Tuesday, April 21News That Matters

प्रदेश

Blooming jacaranda trees adorn Ring Road in Lalitpur

Blooming jacaranda trees adorn Ring Road in Lalitpur

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विज्ञान प्रविधि, समाचार
Kathmandu, May 9: A section of the Ring Road along Lalitpur Metropolis-14 these days offers an enchanting sight of the blooming jacaranda trees that line up along it. The place is vibrant with shades of lavender, capturing the attention of passersby. Pedestrians particularly the younger generation are found seizing the opportunity to take selfies, photos, and videos against the stunning floral backdrop. Lalitpur Metropolis-14 Ward Chair Amrit Mahat expressed his delight, stating that it's heartwarming to see people enjoying the scenic beauty offered by the flowers. The history of jacaranda flowers here dates back to the Rana period as it is believed that Rana rulers had first time brought this flower to Kathmandu. Some of the trees along the Chakrapath circuit have ...
आभा शाह वर्षकै उत्कृष्ट महिला उद्यमी घोषित

आभा शाह वर्षकै उत्कृष्ट महिला उद्यमी घोषित

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
कीर्तिपुर (काठमाडौँ), २४ वैशाखः सिल्बर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्टकी सञ्चालक आभा शाह यस वर्षको उत्कृष्ट महिला उद्यमी घोषित हुनुभएको छ । न्यु विजिनेस एजद्वारा आज राजधानीमा आयोजित पाँचौँ ‘न्यु विजनेश एज समिट एण्ड अवार्डस्–२०२५’ मा उहाँलाई उक्त अवार्ड प्रदान गरिएको हो । छनोटअनुसार यस वर्ष सुदूरपश्चिम प्रदेशबाट चप्पल उद्यमी इन्दिरा रेग्मी, कर्णाली प्रदेशबाट ‘कर्लाणी एग्रो उद्योग’की कलशा देवी चौलागाईं, लुम्बिनी प्रदेशबाट ‘प्रेमनिशा अल्लो धागो उद्योग’की प्रेमकुमारी पुन, गण्डकी प्रदेशबाट ‘रक्षा चापागाईं स्टोर’की रजनी शर्मा चपाईं, बागमती प्रदेशबाट नुवाकोटको ‘अमात्य स्टोर’की गीता अमात्य, मधेस प्रदेशबाट पर्साको ‘मध्य नेपाल प्रेस’की कविता खड्का, साथै कोशी प्रदेशबाट ‘ग्रीन सिटी इलाम ललीपप उद्योग’की दीपा गुरुङले उत्कृष्ट महिला उद्यमीको पुरस्कार प्राप्त गर्नुभएको छ । ...
‘नेपाली चलचित्र स्तरीय बन्न थालेका छन्’

‘नेपाली चलचित्र स्तरीय बन्न थालेका छन्’

Breaking News, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, २४ वैशाखः अभिनेत्री मनिषा कोइरालाले नेपाली चलचित्र स्तरीय बन्न थालेको बताउनुभएको छ । चलचित्र ‘जार’ को ‘प्रिमियर शो’ हेरेपछि प्रतिक्रिया दिँदै उहाँले चलचित्रको ‘मेकिङ’, छायाङ्कन, पाश्र्वसङ्गीत, रङ्ग संयोजनलगायतका प्राविधिक विधाको तारिफ गर्नुभयो । “मलाई गर्व लाग्छ की हामीले पछिल्लो समय एकपछि अर्को राम्रो चलचित्र बनाएका छौँ । यी चलचित्रले नेपालको कुनै एक कालखण्डको दस्तावेजसँगै साहित्य र चलचित्रलाई एक आपसमा जोडेको छ । कलाकारको काम प्रसंशायोग्य छ”, उहाँले भन्नुभयो, “यसको छायाङ्कन, पाश्र्वसङ्गीत, निर्देशन हेर्दा हामी विश्वका चलचित्र भन्दा कमजोर छैनाँै भन्ने लाग्छ ।” साहित्यकार इन्द्रबहादुर राईको कथालाई चलचित्रमा न्यायपूर्ण तरिकाले प्रस्तुत गरेको अभिनेत्री कोइरालाले बताउनुभयो । निर्देशक फुर्वाछिरिङ लामाले कथा पढेकालाई चलचित्र हेर्दा नबिझाउने किसिमल...
नेपाल–भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाईँदै

