प्रसारण लाइन अभावले उत्पादित विद्युत् खेर जाने अवस्था आउँदैन : मन्त्री खड्का
Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, १० माघ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रसारण लाइनको अभावले उत्पादित विद्युत् खेर जाने अवस्था नआउने बताउनुभएको छ ।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले आज हुम्लामा निर्माण हुन लागेको हुम्ला कर्णाली १ र २ तथा तिला–२ जलविद्युत् कम्पनीसँग ग्रिड कनेक्सन सम्झौता कार्यक्रममा मन्त्री खड्काले विद्युत् उत्पादनसँगै प्रसारण लाइन निर्माणलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिँदै गर्दा सोहीमात्रामा प्रसारण लाइन समेत विस्तार गर्नुपर्ने उल्लेख गर्नुभयो ।
भर्खरै सरकारले निजी क्षेत्रलाई विद्युत् उत्पादनसँगै प्रसारण लाइन निर्माण गर्ने व्यवस्थासमेत गरेको उल्लेख गर्दै मन्त्री खड्काले उक्त व्यवस्थाले आगामी दिनमा उत्पादित विद्युत् खेर नजाने बताउनुभयो । राष्ट्रि...










