सर्बियाली अवकाश गृहमा आगलागी, आठ जनाको मृत्यु
सर्बियाको राजधानी बेलग्रेडको बाहिरी इलाकामा रहेको एक अवकाश गृहमा सोमबार बिहान आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
आपतकालीन प्रतिकार्यको रेखदेख गरिरहेका प्रहरी अधिकारी लुका कौसिकले स्थानीय समयअनुसार बिहान ३ः३० बजे आगलागी हुँदा त्यहाँ करिब ३० जना रहेको जानकारी दिनुभयो ।
“दुर्भाग्यवश, आगलागीमा परी आठ जनाले ज्यान गुमाएका छन् । अग्नि नियन्त्रक अधिकारीहरूले आगलागी को खबर प्राप्त हुँदासाथ घटनास्थलमा पुगी १३ जनालाई सुरक्षित उद्धार गरेका छन्,” श्रम मन्त्री नेमान्जा स्टारोभिकले स्थानीय सञ्चारमाध्यमसँग भन्नुभयो ।
यसअघि उद्धार अधिकारीहरूले कम्तीमा छ जनाको मृत्यु भएको बताएका थिए ।
स्टारोभिचले भन्नुभयो, “घटनाको अनुसन्धान सुरु गरिएको छ । यस घडीमा म मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट गर्छु।”
“अभियोजकको कार्याल...


