Tuesday, April 21News That Matters

प्रदेश

विवेकशीलबाट रास्वपामा गएका नेताहरू समानुपातिकको प्रारम्भिक सूचीमा

विवेकशीलबाट रास्वपामा गएका नेताहरू समानुपातिकको प्रारम्भिक सूचीमा

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
विवेकशील साझा पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा गएका नेताहरू रास्वपाको प्रतिनिधि सभा समानुपातिकतर्फ प्रारम्भिक सूचीमा समावेश भएका छन्। विवेकशील साझाकी तत्कालीन अध्यक्ष समीक्षा बास्कोटासहित नेताहरू रञ्जु दर्शना, प्रकाशचन्द्र परियार, नवराज थापालगायत समानुपातिकतर्फ प्रारम्भिक सूचीमा परेको रास्वपाले जनाएको छ। विवेकशील साझा र रास्वपाबीच मंसिर १४ गते पार्टी एकता भएको थियो।...
बोराभित्र युवकको शव फेला, अनुसन्धान गर्दै प्रहरी

बोराभित्र युवकको शव फेला, अनुसन्धान गर्दै प्रहरी

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
ललितपुरमा एक जना युवकको शव इनारभित्र फेला परेको छ। बुधबार अपराह्न महालक्ष्मी नगरपालिका-८ लुभूको विषुण्डोल जाने बाटोनजिकै रहेको एक इनारभित्र युवकको शव फेला परेको हो। हत्या गरी बोरामा राखेर इनारभित्र शव फालिएको अवस्थामा फेला परेको हो। नजिकै तरकारी खेती गर्नेहरूले बोरा देखेपछि प्रहरीलाई खबर गरेका थिए। अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको थियो। उक्त शवको पहिचान खुलिसकेको थिएन। बिहीबार बिहान अनुसन्धानको क्रममा शवको सनाखत भएको परिसर प्रमुख एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए। मृतक सिन्धुलीका २५ वर्षीय केशवराज हायु हुन्। उनी मंसिर २० गतेदेखि सम्पर्कबिहीन थिए। ‘कर्तव्य गरी पछि बोरामा हालेर इनारभित्र फ्याँकिएको अवस्थामा शव फेला परेको हो। यसबारे हामी अनुसन्धान गर्दैछौं,’ उनले भने। मृतक हायुको टाउकोमा गहिरो चोट ...
लठ्ठिने औषधिले ‘झुम्म’ पारिएका रूद्रकली र खगेन्द्रप्रसाद अर्धबेहोसीमै पुगे कतार

लठ्ठिने औषधिले ‘झुम्म’ पारिएका रूद्रकली र खगेन्द्रप्रसाद अर्धबेहोसीमै पुगे कतार

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
नेपालमै जन्मे–हुर्केका दुई हात्ती रूद्रकली र खगेन्द्रप्रसाद बुधबार राति कतार एयरको चार्टर जहाज चढेर दोहा पुगेका छन्। नेपालले इतिहासमै पहिलो पटक अन्य देशलाई हात्ती उपहार पठाएको हो। भैरहवाबाट दोहासम्म करिब साढे चार घन्टाको उडान यी दुई हात्तीले कसरी पूरा गरे? बडेमानका यी हात्ती उडानको बीचैमा चलमलाउँदा कतै पाइलटहरूलाई जहाजको सन्तुलन मिलाउन गाह्रो त परेन? हामीले यसबारे वन्यजन्तु विज्ञहरूसँग कुरा गरेका छौं। उनीहरूका अनुसार कतार पठाइएका हात्तीलाई जहाज उड्नुअघि नै अर्धबेहोसजस्तै बनाउन लठ्याउने औषधि प्रयोग गरिएको थियो। औषिध प्रयोग गरेपछि त्यसको असरले उनीहरू 'झुम्म' भएका थिए। त्यसपछि लगभग अर्धबेहोसीकै अवस्थामा जहाजमा राखेर कतार लगिएको चितवन राष्ट्रिय निकुञ्जका प्राविधिकहरूले बताएका छन्। 'औषधि प्रयोग गरेर लठ्याइएका हात्ती उडानको बीचमा चलमलाउँदैनन्। यसबाट हात्तीलाई सुरक्षित रूपले लामो यात्...
ओली र पोखरेलबीच फराकिलो मतान्तर

ओली र पोखरेलबीच फराकिलो मतान्तर

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
नेकपा एमालेका अध्यक्ष दाबेदार केपी शर्मा ओली र ईश्वर पोखरेलबीच मतान्तर बढ्दै गएको छ। पछिल्लो परिणाम अनुसार ओलीले ४८९ मत ल्याएका छन् भने पोखरेलले १७७ मत ल्याएका छन्। २२ घन्टाको लगातार मतदातनपछि झन्डै १० बजेबाट मतगणना सुरू भएको हो। मत गणनाको प्रारम्भिक परिणामदेखि नै ओलीले लगातार अग्रता लिइरहेका छन्।...
एमाले महाधिवेशनमा यस्तो छ ओली समूहको ‘कोर टिम’, प्रदीप ज्ञवालीद्वारा उपाध्यक्षको उम्मेदवार बन्न अस्वीकार

