तीनवटै सरकारका जनप्रतिनिधिको सङ्ख्या घटाउनुपर्छ : जीतजङ्ग बस्नेत
Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, १४ वैशाखः राष्ट्रियसभाका सदस्य जीतजङ्ग बस्नेतले सङ्घीय सरकारका मन्त्री र मन्त्रालयको सङ्ख्या घटाएर १९ बनाउनुपर्ने बताउनुभएको छ । विसं २०४६ देखि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गर्नुभएका हाल कांग्रेस केन्द्रीय सदस्य बस्नेतले संविधान संशोधन गरेर विद्यामान २५ जनाको मन्त्रिमण्डल सङ्ख्या लाई घटाउन सुझाव दिनुभयो । नेपाल विद्यार्थी सङ्घको महामन्त्री र नेपाल तरुण दलको केन्द्रीय अध्यक्षको जिम्मेवारी पूरा गर्नुभएका उहाँले देश विकासका निम्ति राजनीतिज्ञले अब एकपटक त्याग गर्नुपर्ने बताउनुभएको छ ।
संविधान भनेको अभ्यास गर्दै जाने विषय हो । तर कानुन बनाउने सवालमा संसद सक्रिय हुनुपर्यो । संविधान संशोधन हुनुपर्छ । विशेषगरी जनप्रतिनिधिको विषयमा संशोधन गर्नुपर्छ । एउटा वडामा अध्यक्षसहित पाँच जना जनप्रतिनिधि हुन्छौँ । त्यसको प्रतिनिधित्व घटाउनुपर्यो । प...










