअनुसार हमासले आफ्नो प्रतिबद्धता पूरा नगरेसम्म युद्धविराम लागू हुने छैन,” इजरायली सेनाका प्रवक्ता रियर एडमिरल डेनियल हागारीले एक टेलिभिजन वक्तव्यमा भन्नुभएको छ । एएफपीको फुटेजमा भने युद्धविराम लागू हुने समय मध्य शहर देइर अल–बलाहमा स्थानीय समयअनुसार ८ः३० बजेपछि सयौं गाजावासीले युद्धविराम लागुभएकोमा खुशी व्यक्त गर्दै प्रदर्शन गरिरहेका छन् । धेरैले मोबाइलमा फोटो खिचिरहेका थिए, ताली बजाइरहेका थिए र एकअर्कालाई अँगालो हालेका थिए । करिब ३० मिनेटपछि एएफपी टिभीले उत्तरपूर्वी गाजामा खैरो धुवाँको बाक्लो मुस...

हमासले बन्धकको सूची दिन ढिलो गरेपछि युद्धविराम समयमा पनि केही ढिलाइ

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, पर्यटक, फिचर, विचार, समाचार
इजरायल र प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) बीच गाजामा युद्धविराम ग्रिनविच समयअनुसार बिहान ६ः३० बजे सुरु हुने भनिएको युद्धविराम प्राविधिक समस्या भन्दै हमासले बन्धकहरूको सूची उपलब्ध गराउन ढिलाइ गरेपछि केही ढिलो हुने देखिएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले रिहा गरिने बन्धकहरूको सूची उपलब्ध नगराएसम्म युद्धविराम सुरु नहुने चेतावनी दिनुभएको छ । नेतन्याहूको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्रीले आईडीएफ (सेना) लाई स्थानीय समय अनुसार बिहान ८ः३० बजे (ग्रिनविच समय अनुसार ६ः३० बजे) देखि लागू हुने गरी तय गरिएको युद्धविराम इजरायलले रिहा गरिएका बन्धकहरूको सूची प्राप्त नगरेसम्म सुरु नहुने जानकारी गराउनुभएको छ ।” युद्धविरामका शर्तहरूप्रति आफ्नो प्रतिबद्धतालाई पुष्टि गर्दै हमासद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पहिलो चर...

अमेरिकी राष्ट्रपतिका रूपमा ट्रम्प चीन भ्रमण गर्न इच्छुक

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, पर्यटक, फिचर, विचार, समाचार
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि चीन भ्रमण गर्न इच्छुक रहेको आफ्ना सल्लाहकारहरुलाई बताउनुभएको छ । ट्रम्पले आफ्नो कार्यकालको पहिलो १०० दिनमा चीन भ्रमण गर्ने इच्छा व्यक्त गर्नुभएको छ तर यस विषयमा अहिलेसम्म कुनै निर्णय नभएको स्रोतलाई उद्धृत गर्दै द वाल स्ट्रीट जर्नलकोसमाचारमा उल्लेख छ । ट्रम्पले सोमबार दोस्रो कार्यकालका लागि सपथ लिनुहुनेछ । उहाँले पहिलो चार वर्षे कार्यकालको एक वर्ष नपुग्दै सन् २०१७ मा बेइजिङको भ्रमण गर्नुभएको थियो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी पक्षको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी चिनफिङका विशेष प्रतिनिधि उपराष्ट्रपति हान झेङ जनवरी २० मा वासिङ्टन डीसीमा हुने ट्रम्पको उद्घाटन समारोहमा सहभागी हुने घोषणा गर्नुभएको छ भने शुक्रबार सीले ट्रम्पसँग फोनवार्ता गर्नुभएको थियो ।...

अमेरिकामा टिकटक सेवा बन्द

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, पर्यटक, फिचर, विचार, समाचार
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी भइरहेका समय टिकटकले सेवा अवरूद्धताका लागि आफ्ना प्रयोगकर्ताहरूसँग क्षमा याचना गर्दै हाललाई अमेरिकामा यो सेवा अवरूद्ध भएको घोषणा गरेको छ । केही अमेरिकी प्रयोगकर्ताले टिकटकलाई गुगल एप स्टोरबाट पनि हटाइएको बताएका छन् । अमेरिकामा प्रतिबन्ध लागू हुनुभन्दा केही घण्टाअघि नै सामाजिक सञ्जाल टिकटक बन्द गरिएको हो । प्रयोगकर्ताले अमेरिकामा टिकटक खोल्दा उनीहरूको टिकटक पेजमा ‘तपाईं अहिले टिकटक प्रयोग गर्न सक्नुहुन्न’ भन्ने एउटा सन्देश देखिन्छ । यो सन्देश टिकटकले अमेरिकामा आफ्नो सेवा बन्द भएको घोषणा गरेपछि देखिन थालेको हो । धेरै प्रयोगकर्ताले एप स्टोरबाट पनि टिकटक हटाइएको बताएका छन् । अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटकमाथि प्रतिबन्ध लगाउने कानुनको पक्षमा फैसला सुनाएको थियो । टिकटकको मूल कम्पनी...