कर्णाली प्रदेशसभामा रिक्त संसदीय समितिले पाए पूर्णता
Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
कर्णाली, १० माघ : दश महिनादेखि नेतृत्वविहीन अवस्था रहेका कर्णाली प्रदेशसभाका तीन संसदीय समितिले पूर्णता पाएका छन् । गत वैशाखदेखि नेतृत्वविहीन रहेका सार्वजनिक लेखा, सामाजिक विकास, अर्थ तथा प्राकृतिक स्रोत समितिले आजबाट नेतृत्व पाएका छन् ।
लेखा समितिको सभापतिमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का विन्दमान विष्ट, अर्थ तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की दक्षिणा शाही र सामाजिक विकास समितिको सभापतिमा नेपाली कांग्रेसका पूर्णबहादुर खत्री निर्वाचित हुनुभएको छ ।
कार्यवाहक सभामुख यशोदाकुमारी न्यौपानेले नवनिर्वाचित समितिका सभापतिहरूलाई आजै पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको छ । प्रदेश मामिला समितिको सभापतिमा भने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्य कल्याणी खड्का निरन्तर हुनुहुन्छ ।
यसअघि लेखा स...










