म्याग्दीमा पशुपालन गर्ने घट्दै
Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
म्याग्दी, १७ वैशाखः वैदेशिक रोजगारी, युवा पुस्तामा पुशपालनप्रति आकर्षण नहुनुलगायत कारणले पछिल्लो समय जिल्लामा पशुपालन गर्नेको सङ्ख्या घट्न थालेको छ ।
युवाहरू अवसरको खोजीमा जिल्ला तथा मुलुक बाहिर जाने, गाउँघरमा ज्येष्ठ नागरिक मात्र हुने, वनजङ्गलमा आहारको कमीलगायत कारणले पशुपालन गर्नेको सङ्ख्या घट्न थालेको हो ।
जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार म्याग्दीमा पछिल्ला केही वर्षयता गाई र भेँडा, बाख्रासँगै पशुपालक किसानको सङ्ख्या पनि घट्दै गएको छ ।
युवाहरू शिक्षा, रोजगारीको खोजीमा विदेशिने, गाउँघरमा भएका जेष्ठ नागरिक वनजङ्गलमा पुगेर पशुको आहरा व्यवस्थापन गर्न नसक्ने, वनमा आहार अभाव हुनेलगायत कारणले पशुपालक किसानको सङ्ख्या घट्दै गएको केन्द्रका सूचना अधिकारी सुभाष रेग्मीले बताउनुभयो । गाउँघरमा घुम्तीगोठ सञ्चालन गर्न नसकेपछि पशु...










