हरिराम पुरस्कार जोशी र कदम पुरस्कार राजवंशीलाई
Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
पाटन (ललितपुर), ४ वैशाख : यस वर्षको हरिराम जोशी पुरस्कार–२०८१ अनुसन्धानकर्ता इञ्जिनियर पद्मसुन्दर जोशी र कदम पुरस्कार अभिलेखविद् डा श्यामसुन्दर राजवंशीलाई प्रदान गरिएको छ ।
‘जोशी रिसर्च इन्ष्टिच्यूट’ले आज पाटन दरबार क्षेत्रस्थित पाटन सङ्ग्रहालयमा एक समारोहको आयोजना गरी उक्त पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ । इतिहास, संस्कृति, धर्म र दर्शनको अनुसन्धानमा सक्रिय संस्कृतिविद् हरिराम जोशीले स्थापना गर्नुभएको संस्थाले संस्कृति संरक्षण र सम्वर्द्धनको कार्यमा योगदान दिनेलाई चार वर्षदेखि उक्त पुरस्कार दिँदै आएको छ । गत वर्ष उक्त पुरस्कार प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ र साहित्यकार तथा कवि मोहन दुवाललाई प्रदान गरिएको थियो ।
सम्मान कार्यक्रममा नेपाल भाषा एकेडेमीका कूलपति, लेखक एवं मानव अधिकारवादी मल्ल के सुन्दरले नेवार सभ्यता कति वैज्ञानिक छ...










