‘सरकार अर्थतन्त्रका समस्या चिन्दै चिर्दै अघि बढ्ने कोसिसमा छ’
Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, १० माघः उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका समस्या चिन्दै चिर्दै अघि बढ्ने कोसिस गरिरहेको बताउनुभएको छ ।
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको ६०औँ वार्षिकोत्सवलाई आज यहाँ सम्बोधन गर्दै उहाँले दबाबमा रहेको अर्थतन्त्रलाई सुदृढ बनाउन केही सफलता हासिल भएको र थप उपलब्धिका लागि सरकार प्रयत्नशील रहेको बताउनुभयो ।
उपप्रधानमन्त्री पौडेलले समग्र अर्थतन्त्रलाई चलायमान बनाउँदै उत्पादन र उत्पादकत्व वृद्धि तथा रोजगारी सिर्जनाबाट सबल राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नेतर्फ सरकार अघि बढिरहेको स्पष्ट पार्नुभयो । “वर्तमान सरकार औसत काम गरेर दिन बिताउने पक्षमा छैन, समस्याका चाङ पन्छाएर छोटो अवधिमै दूरगामी महत्वका उपलब्धि आर्जन गर्न चाहन्छ”, उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, “निराशालाई आशामा बदल्न सरकारले नीतिगत तथा कानुनी सुधार गरि...










