Tuesday, April 21News That Matters

प्रदेश

निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, समाचार
दोधारा चाँदनी (कञ्चनपुर), २६ वैशाख : राष्ट्रिय गौरवको आयोजनामा समावेश भएपछि महाकाली सिँचाइ तेस्रो चरणको कामले गति लिन थालेको छ । आर्थिक वर्ष २०६३/६४ देखि सुरु भएको महाकाली सिँचाइ तेस्रो चरणको आयोजनाका लागि सुरुआतदेखि नै पर्याप्त बजेट नहुँदा निर्माण कार्यले गति लिन सकेको थिएन । सरकारले आव २०७६/७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेपछि निर्माण कार्यले तीव्रता पाएको महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका प्रमुख योगेन्द्र मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाको हालसम्मको प्रगति २६ प्रतिशत मात्रै रहेको छ । “बजेट अभाव, मुआब्जा वितरण र वनको समस्याका कारण आयोजनाको कामले गति लिन सकेको थिएन”, उहाँले भन्नुभयो, “२०७६÷७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश भएपछि सरकारको प्राथमिकतामा परेको हो । त्यसपछि मात्रै आयोजनाका लागि बजेट आउन थालेको हो ।” प्रमुख म...
रोकिएन हात्तीको विध्वंश

रोकिएन हात्तीको विध्वंश

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, समाचार
चन्द्रपुर (रौतहट), २६ वैशाखः खुट्टामा गोली लागेर घाइते भएको ‘एमगज’ नामक जङ्गली हात्तीलाई यहाँको जुडिबेला र गैडाटारका किसानले औधी माया गर्थे । दया गरेर विभिन्न खानेकुरा दिन्थे, जसले हात्ती स्वस्थ हुँदै गयो । त्यही हात्ती अचेल यहाँका किसानका लागि समस्या भएको छ । गत कात्तिकदेखि चन्द्रपुर नगरपालिका–२ जुडिबेला र वडा नं ३ को गैडाटार क्षेत्रमा बस्दै आएको यस हात्तीले अचेल घर भत्काउन थालेको छ । कृषिबालीमा क्षति पु¥याइरहेको छ । जुडिबेलाका सुनिप पोखरेल पहिला मर्ला भन्ने डरले स्याहार गरिएको हात्तीले हाल कतिबेला पो मार्ने हो भन्ने उत्पन्न भएको बताउनुहुन्छ । “यो हात्ती बिरामी भएको बेला हामीले नै उपचारका लागि विभिन्न क्षेत्रमा पहल ग¥यौँ, उपचार पनि भयो । खानेकुरा दियौँ, ज्यान तङ्ग्रियो । त्यो देखेर हामी निकै खुसी भएका थियौँ तर हाल त्यही हात्ती समस्या भयो । घर भत्काउने, खेतीमा नोक्सानी गर्ने ग...
दार्चुला–टिङ्कर सडक निर्माणः सेनाले दुईतिरबाट काम थाल्यो

दार्चुला–टिङ्कर सडक निर्माणः सेनाले दुईतिरबाट काम थाल्यो

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, समाचार
दार्चुला, २६ वैशाखः महाकाली कोरिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–टिङ्कर सडक खण्डमा नेपाली सेनाले दुईतिरबाट ट्रयाक खोल्न सुरु गरेको छ । दुम्लिङ र गागाबाट ट्रयाक खोल्न थालिएको हो । सेनाले व्यास गाउँपालिका–१ को छाङ्गरु गागाबाट सडक खन्न थालेको छ । यसअघि व्यास गाउँपालिका–३ तुसारपानी हुँदै वडा नम्बर २ को दुम्लिङ, कल्जु, आतुङती, तम्बाकुलगायतको ठाउँमा मात्र काम हुँदै आएको थियो । दार्चुला–टिङ्कर ७९ किलोमिटर सडकको ट्रयाक खुलाउन सेनाको निर्माण दल जुटेको छ । व्यास गाउँपालिका–३ तुसारपानीदेखि निर्माणको जिम्मा पाएको नसेनाले हालसम्म १५ दशमलव दुई किलोमिटर ट्रयाक खोलेको छ । नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार ०८०÷०८१ मा १३ दशमलव चार किलोमिटर सडकको ट्रयाक खोलिएकामा दुई किलोमिटर स्तरोन्नति भइसकेको छ । चालु आर्थिक वर्षमा एक दशमलव आठ किलोमिटर ट्रयाक खोलिएको तथा ...
मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?

मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार
बरहथवा (सर्लाही), २६ वैशाख : हरिपुर्वा नगरपालिकाका विद्यार्थीले पढ्नकै लागि छिमेकी पालिकाका जानुपर्ने बाध्यता कहिलेसम्म ब्यहोर्नुपर्ने हो भनी बारम्बार प्रश्न गर्दै आएका छन् । उनीहरूले स्थानीय सरकारलाई आफ्नै पालिकामा पठनपाठनको वातावरण बनाउन माग गरेका छन् । हरिवनमा बिहीबार आयोजना गरिएको ‘बालबालिकासँग मेयर कार्यक्रम’ मा नगरमा शैक्षिक अवस्था खराब भएको गुनसो गर्दै विद्यार्थीहरूले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न आग्रह गरेका हुन् । हरिपुर्वा नगरपालिका–७ डुमरियाका अविनाश भण्डारीले गाउँमै रहेको विद्यालयमा पठनपाठन हुन छाडेपछि छिमेकी पालिका ईश्वरपुर जाने गरेको बताउनुभयो । उहाँले नगरप्रमुख विनोदकुमार साहसँग कहिलेसम्म छिमेकी पालिकाको स्कुल जानू भन्दै गुनासो गर्नुभयो । भण्डारी अहिले कक्षा ९ मा अध्ययनरत हुनुहुन्छ । हरिपुर्वा नगरपालिका–४ स्थित गाउँमा रहेको श्री जनता आधारभूत ...
प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
म्याग्दी, २६ वैशाख : राहुघाट बेसिनमा निर्माणको अन्तिम चरणमा पुगेका चारवटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन प्राविधिक हिसाबले त्रुटिपूर्ण प्रसारण लाइन बनाएका छन् । जलविद्युत् आयोजनाले डाँडाखेत–राहुघाट १३२ केभी क्षमताको भन्दा मुनि २२० केभी क्षमताको प्रसारण लाइनको तार पर्ने र दुईवटा प्रसारण लाइनको तारको दूरी मापदण्डभन्दा कम हुने गरेर ‘क्रसिङ’ बनाएका हुन् । रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा उत्तरबाट दक्षिणतर्फ आउने आयोजनाको र पश्चिमबाट पूर्व दिशातर्फ जाने डाँडाखेत–राहुघाटको प्रसारण लाइन एकापसमा ‘क्रसिङ’ हुन्छ । प्राविधिक हिसाबले बढी क्षमताको प्रसारण लाइनको तार कम क्षमताको लाइनभन्दा माथि हुनुपर्छ । क्रसिङ हुने ठाउँमा १३२ केभीको लाइनको माथिल्लो तारदेखि २२० केभीको तलको तार बीचको दूरी चार दशमलव पाँच हुनुपर्ने मापदण्ड छ । ...
गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, समाचार
गोदावरी, (ललितपुर) २६ वैशाखः ललितपुरस्थित गोदावरी नगरपालिकाले जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण कार्य अगाडि बढाएको छ । नगरपालिकाले भेटिभर नेपालको प्राविधिक सहयोगमा नमूना परियोजनाका रूपमा पहिरो नियन्त्रणका लागि वृक्षरोपण गरेको हो । गोदावरी नगरपालिका–२ स्थित किटाचौर, बिष्टछापमा रहेको जोखिमयुक्त पहिरोमा आज भेटिभर बिरुवाको रोपण गर्दै नगरप्रमुख गजेन्द्र महर्जनले भेटिभरजस्ता जैविक प्रविधिमार्फत गरिएको पहिरो रोकथाम प्रभावकारी देखिएकाले पालिकाको यसको प्रयोगलाई विस्तार गर्दै जाने बताउनुभयो । गोदावरी–२ का वडाध्यक्ष मनोहर सिलवालले हरित पूर्वाधार निर्माण गर्ने योजनासहित नेपालको पहिलो कार्बन नेगेटिभ पालिकाका रूपमा गोदावरीलाई स्थापित गराउन सकिने धारणा राख्नुभयो । भेटिभर प्रविधि अन्तरराष्ट्रियस्तरमा प्रभावकारी देखिएको भन्दै हाम्रोजस्ते पहिरोको उच्च जोखिम रहेको देशमा यसको प्र...
सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विज्ञान प्रविधि, समाचार
काठमाडौँ, २६ वैशाख : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले आयोजना गरेको ‘सगरमाथा संवाद’ को पहिलो संस्करणको अन्तिम तयारीमा सरकार रहेको जानकारी दिनुभएको छ । मन्त्री डा राणाको अध्यक्षतामा आज परराष्ट्र मन्त्रालयमा बसेको सगरमाथा संवाद व्यवस्थापन समितिको बैठकमा उहाँले सो जानकारी गराउनुभएको हो । उहाँले नेपालले यस्तो अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक गर्न लागेको र एक स्थायी कूटनीतिक फोरमका रूपमा वर्षेनी आयोजना गर्ने निर्णय गरिसकेकोले यस कार्यक्रमलाई नेपालका लागि अत्यावश्यक तथा प्रभावकारी फोरमका रूपमा विकास गर्नेगरी परराष्ट्र मन्त्रालयले मेहनत गरिरहेको बताउनुभयो । जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्यका विषयमा केन्द्रित रहेर यही मे महिनाको १६ देखि १८ सम्म काठमाडौँमा आयोजना गरिएको यस कार्यक्रम अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थितिका लागि एक महत्त्वपूर्ण प्ले...
पत्रकार झापालीको ‘हिजाब’ सार्वजनिक