एमाले महाधिवेशनमा यस्तो छ ओली समूहको ‘कोर टिम’, प्रदीप ज्ञवालीद्वारा उपाध्यक्षको उम्मेदवार बन्न अस्वीकार

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
काठमाडौं : एमालेको ११औं महाधिवेशन अन्तर्गत नेतृत्व चयन प्रक्रिया सुरू भएसँगै अध्यक्ष केपी शर्मा ओली तेस्रो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रिएका छन्। चुनावी प्रक्रिया अघि बढेसँगै ओली पक्षले पदाधिकारीका उम्मेदवारहरूको अनौपचारिक टुङ्गो लगाएको छ। ओली समूहबाट महासचिवमा शङ्कर पोखरेललाई अघि सारिने पक्का भएको छ। यस्तै, उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल र पृथ्वीसुब्बा गुरुङको नाम तय भएको छ। उपाध्यक्षकै लागि प्रस्ताव गरिएका प्रदीप ज्ञवालीले भने उक्त पद अस्वीकार गरेका छन्। ज्ञवालीले उम्मेदवारको टुङ्गो लागिनसकेको बताउँदै छलफल जारी रहेको प्रतिक्रिया दिएका छन्। उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र भानुभक्त ढकाललाई उम्मेदवार बनाउने तयारी अन्तिम चरणमा पुगेको छ। सचिव पदमा लेखराज भट्ट, छविलाल विश्वकर्मा र पद्मा अर्याललाई दोहोर्याउने तयारी छ। त्यस्तै, सचिवमा नया...
एमाले महाधिवेशनमा ओली र ईश्वर पोखरेल प्यानलसहित भिड्दै, यस्तो बन्यो पोखरेलको टिम

एमाले महाधिवेशनमा ओली र ईश्वर पोखरेल प्यानलसहित भिड्दै, यस्तो बन्यो पोखरेलको टिम

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
काठमाडौं ः एमालेको जारी ११औं महाधिवेशन अन्ततः चुनावी प्रक्रियामा होमिएको छ। नेतृत्व चयनमा सर्वसम्मतिको प्रयास सफल हुन नसकेपछि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिने भएका छन्। महाधिवेशनको बन्द सत्र चलिरहँदा दुवै पक्षले आ–आफ्नो उम्मेदवारको टुंगो लगाउने अन्तिम तयारी गरेका छन्। यसैक्रममा ईश्वर पोखरेल नेतृत्वको समूहले पदाधिकारीका उम्मेदवारहरूको नाम करिब टुंगो लगाएको छ। ईश्वर पोखरेल समूहबाट अध्यक्ष पदमा पोखरेल स्वयंले उम्मेदवारी दिँदै छन्। यो समूहले महासचिवमा वर्तमान उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई अघि सारेको छ। यसअघि महासचिवमा गोकर्ण विष्ट र योगेश भट्टराईको दाबी रहे पनि विष्टलाई उपाध्यक्ष र भट्टराईलाई उपमहासचिवमा उम्मेदवार बनाउने सहमति जुटेको छ। पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराम मेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल छन...
एमाले महाधिवेशन ः ओलीलाई आफ्ना मिलाउनै सकस, पोखरेल समूह उम्मेदवार कुर्दै

एमाले महाधिवेशन ः ओलीलाई आफ्ना मिलाउनै सकस, पोखरेल समूह उम्मेदवार कुर्दै

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
काठमाडौं ः तेस्रो पटक पार्टीको नेतृत्वको तयारीमा रहेका एमाले अध्यक्ष केपी ओलीलाई आफ्नो समूहका नेता व्यवस्थापनले सकस पारेको छ। आफ्नो समूहसँगै माओवादीका पूर्व नेताहरूलाई समेत पदाधिकारीमा समेट्नुपर्ने बाध्यतामा छन् उनी। तर उता पार्टी नेतृत्वका आकाङ्क्षी ईश्वर पोखरेल समूह भने ओलीको प्यानलमा नअट्ने नेता कुरेर बसेको छ। ११ औँ महाधिवेशनबाट पदाधिकारी १५ मा झारिएको छ भने केन्द्रीय कमिटी पदाधिकारीसहित २ सय ५१ सदस्यीय हुने विधान पारित भएको छ। तर यसले आफ्नै समूहका नेता व्यवस्थापनमा समस्या भएपछि ओली समूह केन्द्रीय समितिको बैठकबाट विधान संशोधन गर्न लागेको छ। नयाँ पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष पद छैन। तीन उपाध्यक्षमा समस्या देखिएको छैन। ओलीकोतर्फबाट विष्णु पौडेल, गुरु बराल र नेकपाहुँदा माओवादीबाट आएर यतै बसेका रामबहादुर थापा आकाङ्क्षी देखिएका छन्। महासचिव मिलाउन भने ओलीलाई समस्या परेको छ। वर्तमान महास...
बदलिएको समय, नबदलिएको कर्मचारी संयन्त्र–१ ः सरकारी कर्मचारी, लुटतन्त्रको सारथी

