बाह्र किलोको काउली फलाएका खत्री भन्नुहुन्छ– ‘विदेश जाने सोच कहिले पनि आएन’
Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
गलकोट (बागलुङ), २० माघः बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीले १२ किलोको काउली फलाउन सफल हुनुभएको थियो । गतवर्ष उहाँ आफ्नै ‘खत्री एग्रो फार्म’मा नौ केजीको काउली फलाएर कृषि ज्ञान केन्द्रबाट जिल्लाकै उत्कृष्ट किसानका रूपमा पुरस्कृत समेत हुनुभएको थियो । विसं २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारीखेती थाल्नुभएका खत्री यतिबेला यस क्षेत्रकै सफल किसानमा गनिनुहुन्छ । उहाँले भन्नुभयो, “पुरस्कृत भइसकेपछि काउली उत्पादनमा झनै मेहनत गरेँ । यस वर्ष १२ केजी आठ सय ८० ग्रामको काउली फलाउन सफल भए ।”
उहाँले १८ रोपनी जग्गा तरकारीखेती गर्दै आउनुभएको छ । आफ्ना साथीभाइ वैदेशिक रोजगारमा पलायन हुँदै गर्दा खत्रीको मनमा कहिलै विदेश जाने सोच नआएको जनाउँदै उहाँले गाउँमै उद्यमी बनेको जनाउनुभयो । स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने सोचका साथ कृषि कर्ममा तल्लीन खत्रीले वार्षिक रु १० देखि १२ लाख आम्दानी...