नेपाल–भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाईँदै

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
महेन्द्रनगर (धनुषा), २४ वैशाखः भारत–पाकिस्तानबीचको पछिल्लो सैन्य तनावको प्रभाव नेपाल–भारत सीमामासमेत परेको छ । नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीहरूले आवतजावतमा कडाइ गरेका छन् । विशेषगरी जटही र भिट्ठामोड नाकामा सुरक्षा सतर्कता उच्च बनाइएको छ । नाकामा दुवै देशका सुरक्षाकर्मीहरू तैनाथ छन् । पछिल्लो समय दुवै देशका सुरक्षा निकायहरूले सीमा क्षेत्रलाई संवेदनशील मानेर प्रत्येक व्यक्तिको परिचय र गन्तव्यबारे सोधपुछ गरी मात्र आवतजावत अनुमति दिइरहेको छिन्नमस्ता सशस्त्र प्रहरी ब्यारेकका नायब महानिरीक्षक कृष्ण ढकालले जानकारी दिनुभयो । धनुषाको जटही सीमा क्षेत्रमा खटिनुभएका प्रहरी नायब उपरीक्षक प्रमोद रायले भन्नुभयो, “हामीले सुरक्षा सतर्कता बढाएका छौँ । भारत–पाकिस्तानबीचको तनाव हाम्रो देशमा प्रत्यक्ष असर नपरे पनि सीमा क्षेत्र संवेदनशील हुने भएकाले हामी सतर्क छौँ ।” ...
गोरखापत्रलाई ‘पिएसपी’ ढाँचामा लैजान्छौँः सञ्चारमन्त्री गुरुङ

गोरखापत्रलाई ‘पिएसपी’ ढाँचामा लैजान्छौँः सञ्चारमन्त्री गुरुङ

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, २४ वैशाखः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गोरखापत्र संस्थानलाई सार्वजनिक सेवा प्रकाशन (पिएसपी) ढाँचामा रुपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । गोरखापत्र प्रकाशनको १२५औँ वर्ष प्रवेश तथा संस्थानको ६३औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित समारोहमा मन्त्री गुरुङले गोरखापत्रलाई समयाअनुकूल बनाउन परम्परागत ऐन संशोधन गर्नुपर्ने बताउनुभयो । उहाँले गोरखापत्रले राणा शासनकालदेखि राजतन्त्र, पञ्चायत व्यवस्थाका सास्ती झेल्दै आएको स्मरण गर्दै लोकतन्त्र र सङ्घीय शासन व्यवस्थामा जनता केन्द्रित भएर सामग्री सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । सञ्चारमन्त्री गुरुङले यति ठूलो इतिहास बोकेको संस्थानको आफ्नै भवन आवश्यक पर्ने भएकाले सुविधा सम्पन्न भवन निर्माण गर्ने, नयाँ ऐन ल्याउने, कर्मचारी व्यवस्थापनका लागि विनियमावली ल्याउनेलगायत कार्य मन्त्राल...
तीनदिनसम्म बनेपामा चण्डेश्वरी जात्रा मनाइँदै

तीनदिनसम्म बनेपामा चण्डेश्वरी जात्रा मनाइँदै

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
काभ्रेपलाञ्चोक, २४ वैशाख : काभ्रेपलाञ्चोकको ऐतिहासिक नगर बनेपामा करिब दुई हजार पाँच सय वर्षदेखि चण्डेश्वरी जात्रा मनाईंदै आइएको छ । विशेषगरी नेवार समुदायले हरेक वर्षको चण्डी (वैशाख शुक्ल) पूर्णिमादेखि तीन दिनसम्म उक्त जात्रा मनाउने गर्दछन् । वैशाख शुक्ल पूर्णिमा, जसलाई चण्डीपूर्णिमा नाम दिइएको छ, प्रत्येक वर्ष यहाँका बासिन्दाले मनाउने यो पर्वमा चण्डेश्वरी मन्दिर परिसर बेहुलीझैँ सिँगारिन्छ । बनेपामा आउँदो सोमबारदेखि चण्डेश्वरी जात्रा सुरु हुँदै छ । तीन दिनसम्म मानिने उक्त जात्रामा यहाँका मानिसमा नयाँ उमङ्ग र उत्सव देखिन्छ । हालका दिनमा जात्रा व्यवस्थापन समिति र स्थानीय जात्राको तयारीमा जुटेका छन् । जात्राको विधिअनुसार यहाँका घर चोख्याइन्छन् । पूर्णिमाको अघिल्लो दिन हनुमान ढोकाबाट ल्याइने तरवार (खड्ग)सँगै जात्रामा सरकारको तर्फबाटसमेत पूजागर्ने व्यक्तिको सहभागिता रहनुले पनि बनेपा...
सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू

सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, १९ वैशाखः सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा केही महत्त्वपूर्ण र रुपान्तरणकारी योजना तथा कार्यक्रमसमेत परेका छन् । केही महत्त्वपूर्ण विषयलाई राससले बुँदागत रूपमा केलाएको छ । – उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन । – कर प्रणालीमा संरचनात्मक रुपान्तरण । – वैकल्पिक वित्त कोष स्थापना । – वस्तु विनिमयसम्बन्धी कानुन निर्माण । – नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जको पुनर्संरचना । – दोस्रो वित्तीय क्षेत्र विकास रणनीति लागू । – बैंक तथा वित्तीय संस्थाको खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना । – डिजिटल बैंकसम्...
भोजपुर गोल्डकप : जर्जियन भारतलाई पराजित गर्दै एपीएफ फाइनल प्रवेश