बदलिएको समय, नबदलिएको कर्मचारी संयन्त्र–१ ः सरकारी कर्मचारी, लुटतन्त्रको सारथी

Breaking News, Breaking News 1, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, विचार, शिक्षा, समाचार
काठमाडौं ः पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जना पूर्वमन्त्री र १० जना सचिवसहित ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा मुद्दा दर्ता गर्यो। ८ अर्ब बिगो दाबी गरिएको यस मुद्दामा मन्त्रीहरू डा. रामशरण महत, पोस्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपक अमात्यलाई मात्र होइन, ठूलो सङ्ख्यामा कर्मचारीहरू समेत प्रतिवादी बनेका छन्। प्रतिवादी बन्ने सचिवहरूमा सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमन प्रसाद शर्मा, भेषराज शर्मा, रञ्जनकृष्ण अर्याल, मोहन कृष्ण सापकोटा, सुरेश आचार्य, मधुकुमार मरासिनी लगायतका उच्च पदस्थ कर्मचारीहरू रहेका छन्। नागरिक उड्डयनका पूर्व महानिर्देशकहरू र वर्तमान महानिर्देशक प्रदीप अधिकारीमाथि पनि भ्रष्टाचारको अभियोग लागेको छ। संगठित भ्रष्टाचारको जालो अख्तियारले मुद्दा लगाउँदैमा कोही भ्रष्टाचारी भइहाल्द...
‘साक्षर सुदूरपश्चिम प्रदेश’ घोषणा

‘साक्षर सुदूरपश्चिम प्रदेश’ घोषणा

Breaking News, प्रदेश
सुदूरपश्चिम, १२ असार साक्षरताको सुनिश्चिततासँगै सुदूरपश्चिम प्रदेशलाई आज ‘साक्षर सुदूरपश्चिम प्रदेश’ घोषणा गरिएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले आज धनगढीमा आयोजित समारोहमा साक्षर सुदूरपश्चिम प्रदेश घोषणा गर्नुभएको हो । सो अवसरमा उहाँले सूचना र प्रविधिले फड्को मारेको वर्तमान परिपे्रक्ष्यमा समयानुकूल शिक्षाको खाँचो रहेको बताउनुभयो । पन्ध्र वर्षदेखि ६० वर्ष उमेर समूहका नागरिकको साक्षरता ९५ प्रतिशतभन्दा माथि पुगेपछि प्रदेशलाई साक्षर घोषणा गरिएको हो । पन्चानब्बे प्रतिशत माथि साक्षरता प्रतिशत पुगेमा साक्षरता घोषाण गर्न सकिने नीति छ । शिक्षा विकास निर्देशनालय दीपायलका महानिर्देशक दुर्गादत्त विष्टका अनुसार प्रदेशमा १५ देखि ६० वर्ष उमेर समूहका १६ लाख २३ हजार ७१९ जनसङ्ख्याको ९६ दशमलब १९ प्रतिशत साक्षर भइसकेका छन् । उहाँले भन्नुभयो, “साक्षरताका लागि तोकिएका १२ वटा मापदण्डमध्ये ६ मापदण्ड पूरा ...
रौतहटका १० वटा पालिकाद्वारा नगरसभा सम्पन्न

रौतहटका १० वटा पालिकाद्वारा नगरसभा सम्पन्न

प्रदेश, फिचर
चन्द्रपुर (रौतहट), १० असार जिल्लाका १० वटा पालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गरेका छन् । जिल्लाका १८ स्थानीय तहमध्ये चन्द्रपुर, गौर, राजदेवी, इशनाथ, गढीमाई, माधवनारायण, बौधीमाई, राजपुर, कटहरिया र गरुडा नगरपालिकाले नगरसभा सम्पन्न गरेका हुन् । जिल्लाको चन्द्रपुर नगरपालिकाले आगामी आवका लागि रु एक अर्ब २१ करोडभन्दा बढी बजेट प्रस्ताव गरेको छ । सोमबार चन्द्रनिगाहपुर बसेको नगरसभाको १५औँ अधिवेशनमा आगामी आवका लागि रु एक अर्ब २१ करोड ५९ लाख ५१ हजार छ सय ४० बजेट प्रस्ताव गरेको हो । अधिवेशनमा नगर उपप्रमुख जयमाला चौधरीले नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा नगरले विगत वर्षका अधुरा आयोजना सम्पन्न गर्नेमा जोड दिनुभयो । करिब रु छ करोडमा निर्माण भइरहेको शीतभण्डार आगामी वर्षभित्र सम्पन्न गर्नेगरी योजना ल्याइएको उहाँले जानकारी दिनुभयो । नगरलाई पूर्ण बालश्रममुक्त अभियान र बालविवाह...