Wednesday, April 29News That Matters

फिचर

गैरआवासीय नेपालीलाई लगानीका लागि उद्योगमन्त्री भण्डारीको आग्रह

गैरआवासीय नेपालीलाई लगानीका लागि उद्योगमन्त्री भण्डारीको आग्रह

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, १६ चैत: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण एसियामा नेपाल लगानीका लागि प्रचुर सम्भावनाको क्षेत्र रहेकाले गैरआवासीय नेपालीलाई लगानीका लागि आग्रह गर्नुभएको छ । गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) द्वारा आज माल्टामा आयोजित युरोपेली क्षेत्रीय सम्मेलन, २०२५मा उहाँले सरकारले लगानीको सुरक्षा र उपयुक्त वातावरण बनाउन सरकार तयार रहेको बताउनुभयो । मन्त्री भण्डारीले भन्नुभयो, “नेपालमा लगानीको वातावरण बनाएका छौँ, त्यसमा थप सहजीकरणका लागि सरकार तयार छ । कृषि, पर्यटन, उद्योगलगायत क्षेत्रमा तपाईहरू लगानी गर्न आउनुस्, सरकारले पूर्ण सहयोग गर्नेछ ।” मन्त्री भण्डारीले आफू मन्त्री भएपश्चात् नेपालमा व्यापार, व्यवसाय तथा उद्योगका क्षेत्रमा थुप्रै सकारात्मक एवं राम्रा काम गरेको उल्लेख गर्दै उहाँले निर्धक्क भएर लगानीका लागि ...
आन्दोलनका नाममा हिंसा गर्ने जोसुकैलाई कारबाही हुन्छः मन्त्री गुरुङ

आन्दोलनका नाममा हिंसा गर्ने जोसुकैलाई कारबाही हुन्छः मन्त्री गुरुङ

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, राजनीति, विचार, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
गण्डकी, १६ चैत: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आन्दोलनका नाममा हिंसा भड्काउने जोसुकैलाई कारबाही हुने बताउनुभएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको १२औँ वार्षिक साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उहाँले सरकारले अराजक, अनुशासनहीन गतिविधि हेरेर नबस्ने र व्यवस्थाविरोधी गतिविधि गर्नेलाई कारबाही गरिने बताउनुभएको हो । अहिलेको व्यवस्थाको विकल्प नरहेको र व्यवस्थाविरुद्धमा हुने गतिविधिलाई कुनै पनि हालतमा छुट दिन नसकिने भन्दै मन्त्री गुरुङले चित्त नबुझे अहिलेको व्यवस्थाअनुसार रहेक पाँच वर्षमा हुने चुनावबाट आफ्नो मुद्दा स्थापित गर्न सुझाव दिनुभयो । “हामीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरिसकेका छौँ, यस्ता गतिविधिमा सङ्लग्नलाई छानबिन गरेर कारबाही हुन्छ”, उहाँले भन्नुभयो,“राजतन्त्र आफ्नै कारणले सक्किएको हो । आफ्नो परिवार र संस्था बचाउन नसक्नेले फेरि देश र तीन करोड ...
पोखरामा दुई दिवशीय अन्तरराष्ट्रिय सम्मेलन

पोखरामा दुई दिवशीय अन्तरराष्ट्रिय सम्मेलन

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
गण्डकी, १६ चैत : ‘दीगो पर्यटन, नवीनता र आर्थिक विकासका लागि उच्च शिक्षाको भूमिका’ विषयक दुई दिवशीय अन्तरराष्ट्रिय सम्मेलन आजदेखि पोखरामा सुरु भएको छ । कालिका बहुमुखी क्याम्पस पोखराद्वारा आयोजित सम्मेलनमा नेपालसहित जापान, बेलायत, बङ्गलादेश, थाइल्याण्ड, अमेरिकालगायत देशबाट विभिन्न ३० वटा विश्वविद्यलाय एवं क्याम्पसबाट एक सय ५० जनाको सहभागिता रहेको छ । सम्मेलनको उद्घाटन गर्दै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा डा देवराज अधिकारीले आर्थिक विकास र दीगो पर्यटनका लागि उच्च शिक्षाको अहम् भूमिका हुने बताउनुभयो । उहाँले उच्च शिक्षाको पाठ्यक्रम व्यावसायिकता प्रवर्द्धन र उत्पादित जनशक्तिको उपयोग हुनेखालको हुनुपर्नेमा जोड दिनुुभयो । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्रा डा महानन्द चालिसेले देशमा अध्ययनरत विद्यार्थीमध्ये अधिकांश व्यवस्थापन विषय...
बोर्डद्वारा मातृभाषी चलचित्र प्रवर्द्धनका लागि १५ संस्थासँग सम्झौता