भोजपुर गोल्डकप : जर्जियन भारतलाई पराजित गर्दै एपीएफ फाइनल प्रवेश

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
टक्सार (भोजपुर), १९ वैशाख : भोजपुरको प्रतिष्ठित आठौँ अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत बिहीबार भएको सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बल नेपाल (एपीएफ)ले जर्जियन फुटबल क्लब भारतलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ । प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समयमा दुवै टिमको तर्फबाट गोल हुन नसकेपछि थप गरिएको सात मिनेटको सुरुमै एपीएफका लागि जर्सी नम्बर ७ का खेलाडी सामीराह थोकरले एक गोल गरे । सोही गोल जितका लागि निर्णायक बन्न पुग्यो । सेमिफाइनलको म्यान अफ दी म्याच एपीएफका गोलकर्ता थोकर नै बने । प्रतियोगिताअन्तर्गत शुक्रबारको सेमिफाइनल खेल भगवती स्पोर्ट्स क्लब खोटाङ र चर्च ब्वाइज युनाइटेड काठमाडौँका बीचमा हुने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका उपाध्यक्ष भाष्कर तामाङले जानकारी दिनुभयो । भोजपुर नगरपालिका–७ स्थित रङ्गशालामा...
चाँगुनारायण मन्दिरमा रथ जात्रा

चाँगुनारायण मन्दिरमा रथ जात्रा

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
भक्तपुर, १७ वैशाखः चाँगुनारायण मन्दिरमा पाँच दिनसम्म चल्ने चाँगुनारायण, छिन्नमस्ता र किलेश्वर महादेवको खट जात्रा आज भव्य रुपमा मनाइएको छ । पाँच दिन अगाडि निम्तो पूजा दिएर सुरु भएको यो जात्रा त्रयोदशीदेखि सुरु भएर मातातीर्थका दिन खटजात्रा गरि आज अक्षय तृतीयासम्म पाँच दिन मनाइने चाँगुनारायण मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपध्यायले जानकारी दिनुभयो । आज अक्षय तृतीयाका दिन चाँगुनारायण, किलेश्वर महादेव र कान्ति भैरवका खट लहरै चाँगुमा बिसाएर सर्वसाधारणका लागि पूजा गर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो । मन्दिरमा आज बिहानैदेखि दिनभरि नै देवताको पूजा गर्न भक्तजनको भीड लागेको छ । आज साँझ तीनवटै खटमा झल्लर फुलेका माला र पताः चढाएर सिंगारेर खटजात्रा गरिन्छ भने जात्रा सम्पन्न गरेसँगै देवतालाई देवघरमा भित्र्याउने परम्परा रहेको मूल पुजारी राजोपाध्यायले जानकारी दिनुभयो । ...
पूर्वी नेपालको सौन्दर्य र संस्कृतिमा आधारित चलचित्र ‘ऊनको स्वीटर’ प्रदर्शन हुँदै

पूर्वी नेपालको सौन्दर्य र संस्कृतिमा आधारित चलचित्र ‘ऊनको स्वीटर’ प्रदर्शन हुँदै

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश
काठमाडौँ, १७ वैशाखः चलचित्र ‘ऊनको स्वीटर’ मा पूर्वी नेपालको सुन्दरता, संस्कृतिलाई देख्न पाइने अभिनेता विपिन कार्कीले बताउनुभएको छ । चलचित्रको श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्दै अभिनेता कार्कीले चलचित्रमा ‘गुरुङसेनी’ युवती र ‘काफ्ले ब्राह्मण’ युवकबीचको प्रेम सम्बन्धमा आउने जातीय अन्तर्विरोधको कथा समेटिएको बताउनुभयो । उहाँले भन्नुभयो, “गीतसङ्गीतझैँ सरल र सहज कथामा चलचित्र बनेको छ । यसले दुई दशक अगाडिको समयमा फर्काउँछ र त्यसबेलाको एउटा ग्रामीण परिवेशसँग परिचित गराउँछ । यो चलचित्र हेर्नेसँगै अनुभूति गर्ने किसिमको बनेको छ ।” उहाँले पछिल्लो समय आइरहेका भन्दा नितान्त भिन्न भूमिकामा आफू चलचित्रमा देखिने बताउनुभयो । उक्त चलचित्रका निर्देशक नवीन चौहानले चलचित्रमार्फत आफूले कल्पना गरेको संसारलाई दर्शकसम्म पु¥याउन लागेको बताउनुभयो । “मैले सोचेको एउ...