हरित ऊर्जा विकासलाई सहज बनाइने
Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
कीर्तिपुर (काठमाडौँ), ९ माघः सरकारले हरित ऊर्जा विकासलाई सहज बनाउन यस क्षेत्रमा देखापरेका प्रक्रियागत अप्ठ्यारा हटाउने तयारी गरेको छ ।
आज राजधानीमा सम्पन्न प्रोजिल हरित ऊर्जा सम्मेलनमा विद्युत नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धितालले भन्नुभयो, “प्रक्रियागत अप्ठ्यारा हटाउने उद्देश्यले सरकारले हालै अनलाइन प्रणालीबाट आवेदन दिनसक्ने र अन्य प्रक्रिया अघि बढाउनसक्ने व्यवस्था गरेको छ ।”
सरकारले कूल उत्पादनको पाँचदेखि १० प्रतिशतसम्मको ऊर्जा सौर्यलगायतका वैकल्पिक स्रोतबाट प्राप्त गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो । हरित ऊर्जा विकासलाई नै ध्यानमा राखेर मूल्य निर्धारणलगायत प्रक्रियालाई सहज बनाउनेतर्फ सरकार लागेको जानकारी उहाँले दिनुभयो ।
हरित ऊर्जा विकास गरिरिरहेको प्रोजिल ग्रीन इनर्जीका प्रबन्ध निर्देशक सोवित राईले कम्पनीले हालसम्म नौ दशमलव दुई मेगावाट स...