बोर्डद्वारा मातृभाषी चलचित्र प्रवर्द्धनका लागि १५ संस्थासँग सम्झौता

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार
काठमाडौँ, १५ चैतः नेपाली चलचित्र उद्योगलाई थप समावेशी बनाउने उद्देश्यले चलचित्र विकास बोर्डले आदिवासी, जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिमार्फत विभिन्न जातीय सङ्घसंस्थासँग सहकार्य गरेको छ । बोर्डले मातृभाषी चलचित्र प्रवर्द्धनका लागि विभिन्न १५ वटा सङ्घसंस्थासँग रु ३४ लाख ५० हजार बराबरको सम्झौता गरेको हो । सम्झौता कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, बोर्डका पदाधिकारी, आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिका संयोजक सुनील मानन्धर, आदिवासी जनजाति चलचित्र महासङ्घका प्रतिनिधिहरू र विभिन्न जातीय सङ्घसंस्थाका पदाधिकारीको उपस्थिति थियो । यस कार्यक्रमअन्तर्गत १५ सङ्घसंस्थासँग सहकार्य गर्ने सहमतिसहित रु ३४ लाख ५० हजार बजेट स्वीकृत गरी सम्झौता गरिएको बोर्डले जनाएको छ । आदिवासी जनजाति चलचित्र महासङ्घ, थारु चलचित्र तथा सांस्कृतिक सङ्घ, तामाङ...
अन्नपूर्ण आरोहणका लागि ४२ जनाले अनुमति लिए

अन्नपूर्ण आरोहणका लागि ४२ जनाले अनुमति लिए

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, विचार, शिक्षा, समाचार, स्थानीय तह विशेष
म्याग्दी, १५ चैतः वसन्तयाममा अन्नपूर्ण प्रथम हिमाल आरोहरणका लागि ४२ जनाले अनुमति लिएका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्दछ । वसन्तयामका लागि चार समुहका ३० पुरुष र १२ जना महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएका पर्यटन विभागका निर्देशक आरती न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार वसन्तयामका लागि हालसम्म नेपालका पाँच वटा हिमाल आरोहरण गर्न ५८ जनाले अनुमति लिएकामा सबैभन्दा बढी अन्नपूर्ण आरोहण गर्नेहरू छन् । अघिल्लो वर्षभन्दा यो वर्ष अन्नपूर्ण आरोहण गर्न अनुमति लिने आरोहीहरू बढेका छन् । अन्नपूर्ण हिमाल आरोहण अनुमति दिएबापत विभागले रु एक करोड ४७ लाख नौ हजार चार सय २० शुल्क सङ्कलन भएको विभागका निर्देशक न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो वर्षको वसन्तयाममा २५ जनाल...
Shock wave runs high after journalist’s killing on eve of FNJ Day, the umbrella body decries atrocities on media

Shock wave runs high after journalist’s killing on eve of FNJ Day, the umbrella body decries atrocities on media

Breaking News, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
Kathmandu, March 29: The Federation of Nepali Journalists (FNJ) would have been celebrating its 70th anniversary in a different way today if the Friday's demonstration by the supporters of the ex-king had not turned violent, causing human casualties and damaging property. But the shock wave ran high among media fraternity with the death of an on-duty photo journalist Suresh Rajak in the fire set on a private building at Tinkune, Kathmandu on Friday. Rajak, 29, was associated with the Avenues Television. He was taking photos and videos from the building near Tinkune, where the demonstration was held. As a result, the agitated and grief-stricken FNJ had to cancel the schedules of a rally, health camps and other official events to mark its 70th establishment day, but to organize a...
Infinix Shines at MWC 2025 with Award-Winning Solar and AI Innovations

Infinix Shines at MWC 2025 with Award-Winning Solar and AI Innovations

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, फिचर, विज्ञान प्रविधि, समाचार
Infinix, a global leader in mobile technology, captivated audiences at Mobile World Congress (MWC) 2025 happened in Barcelona, Spain with its groundbreaking Solar Energy-Reserving Technology and advanced AI-driven features, earning prestigious accolades and reaffirming its commitment to sustainable and intelligent mobile solutions. The company’s concept smartphone, featuring integrated perovskite solar cells on its back, harnesses ambient light to provide an eco-friendly charging alternative. This innovation garnered the Best Phone Concept award at MWC 2025, highlighting its potential to revolutionize sustainable smartphone charging. Complementing this, Infinix introduced a solar charging phone case that pairs with prototype devices via discreet side contacts, offering users flexibilit...
MWC 2025 मा Infinix को उत्कृष्ट प्रदर्शन: Solar Energy र AI Innovationsमा प्रतिष्ठित पुरस्कार प्राप्त

MWC 2025 मा Infinix को उत्कृष्ट प्रदर्शन: Solar Energy र AI Innovationsमा प्रतिष्ठित पुरस्कार प्राप्त

