Wednesday, April 22News That Matters

शिक्षा

वनवाटिकामा आन्तरिक पर्यटकको घुइँचो

वनवाटिकामा आन्तरिक पर्यटकको घुइँचो

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
तिलोत्तमा (रुपन्दहेही), १ वैशाख : यहाँको तिलोत्तमा–२ स्थित शङ्करनगर वनबिहार तथा अनुसन्धान केन्द्र वनवाटिकामा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । नयाँ वर्ष २०८२ को दिन वनवाटिकामा दर्शकको घुइँचो बढेको हो । नेपालका एक सय पर्यटकीय गन्तव्यमध्येमा परेको यस वनवाटिकामा पछिल्लो समय थपिँदै गएका पर्यटकीय संरचनाका कारण पर्यटकको आकर्षण बढेको छ । यहाँ गत चैतबाट ‘द थ्रिल एडभेन्चरको स्काई साइक्लिङ’, ‘जीपलाइन’, ‘जाइन्ट स्वीङ’, बाल उद्यान, ‘फाउण्टेन’, शान्त मनोरम दृश्य, प्राकृतिक हरियाली, ‘पिकनिक स्पट’का साथमा खुला क्षेत्र भएकाले वाटिकाको आकर्षण बढेको वाटिकाका अध्यक्ष खिमलाल पाण्डेले बताउनुभयो । नयाँ वर्षको दिन यहाँ १९ हजार बढी आन्तरिक पर्यटक आएको अध्यक्ष पाण्डेको भनाइ छ । आज ३० भन्दा बढी पिकनिक स्टल बुकिङ भएका थिए । वाटिकामा रु ५० टिकट शुल्क तोकिएको छ । १० वर्षमुनिका बा...
Infinix GT 20 Pro Returns to Nepal – By Popular Demand, For the Gamers’ Command

Infinix GT 20 Pro Returns to Nepal – By Popular Demand, For the Gamers’ Command

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
Kathmandu, Nepal – The beast is back. By Popular Demand, For the Gamers’ Command. After receiving immense love and overwhelming support from Infinix users all across Nepal, the GT 20 Pro is making a grand comeback – stronger, sleeker, and smarter than ever before. Powered by the MediaTek Dimensity 8200 Ultimate chipset and built for those who dare to play hard, this flagship gaming phone is being relaunched in response to the passionate demand from our loyal community. From Dhulikhel to Dhangadhi, from urban warriors to esports dreamers, the GT 20 Pro became more than just a phone – it became a badge of boldness. A symbol of power. And that spirit? It's what fuels this relaunch. This isn’t just a restock. It’s a revival. A celebration. A thank-you to every user who made GT 20 Pro a legen...
इनफिनिक्स GT 20 Pro पुनः नेपालमा – गेमरहरूकाे मागमा , नेपालीहरूको मनमा स्थान बनाउँदै

इनफिनिक्स GT 20 Pro पुनः नेपालमा – गेमरहरूकाे मागमा , नेपालीहरूको मनमा स्थान बनाउँदै

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौं, नेपाल – "दि बीस्ट" फर्कियाे गेमरहरूकाे मागमा , नेपालीहरूको मनमा स्थान बनाउँदै इनफिनिक्स प्रयोगकर्ताहरूबाट देशभरि पाएकाे माया र जबरदस्त समर्थनपछि, GT 20 Pro पुनः धमाकेदार रूपमा नेपाली बजारमा फर्कंदैछ – अझ बलियो, अझ स्टाइलिश, र अझ स्मार्ट। MediaTek Dimensity 8200 Ultimate चिपसेटले सञ्चालित यो फ्ल्यागशिप गेमिङ फोन, ती सबैका लागि हो जसले खेलमा कुनै सम्झौता गर्दैनन्। यो फोन, तपाईंहरू जस्ता निडर गेमरहरूको जोशपूर्ण मागमा पुनः ल्याइएको हो। धुलिखेलदेखि धनगढीसम्म, सहरका स्ट्रिट गेमरहरूदेखि ई-स्पोर्ट्स सपना देख्ने युवासम्म, GT 20 Pro केवल एउटा फोन मात्र होइन – यो साहस र शक्ति को प्रतीक बनिसकेको छ। र यिनै भावना नै हुन् – जसले यसपटकको पुनः आगमनलाई प्रेरणा दिए। यो केवल स्टक थपिएको होईन। यो पुनर्जागरण हो। उत्सव हो। GT 20 Pro लाई नेपालकै मोबाइल गेमिङ लेजेन्ड बनाउने हरेक प्रयोगकर्ताको लागि धन...
महालक्ष्मी विकास बैंकको नयाँ वर्षको अवसरमा ७.९९ प्रतिशतमै घर कर्जा

