केन्द्र–वाम पार्टीद्वारा जर्मन गठबन्धन सम्झौता अनुमोदित, मेर्जलाई चान्सलर निर्वाचित हुने मार्ग प्रशस्त
Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
बर्लिन, १७ वैशाख: जर्मनीको केन्द्र–वाम सोसल डेमोक्रेट्सले नयाँ गठबन्धन सरकारमा सामेल हुने सम्झौता स्वीकृत गरेको छ । यसले संसदलाई कन्जरभेटिभ नेता फ्रेड्रिच मेर्जलाई देशको नयाँ चान्सलरका रूपमा निर्वाचित गर्ने बाटो प्रशस्त गरेको छ ।
निवर्तमान चान्सलर ओलाफ स्कोल्जको पार्टी मेर्जको केन्द्र–दक्षिणपन्थी क्रिश्चियन डेमोक्रेटिक युनियन (सिडियु) र यसको बाभेरियन भगिनी पार्टी, क्रिश्चियन सोसल युनियन (सिएसयु) द्वारा नेतृत्व गरिएको गठबन्धनमा सामेल हुनेछ । क्रिश्चियन सोसल युनियन पार्टीले फेब्रुअरीमा जर्मनीको चुनावमा २८ दशमलव पाँच मतका साथ जित हासिल गरेको थियो ।
सोसल डेमोक्रेट्सले दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खराब परिणाम भोग्नुपरेको थियो र १६ दशमलव चार प्रतिशत मतका साथ तेस्रो स्थानमा रह्यो । तर कन्जर्भेटिभहरूलाई दोस्रो स्थानमा रहेको अति–दक्षिणपन्थी, आप्रवासन विरोधी अल्टरनेटिभ...










