Sunday, May 3News That Matters

प्रदेश

सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट

सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
तुलसीपुर, ४ वैशाखः दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित रानीजरुवामा सडक निर्माणका लागि दबाब दिन सडकमै केरा रोपेर विरोध जनाइएको छ । बोलपत्र आह्वान भएको तीन वर्ष बित्दा पनि निर्माण नभएको भन्दै स्थानीय युवाहरुले विरोध जनाएका छन् । पटक–पटक सम्बन्धित निकायलाई झक्झक्याउँदा पनि चासो नदिएपछि बुधबार स्थानीयले एक घण्टा सडक चक्काजाम गर्नाका साथै सडकमा केरासमेत रोपेका थिए । बसपार्कस्थित पीपलबोट नजिक चक्काजामसहित सडकमा केराका बिरुवा रोपिएको सङ्घर्ष समितिका सदस्य दीपक काफ्लेले बताउनुभयो । “सुरुमा टेन्डर पनि भयो, ठेकेदार पनि आए तर काम अगाडि बढेन । त्यसपछि यहाँ न ठेकेदार आएका छन् न त सडक नै बनेको छ”, उहाँले भन्नुभयो । सडक नबन्दा आवतजावतमा मात्र नभई यहाँको व्यवसाय नै धरासयी भएको सङ्घर्ष समितिका सदस्य आकाश भण्डारीले बताउनुभयो ।...
जिल्लास्तरीय राष्ट्रपति रनिङसिल्ड सुरु

जिल्लास्तरीय राष्ट्रपति रनिङसिल्ड सुरु

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
बैतडी, ३ वैशाखः यहाँको पुर्चौडी नगरपालिकामा आजदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता सुरू भएको छ । कमल विशाल पार्क खेल मैदानमा सुरू भएको प्रतियोगिताको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा मन्त्री भण्डारीसँगै सुदूरपश्चिम प्रदेशसभा सदस्य जानकी ऐर बम, प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द, पूर्वसंविधानसभा सदस्य नरेन्द्र कुँवर, पुर्चाैडी नगरपालिकाका प्रमुख दीपकबहादुर बमलगायतको उपस्थिति थियो । जिल्ला खेलकुद समितिको आयोजना र पुर्चौडी नगरपालिकाको सहआयोजनामा सुरू प्रतियोगिता यही वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । जिल्लास्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको यो १५औँ संस्करण हो । दुर्गम मानिएको पुर्चौडीमा पहिलोपटक जिल्लास्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता आयो...
‘फास्ट ट्र्याक’ बाट विद्यालय शिक्षा विधेयक ल्याउँछौँ : मन्त्री गुरुङ

‘फास्ट ट्र्याक’ बाट विद्यालय शिक्षा विधेयक ल्याउँछौँ : मन्त्री गुरुङ

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ ३ वैशाख : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शिक्षासम्बन्धी समस्याहरूको सम्बोधन गर्न ‘फास्ट ट्र्याक’ मार्फत विद्यालय शिक्षा विधेयक ल्याइने बताउनुभएको छ । मन्त्रालयमा आज वैशाख ३ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री गुरुङले शिक्षा क्षेत्रको व्यवस्थापनका लागि विधेयक ल्याउनु अनिर्वाय रहेको बताउनुभयो । नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले शिक्षकको समस्याप्रति सरकार संवेदनशील रहेको बताउँदै ‘फास्ट ट्र्याक’ अपनाएर विधेयक पास गर्ने सरकारको तयारी रहेको जानकारी दिनुभयो । “शिक्षा क्षेत्रमा थुप्रै समस्या छन्, त्यसको व्यवस्थापन गर्न ‘फास्ट ट्र्याक’ मार्फत विधेयक पास गर्ने तयारीमा छौँ”, मन्त्री गुरुङले भन्नुभयो । मन्त्री गुरुङका अनुसार वैशाख २ गते बसेको मन्त्रिपरिषद्को निर्णयले नेपाल शिक्षक महासङ्घले उठ...
‘केपी ओली कप’ राष्ट्रिय क्रिकेट : अत्तरिया समूह विजेता बन्दै सेमिफाइनलमा