महालक्ष्मी विकास बैंकको नयाँ वर्षको अवसरमा ७.९९ प्रतिशतमै घर कर्जा

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८२ को अवसरमा ग्राहकहरुलाई लक्षित गरी महालक्ष्मी घर कर्जा एकल अंकको ब्याजदर ७.९९ प्रतिशतमा नै प्रदान गर्ने भएको छ । नयाँ वर्ष २०८२ को अवसरमा बैंकिङ्ग क्षेत्रमा नै सस्तो तथा प्रतिस्पर्धी ब्याजदर कायम रहने गरी ग्राहकहरुलाई घर खरिद गर्न÷ निर्माण गर्न ÷पुर्ननिर्माण गर्न तथा अपार्टमेन्ट खरिद गर्न बैंकले यस्तो कर्जा प्रदान गर्नेछ । यस्तो कर्जा वातावरणीय विशेषता पुष्टी गर्न सक्ने तथा नवीकरणीय वा दिगो स्रोतहरुको प्रयोग गरिएको हुनुपर्दछ । यस्तो कार्यबाट वातावरण संरक्षण गर्न, दिगो विकासको प्रबद्र्धन गर्न तथा नेपाल राष्ट्र बैकको नियामकीय निर्देशनको पालना गर्न समेत सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंकले हालै मात्र भारतको प्रतिष्ठित म्यागजिन “विजनेश कनेक्ट...
गीतकार चन्द्र जयपाल राईको शब्दमा   ‘हेलो हाई नमस्कार’  सार्वजनिक

गीतकार चन्द्र जयपाल राईको शब्दमा ‘हेलो हाई नमस्कार’ सार्वजनिक

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौं । मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर अटुको संगीतमा रहेको डान्सिङ गीत सार्वजनिक गरिएको हो । माया अनि पिरतीको भाका प्रस्तुत गर्दा गर्दै माया र प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन, राकेश दाहालको सम्पादन तथा जस बहादुर याक्खाको निर्देशन, पुनम श्रेष्ठको कोरियोग्राफी गीतमा रहेको छ । गीतमा सोनम तामाङ र संजना गुरुङको फिचरिङ रहेको छ । https://www.youtube.com/watch?v=HxG3JViMgvU...
साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनद्वारा प्रोजेक्ट डल्फिनको घोषणा

साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनद्वारा प्रोजेक्ट डल्फिनको घोषणा

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौं – नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकको पहलमा संचालित साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन - सीबीसीएफ (Cimex BYD Charity Foundation - CBCF) ले ‘सीबीसीएफ प्रोजेक्ट डल्फिन’ (CBCF Project Dolphin) को सगर्व घोषणा गरेको छ, जुन नेपालको अति खतराको सूचीमा रहेको जीव ‘डल्फिन’ संरक्षणका लागि समर्पित एक पहल हो । विश्व जलचर जनावर दिवस अर्थात वर्ल्ड अक्वाटिक एनिमल डे को अवसरमा बिहीबार (सन् २०२५ अप्रिल ३) मा पाटन संग्रहालयमा आयोजित एक कार्यक्रममा सो प्रोजेक्ट औपचारिक रुपमा लन्च गरियो, जसले नेपालको स्वच्छ पानीको इकोसिस्टम संरक्षणका लागि संरक्षक, वातावरणविद र सामुदायिक अगुवाहरुलाई एकै स्थानमा ल्याउने छ । गंगा नदी डल्फिन अति खतराको सूचीमा रहेका जीव हुन्, जुन संसारभर ३ हजार ५ सय भन्दा कम संख्यामा मात्र रहेका छन् । सन् २०१६ मा गरिएको सर्वेक्षण अनुसार नेपालमा कर्णाली नदीमा ४३ र कोशी नद...
नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, व्यवसायी उत्साही

नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, व्यवसायी उत्साही

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ ३१ चैतः नयाँ वर्ष २०८२ को आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा पर्यटकको चहलपहलका कारण उत्साह थपिएको छ । वसन्त ऋतुको आगमन र विद्यालयको वार्षिक शैक्षिक बिदाका कारण अभिभावक आफ्ना सन्ततिलाई लिएर आन्तरिक पर्यटन प्रवद्र्धनमा निस्किएका छन् भने सरकारी कर्मचारीको पनि वार्षिक बिदा सक्नुपर्ने भएकाले बिदामा पर्यटकीय गन्तव्यमा पुगेका छन् । जसका कारण पूर्वको पाथीभरादेखि पश्चिमको शैलेश्वरीसम्मका धार्मिकस्थलमा अहिले धार्मिक पर्यटकको चहलपहल बढेको छ । यसले पर्यटन प्रवद्र्धनसँगै मुलुकको अर्थतन्त्रसमेत चलायमान हुन पुगेको छ । मुलुकभित्रका प्रमुख पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहेको छ । होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाहका अनुसार नयाँ वर्षको पूर्वसन्ध्यामा अधिकांश पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढेको छ । “मुलुकभरका होटलहरुमा न्युनतम ३५ देखि झण्डै...
जात्रामय भएको छ भक्तपुर, नौदिने बिस्काको महिमा के छ ?