पत्रकार झापालीको ‘हिजाब’ सार्वजनिक

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, शिक्षा, समाचार
काठमाडौँ, २६ वैशाखः पत्रकार गोपाल झापालीको कथा सङ्ग्रह ‘हिजाब’ सार्वजनिक भएको छ । भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको उक्त कथा सङ्ग्रह आजदेखि बजारमा आएको हो । कथा सङ्ग्रहको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल तथा मन्त्रालयका सचिव केशवकुमार शर्माले संयुक्त रुपमा विमोचन गर्नुभयो । दुई सय ४२ पृष्ठको सङ्ग्रहमा लामा तथा छोटा गरी २१ कथाहरू समेटिएका छन् । केही कथा स्वैरकल्पनाका आधारमा लेखिएको कथाकार झापालीले बताउनुभयो । विभिन्न कालखण्डमा लेखिएका कथा तथा लघुकथा समेटेर सङ्ग्रह प्रकाशन गरिएको उहाँले जानकारी दिनुभयो । विगत दुई दशक बढी समयदेखि विभिन्न छापा तथा विद्युतीय माध्यममा सञ्चार कर्म गर्दै आउनुभएका झापालीका कथा, निबन्ध तथा अन्य फुटकर रचनाहरू प्रकाशन हुँदै आएका छन् ।...
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
गलकोट (बागलुङ), २६ वैशाख : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको विकल्प राजतन्त्र नभएको बताउनुभएको छ । उहाँले राजनीतिक दलहरु सच्चिएर जनताकहाँ पुग्नुपर्ने उल्लेख गर्दै नेपालमा गणतन्त्र निर्विकल्प भएको बताउनुभयो । ‘प्रतिगामी खतराविरुद्ध सङ्घर्ष गरौँ, गणतन्त्रको रक्षा गरौँ’ नाराका साथ राष्ट्रिय जनमोर्चा बागलुङले आज बागलुङ बजारमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष केसीले लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि सबै राजनीतिक दल एकताबद्ध हुन आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालका पार्टीका आ–आफ्नै विचार तथा सिद्धान्त भए पनि राष्ट्रियता नै जोखिममा पर्दा एकजुट हुन आवश्यक रहेको बताउनुभयो । “सबै मिलेर पञ्चायत फालियो, राजतन्त्र फालियो, अहिले गणतन्त्रका विषयमा राजावादीले भ्रम सृजना गरे, एकपटक लोकतन्त्र र गणतन्त्रका लागि सबै राजनीतिक दल एकजुट बनौँ”, अ...
मुद्दा फर्छ्यौटमा उल्लेख्य सुधार भएको छ: प्रधानन्यायाधीश राउत

मुद्दा फर्छ्यौटमा उल्लेख्य सुधार भएको छ: प्रधानन्यायाधीश राउत

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, २६ वैशाखः प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च अदालतको मुद्दा फर्छ्यौटमा उल्लेख्य सुधार भएको बताउनुभएको छ । त्रिहत्तरौँ काुनन दिवस–२०८२ का अवसरमा सर्वोच्च अदालतद्वारा आज यहाँ आयोजित चियापान समारोहमा उहाँले समग्र मुद्दा फछ्र्यौट प्रतिशतमा समेत विगत वर्षको तुलनामा उल्लेख्य सुधार भएको बताउनुभयो । प्रधानन्यायाधीश राउतले सर्वोच्च अदालतमा आठ वर्ष नाघेका मुद्दा आगामी असार मसान्तभित्रमा र पाँच (५) वर्ष नाघेका मुद्दा २०८३ असारभित्रमा शून्य बनाउने लक्ष्यमा अधिकतम् सफलता हासिल भइरहेको जानकारी दिनुभयो । “सर्वोच्चको समग्र मुद्दा फर्छ्यौट प्रतिशतमा पछिल्ला तीन वर्षदेखि सङ्ख्यात्मक वृद्धि भई पुराना बक्यौता मुद्दा उल्लेख्य रूपमा घटेका छन्”, उहाँले भन्नुभयो, “उच्च अदालत एवं जिल्ला अदालतले दुई वर्ष नाघेका पुराना मुद्दालाई शून्य बनाउने र जुनसुकै मुद्दालाई पनि १८ महिना नाघ्न नद...