विचारः ओझेलको कबड्डी व्यावसायिकतातर्फ
Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, १० माघ(रासस): नेपाल सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको केही वर्ष भइसकेको भएता पनि अझै कतैकतै कबड्डीलाई राष्ट्रिय खेल भनि चर्चा गर्ने गरिएको सुनिने गरिएको छ । नेपालमा कबड्डी खेल्नेको सङ्ख्या कम छैन । धेरैले स्कूल पढदादेखि नै कबड्डीको खेलको अनुभव हासिल गरेका हुन्छन् । नेपालका तराई क्षेत्रका साथै मध्यपश्चिम र सुदूरपश्चिममा कबड्डी खेल्नेको सङ्ख्या अत्यधिक भएता पनि यो खेलले कहिल्यै प्राथमिकता पाउन सकेन । सधँैं ओझेलमा पर्दै आएको कबड्डी खेलमा पहिलोपटक सहभागी सबै खेलाडीले पारिश्रमिक लिएर खेल्ने अवसर पाएका छन् । नेपालमा खेलिने गरिएको खेलहरुमध्ये पुरानो खेल भएता पनि कबड्डी खेलको पहिलोपटक व्यवसायिक अभ्यास हुने भएको छ । राष्ट्रिय खेलको रुपमा आधिकारिक मान्यता पाउन नसकेको कबड्डीको नेपाल लिग हुने भएको हो ।
नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट नेपालमा व्यवसायिक खेलको विकासका ...










