‘बजेट पारिदिने’ भन्ने संवाद बाहिरिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री शाहले भने- कारबाही गर्छौं
दाङ, जेठ २५
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले बजेट निर्माणका क्रममा गतल मनसाय र उद्देश्यले संवाद गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन्।
कैलालीमा पछिल्ला केही दिनदेखि निश्चित प्रतिशत रकम वा कमिसन दिएमा भनेजति बजेट पारिदिने भन्ने खाले अडिओ बाहिरिएको छ। त्यस विषयमा बोल्दै आइतबार मुख्यमन्त्री शाहले गलत काम गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका हुन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्रकार सम्मेलन गरी सरकारले शून्य सहनशीलताको नीति लिएको बताए।
गलत मनसाय राखेर संवाद सार्वजनिक गर्नेलाई मुख्यमन्त्री शाहले सचेत गराएको उनका प्रेस संयोजक डम्मरबहादुर बमले जानकारी दिए।
‘आज मुख्यमन्त्रीज्यूले यदी कसैले त्यस्तो गलत संवादको मनसाय बनाएको छ भने त्यो मनसाय र दृष्टिकोण त्याग्न अनुरोध गर्नु भएको हो,’ उनले भने, ‘बजेट निर्माणका क्रममा बाहिर आएका केही कुराहरू बजा...