जात्रामय भएको छ भक्तपुर, नौदिने बिस्काको महिमा के छ ?

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
भक्तपुर, ३१ चैतः नयाँवर्षको आगमनलाई देशभर स्वागत गरिरहँदा भक्तपुर भने यतिखेर जात्रामय बनेको छ । नयाँवर्षको सङ्घारमा भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने बिस्काः अर्थात् बिस्केट जात्राले यतिखेर स्वदेशी तथा विदेशी पर्यटकलाई समेत आकर्षित बनाएको छ । यहाँका नेवार समुदायले भव्य रुपमा बिस्काः जात्रा मनाउन स्वदेशका परिवार आफन्त मात्रै नभई विदेशमा रहेका आफन्त र परिवार पनि घर फर्कने गर्दछन् । भक्तपुर जिल्लाभरिनै हर्षोल्लासका साथ मनाइने यो जात्रा ऐतिहासिक मात्रै नभई तान्त्रिक एवं धार्मिक विधिमा मनाउने गरिन्छ । यस्तो छ बिस्काः जात्राको इतिहास बिस्काः जात्राका ऐतिहासिक पक्षका सम्बन्धमा ऐतिहासिक धेरै पक्षहरु फेला परेका छन् । संस्कृतिविद् एवं इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार भक्तपुर टौमढीस्थित यक्षमल्लको पालाको शिलालेखमा बिस्काःलाई विश्व जात्रा भनी उल्लेख गरिएको...
तीन करोडको लागतमा बालकुमारी मन्दिरको पुनर्निर्माण

तीन करोडको लागतमा बालकुमारी मन्दिरको पुनर्निर्माण

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
भक्तपुर, ३१ चैतः सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित बसिक्व टोलमा बालकुमारी माताको परम्परागत शैलीको मन्दिर निर्माण सुरु गरिएको छ । मन्दिर, सत्तल, पाटीलगायत संरचना निर्माणका लागि तयार पारिएको गुरुयोजनाअनुसार कूल रु तीन करोड ५० लाखको लागत मन्दिर निर्माण सुरु भएपछि धार्मिक सम्पदा पुनर्निर्माणको काम पूरा गर्न महायज्ञ लगाइने भएको छ । आज मन्दिर परिसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक इ श्रीराम चपलछें श्रेष्ठले मन्दिरको अधुरो काम पूरा गर्न महायज्ञको आयोजना गर्न लागेको बताउनुभयो । परापूर्वकालमा रहेको लिच्छवीकालीन ढुङ्गेधारासहितको फल्चा, कुवा, पुरिएर लोप भएको अवस्थामा स्थानीय नागरिक स्वर्गीय चन्द्रलाल चपलछें श्रेष्ठको परिवारले २०७२ सालमा वर र पीपलको विवाहसमेत गराई ढुङ्गेधारालगायतको फल्चा, कुवा निर्माण गरेको उहाँले जानकारी दिनुभयो । ...
जिब्रो छेड्ने जात्राको पूर्वतयारीः हात नभएको लिङ्गो उठाइयो

जिब्रो छेड्ने जात्राको पूर्वतयारीः हात नभएको लिङ्गो उठाइयो

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
भक्तपुर, ३१ चैतः भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राको अवसरमा आज बिहान ११ बजे भक्तपुरको पोटरीस्क्वायरस्थित कुमाले टोलमा हात नभएको लिङ्गो उठाइएको छ । प्रत्येक वर्ष चैत मसान्तका दिन स्थानीय भक्तपुरको कुमाले टोलमा बिहानै उठाइने हात नभएको लिङ्गो आज विधिपूर्वक पूजा गरी उठाइएको हो । बिस्केटजात्राको अवसरमा हरेक वर्ष चैत मसान्तको दिन उठाइएको हात नभएको लिङ्गो जात्राको अन्तिम दिन वैशाख ५ गते बिहान ढाल्ने गरिन्छ । कुमाले टोलमा बिहान लिङ्गो उठाएपछि दिउँसो भैरव र भद्रकालीको पूजा गरी रथलाई साँझ भेलुखेलमा हातसहितको नाग–नागिनीको प्रतीक रहेको तान्त्रिक विधिद्वारा तयार पारिएको इन्द्रध्वजासहितको ५५ हात लामो लिङ्गो उठाउने गरिन्छ । यसलाई विश्वप्रसिद्ध लिङ्गो जात्रा भन्ने गरिन्छ । यो लिङ्गो भने वैशाख १ गते दिनभर जात्रा गरेर साँझ विधिपूर्वक ढाल्ने गरिन्छ । यता मध्यपुरथिमि–८...