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, फिचर, विचार, विज्ञान प्रविधि, समाचार
Infinix, मोबाइल प्रविधिको एक विश्वव्यापी अग्रणी ब्रान्ड, ले बार्सिलोना, स्पेनमा आयोजित Mobile World Congress (MWC) 2025 मा आफ्ना Solar Energy Reserving प्रविधि र AI-driven सुविधाहरू मार्फत दर्शकहरूलाई मोहित गर्‍यो। यी अत्याधुनिक प्रविधिहरूले प्रतिष्ठित पुरस्कारहरू जित्दै, कम्पनीको दिगो र प्रविधि-केन्द्रित नवप्रवर्तनप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गर्यो। कम्पनीले प्रस्तुत गरेको कन्सेप्ट स्मार्टफोनको पछाडिको भागमा एकीकृत Perovskite solar cells रहेका छन्, जसले वरपरको प्रकाश उपयोग गरी हरित ऊर्जा-आधारित चार्जिङ को सुविधा प्रदान गर्छ। MWC 2025 मा Best Phone Concept पुरस्कार जित्दै, यस प्रविधिले भविष्यमा स्मार्टफोन चार्जिङको परिदृश्य बदल्ने सम्भावना उजागर गर्यो। यसैक्रममा, Infinix ले सौर्य चार्जिङ (Solar Charging) फोन केस समेत प्रस्तुत गर्‍यो, जुन प्रोटोटाइप डिभाइसहरूसँग साइड सम्पर्कमार्फत ...
HONOR ले मोबाइल वर्ल्ड कांग्रेस (MWC) 2025 मा 50+ पुरस्कार जित्यो HONOR ALPHA PLAN का साथ

HONOR ले मोबाइल वर्ल्ड कांग्रेस (MWC) 2025 मा 50+ पुरस्कार जित्यो HONOR ALPHA PLAN का साथ

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, फिचर, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार
काठमाडौं. विश्वव्यापी प्रविधि ब्रान्ड HONOR ले मोबाइल वर्ल्ड कांग्रेस (MWC) 2025 मा आफ्नो महत्वाकांक्षी HONOR ALPHA PLAN सार्वजनिक गर्दै ठूलो प्रभाव पारेको छ। यो नयाँ कर्पोरेट रणनीतिले HONOR लाई स्मार्टफोन निर्माता मात्र नभई विश्वव्यापी AI डिभाइस इकोसिस्टम कम्पनीका रूपमा रूपान्तरण गर्ने उद्देश्य राखेको छ। यस घोषणाले अन्तर्राष्ट्रिय मिडिया र उद्योग विशेषज्ञहरूबाट व्यापक ध्यान प्राप्त गर्यो, जसले HONOR को नवप्रवर्तनशील यात्रा र प्रविधिगत उत्कृष्टताको मार्गचित्र प्रस्तुत गर्छ। HONOR का CEO, जेम्स ली, ले AI क्रान्ति लाई आत्मसात गर्ने महत्त्वमा जोड दिए। उनले उद्योग सहयोगको आवश्यकता औंल्याउँदै मानव क्षमताको अधिकतम उपयोगका लागि खुला र मूल्य-साझेदारी इकोसिस्टम निर्माण गर्न आग्रह गरे। यस प्रतिबद्धताको रूपमा, HONOR ले १० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी योजना घोषणा गर्यो र HONOR Magic सिरिजका लागि स...
महिला समानता र विभेदको बारेमा सम्माननीय डा. तोशिमा कार्कीको संसदमा भनाइ

महिला समानता र विभेदको बारेमा सम्माननीय डा. तोशिमा कार्कीको संसदमा भनाइ

Breaking News, अर्थ, प्रदेश, फिचर, राजनीति, विचार, समाचार, स्थानीय तह विशेष
संविधानमा लैङ्गिक समानताको धारा त राख्यौ तर राज्यले महिला माथि हेर्ने दृस्टीकोण परिवर्तन हुन सकेन। स्वास्थ्य मन्त्रालयमा नयाँ स्वास्थ्य सचिवको नियुक्ति भएको छ । सिफारिसको आधारमा वरिस्टताको आधारमा एक नं मा हुनु भएकी डा. संगीता मिश्रालाई हटाएर अर्कोलाई सचिव नियुक्ति गरियो । क्याबिनेटले यस्तो निर्णय किन गर्यो पुरुष मन्त्रीले महिला सचिवसंग कम नै गर्न नसक्ने हो कि महिला नेतृत्व स्वीकार नगरिएको हो । प्रधानमन्त्री ज्यु, स्वास्थ्य मन्त्री ज्यु र सामान्य प्रसाशन मन्त्री ज्यु संग यो संसदले जवाफ माग्नु पर्छ। म सभामुख महोदय मार्फत माग गर्दछु । संविधानमा आमाको नाम बाट नागरिकता दिने प्रावधान त गरियो तर विधेयक ल्याउदै गर्दा बुबाको ठेगाना नभएमा, लापता भएमा सोघोसणा गरिएमा भन्ने जस्तो प्रावधानहरु सर्तहरु राखियो जुन सम्मान छैनन् । २५ जनाको मन्त्री मण्डलमा ३३ % भन्दा पनि नपुग्ने गरिकन ३ जना मात्र महिला ...