‘केपी ओली कप’ राष्ट्रिय क्रिकेट : अत्तरिया समूह विजेता बन्दै सेमिफाइनलमा

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
कास्की, ३ वैशाख : पोखरामा सञ्चालन भइरहेको दोस्रो संस्करणको ‘केपी ओली कप’ टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सेमिफाइनल पुग्ने चारवटै टोलीको टुङ्गो लागेको छ । पोखरा रङ्गशालामा समूह ‘डी’ को आज सम्पन्न अन्तिम खेलमा अत्तरिया क्रिकेट एकेडेमी समूह विजेता बनेर सेमिफाइनल पुगेको हो । समूह चरणको अन्तिम खेलमा मालपोखरी क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै शतप्रतिशत जितका साथ शीर्ष स्थानमा रहँदै अत्तरिया अन्तिम चारमा पुग्न सफल भयो । यसअघि समूह ‘ए’ बाट सिइसी काठमाडौँ, ‘बी’ बाट गण्डकी हिरोज र ‘सी’ बाट हिमाल फ्रेन्ड्स क्रिकेट क्लब अन्तिम चारमा प्रवेश गरिसकेका छन् । खेलमा जितका लागि १२५ रनको विजयी लक्ष्य अत्तरियाले १४ ओभरको दोस्रो बलमा चार विकेट गुमाउँदै भेट्टायो । अत्तरियाका निश्चल क्षेत्री ३० र अर्जुन विक १२ रनमा नटआउट रहे । निश्चलले २६ बलमा तीन चौका र एक छक...
आज सागसब्जी र फलफूलको मूल्य

आज सागसब्जी र फलफूलको मूल्य

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, ३ वैशाखः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४०, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ३०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ४५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ...
International Media Training on Dignified Menstruation kicks off

International Media Training on Dignified Menstruation kicks off

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
Kathmandu, April 16: A four-day international media training on Dignified Menstruation kicked off in the federal capital, Kathmandu, today. A total of 17 journalists, including from Kenya, Pakistan, Sri Lanka, India, and Nepal, are attending the capacity building event. According to Lals Chalaune, who takes charge of the communication department of the host, Global South Coalition for Dignified Menstruation, the event aims to sensitize participants about the concepts around Dignified Menstruation and reinforce policymakers towards its urgency through media advocacy. Sapna Paudel, the programme head for the Coalition, said the applications for the training programme were sought through the announcements on social media platforms. The host received applications from 2...
सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा

सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
भक्तपुर, २ वैशाख : मानिसको भीड, भीडमा सबैको टाउको, अनुहार, शरीर सबै फुस्रो अबिरैअबिरले राताम्मे । अगाडि हातहातमा धपक्क बलेको चिरागका समूह, त्यसपछि धिमे र मुस्या बाजा बजाउने अर्को समूह, त्यसपछि आ–आफ्नो टोलका देवीदेवतालाई विराजमान गराइएका खट बोकेर टोलटोल घुम्दै बालबालिका, युवायुवतीदेखि ज्येष्ठ नागरिकसमेत बिहानै जात्राको भीडमा सिन्दुर खेल्दै रमाउँदै आज भव्य रूपमा मध्यपुरथिमिका बासिन्दाले सुथसिया अर्थात् बिहानीको जात्रा मनाएका छन् । बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दाले आज बिहानैदेखि टोलटोलका देवता विराजमान खट जात्रा गरी टोलटोल घुमेर बालकुमारी मन्दिर प्राङ्गणा २६ देवीदेवता विराजमान खटलाई ल्याएर बालकुमारीको परिक्रमा गराई धिमे, मुस्या बाजाको तालमा झुम्दै, नाच्दै र अबिर छर्कँदै हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथसिया जात्रा मनाएका हुन् । थिमिमामात्र मनाइने यो ज...
सिन्धुली कलाघर–जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति

सिन्धुली कलाघर–जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति

Breaking News, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
कमलामाई (सिन्धुली), २ वैशाखः नेपाली मौलिकता झल्किने घुमाउने घरको छानोमा गर्वका साथ झन्डा फरफराइरहेको देखिन्छ । दलानमा बाँसबाट बनाइएका आकर्षक मुड्का लस्करै छन् । अतिथि सत्कारका लागि राखिएका मुड्का कुनै खाली छैनन् । मञ्चमा स्थानीयदेखि राष्ट्रिय कलाकारसम्मले विभिन्न लोपोन्मुख सांस्कृतिक प्रस्तुतिहरु पस्किरहेका छन् । दर्शकदीर्घा हरेक दिन भरिन्छ, बच्चादेखि बुढासम्मको उपस्थितिले । २०८१ चैत २८ गतेदेखि यहाँ राष्ट्रिय कला महोत्सव चलिरहेको छ । महोत्सवमा नेपालको मौलिक जीवनशैली झल्किने वस्तुहरू सजिएका छन् । परम्परागत घरको नमूना बनाइएको छ । यहाँ प्रदर्शन गरिएका रोङ्गटे पिङ, ऐतिहासिक पुरातात्विक सामग्रीहरु, मौलिक बाजागाजादेखि जातीय झाँकी, गीत, लोक नृत्यमा संस्कृति बोलिरहेको छ । अर्गानिक खाद्यवस्तु, चियादानीमा उमालेको चिया र घरजत्रै ठेकीको मोहीसम्ममा नेपालीपन झल्किएको देखिन्छ । ...
थरीथरीका चौँरी हेर्दै रमाए पर्यटक

थरीथरीका चौँरी हेर्दै रमाए पर्यटक

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
पाँचथर, २ वैशाखः नयाँ वर्षको अवसरमा चौँरी महोत्सव । समुद्र सहतबाट तीन हजार ४५० मिटर उचाइमा रहेको फालेलुङ गाउँपालिका–४ चाररातेको चरनभरि चरिरहेका थरिथरीका चौँरी । यहाँका दर्जनौँ गोठबाट ल्याइएका थिए यी सयौँ चौँरीहरू । माहोल हेर्न लायक थियो । प्लाष्टिक र चित्राले बनाइएका दर्जनौँ स्टलमा राखिएका चौँरीजन्य सामग्रीसहित स्थानीय उत्पादनका परिकार । गोठहरूमै बसोबासको प्रबन्ध तर पनि महोत्सव सुरु नहुँदै पर्यटकको उल्लेख्य उपस्थिति । चैत ३१ गतेदेखि सुरु भएको महोत्सवको झलक थियो यो । उच्च पहाड भए पनि फालेलुङको चाररातेमा आज सम्पन्न आठौँ फालेलुङ चौँरी पर्यटन महोत्सवमा छुट्टै रौनक थियो । नेपाल र भारतका विभिन्न स्थानबाट यहाँ पर्यटक पुगेका थिए । पर्यटक चौँरीसँग तस्बिर र भिडिओ खिच्न, सामुन्नेमा देखिने हिमालको दृश्यावलोकन गर्न तथा शान्त र स्निग्ध प्रकृतिमा रमाउन व्यस्त थिए । चारराते क्षे...
धार्मिक पर्यटकका लागि भक्तपुरको कलमसीमा आकर्षक गन्तव्य बन्नसक्छः उपप्रधानमन्त्री सिंह

धार्मिक पर्यटकका लागि भक्तपुरको कलमसीमा आकर्षक गन्तव्य बन्नसक्छः उपप्रधानमन्त्री सिंह

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
भक्तपुर, २ वैशाखः उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नगरकोट नजिकको कलमसीमा धार्मिक पर्यटनका लागि आकर्षक गन्तव्य बन्नसक्ने बताउनुभएको छ । आज चाँगुनारायण नगरपालिकाको कलमसीमा सुरु भएको शिवपुराण महायज्ञ उद्घाटन समारोहमा उहाँले कलमसीमा क्षेत्र धार्मिक पर्यटकका लागि आकर्षक गन्तव्य बन्नसक्ने बताउनुभएको हो । उपप्रधानमन्त्री सिंहले हाल नगरकोट भ्रमण वर्ष प्रारम्भ भएको र महायज्ञले धार्मिक पर्यटनलाई प्रोत्साहित गर्न योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । करिब सात वर्षअगाडि आफूले शिलान्यास गरेको स्थानमा भइरहेको महायज्ञमा सहभागी हुन पाउँदा खुसी व्यक्त गर्दै उहाँले लक्ष्यअनुसार काम सम्पन्न गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उपप्रधानमन्त्री सिंहले यहाँ बन्ने शिवजीको प्रतिमाले काठमाडौँ आउने पर्यटकलाई समेत आकर्षित गर्ने धारणा राख्नुभयो । ...