योजनाको प्राथमिकीकरण होइन, समस्याको प्राथमिकीकरण गर्नुपर्छ : जगतबहादुर पार्की
काठमाडौँ, २८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता तथा राष्ट्रियसभाका सांसद जगतबहादुर पार्कीले सरकारले ल्याएको आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममा दलित समुदायका समस्या सम्बोधन नभएको गुनासो गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “ नीति तथा कार्यक्रममा दलित, मधेसी समुदाय, थारू र मुस्लिमलगायत पिछडिएका क्षेत्रहरू सुदूरपश्चिम र कर्णालीलाई अग्र स्थान दिएको छैन ।” सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्वि गर्नुभएका सांसद पार्कीसँग कुराकानीको सम्पादित अंशः
संविधान जारी भएको एक दशक हुन लाग्यो । तर दलित समुदायबारे संविधानको धारा २४ र ४० अहिलेसम्म प्रभावकारी कार्यान्वयन हुनसकेको छैन । दलित समुदायको उत्थानका विषयमा राज्यको ध्यान नपुगेको पक्कै होइन होला । नीति कार्यक्रममा दलितको विषयलाई प्राथमिताका साथ सम्बोधन गर्नुपर्ने हो, तर गरेको छैन । हरेक राजनीतिक परिवर...









