Friday, April 24News That Matters

शिक्षा

पाणिनिको जन्मभूमि अर्घाखाँची ज्ञान, ध्यान र देवभूमि होः प्रधानमन्त्री ओली

पाणिनिको जन्मभूमि अर्घाखाँची ज्ञान, ध्यान र देवभूमि होः प्रधानमन्त्री ओली

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
अर्घाखाँची, २७ चैतः प्रधानमन्त्री केपी शर्मा ओलीले महर्षि पाणिनिको जन्मभूमि अर्घाखाँची ज्ञान, ध्यान र देवभूमि भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले अर्घाखाँचीमा आयोजित ‘पाणिनी तपोभूमि सम्मेलन’को उद्घाटन गर्दै पाणिनिको जन्मस्थल अर्घाखाँची विश्वव्यापी रुपमा ज्ञानको सुरुआत भएको पुण्यभूमि रहेको बताउनुभयो । “विश्वव्यापी रुपमा स्थापित व्याकरणका पिता महर्षि पाणिनिको जन्मभूमि रहेको यो स्थान पवित्र छ, पुण्य छ, देवभूमि हो, यहाँबाटै ज्ञानको सुरुआत भएको हो । अरु सबै व्याकरणहरुमा पाणिनिको सूत्रलाई आधार मानिएको छ”, प्रधानमन्त्रीले भन्नुभयो, “पाणिनिको व्याकरणपछि भाषा सरल बन्दै गयो, छन्दको सुरुआतसँगै सङ्गीत र लयको विकास भएको हो ।” उहाँले पाणिनिको योगदान असाधारण रहेको चर्चा गर्दै अष्टाध्यायीमार्फत संस्कृत व्याकरणको तीन हजार नौ सय ५९ सूत्र निर्माण गरिएको र ती सूत्रहर...
तरकारीखेतीबाट वार्षिक २० लाख आम्दानी गर्दै थापा दाजुभाइ

तरकारीखेतीबाट वार्षिक २० लाख आम्दानी गर्दै थापा दाजुभाइ

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
रामपुर (पाल्पा), २७ चैतः पत्थरीलो उजाड जमिन हराभरा भएर कमाइ गर्ने माध्यम होला भन्ने पहिला कसैलाई लागेको थिएन । इँटा पोलेर प्रयोगविहीनजस्तै बनेको जग्गामा खेती गरेर आम्दानी हुन्छ भन्ने कल्पना पनि गरिएको थिएन । रामपुर नगरपालिका–४ देवीस्थानका दिलबहादुर थापा र लालबहादुर थापाले हातमा सीप, आफूमा जाँगर, इच्छा शक्ति भयो भने इँटा पोलेर फालिएको पत्थरीलो जग्गा पनि हराभरा बनाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ । दाजुभाइको निरन्तरको मेहनत र पसिनाले पत्थरीलो जमिनलाई मलजल, सिँचाइ व्यवस्थापन गर्दै जाँदा अहिले कमाउने आधार बनेको छ । थापा दाजुभाइ एक दशक वैदेशिक रोजगारबाट फर्केर तरकारीखेतीमा लाग्नुभएको छ । उहाँहरूले करिब दश रोपनी जग्गा भाडामा लिएर तरकारीखेती गरिरहनुभएको हो । थापा दाजुभाइले ‘हाम्रो आधुनिक कृषि फार्म’ दर्ता गरेर विगत छ वर्षदेखि बेमौसमी तरकारी उत्...
अब ‘लोडसेडिङ’ हुँदैन : मन्त्री खड्का

अब ‘लोडसेडिङ’ हुँदैन : मन्त्री खड्का

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, २७ चैत : ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री दीपक खड्काले अब लोडसेडिङ नहुने बताउनुभएको छ । रसुवामा निर्माण सम्पन्न भएको साञ्जेनखोला जलविद्युत् आयोजना (७८ मेगावाट) को आज उद्घाटन गर्दै मन्त्री खड्काले अब नागरिकले लोडसेडिङको समस्या भोग्नु नपर्ने बताउनुभयो । उहाँले सरकार नागरिकको घरघरमा र उद्योगमा २४सै घण्टा बिजुली दिन प्रतिबद्ध रहेको उल्लेख गर्दै लोडसेडिङ हुन्छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो । आर्थिक सुशासन कायम गरेर लोडसेडिङ हुन नदिने गरी जलविद्युत् क्षेत्रको विकासमा लाग्न विद्युत् प्राधिकरणलाई मन्त्री खड्काले निर्देशन दिनुभयो । प्राधिकरणको नेतृत्वमा एसियाकै अब्बल इञ्जिनियर हितेन्द्रदेव शाक्य आएकाले आगामी दिनमा विद्युत् प्राधिकरणले थप उचाइ लिने मन्त्री खड्काले विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्प...
झापा गाउँपालिकाका सबै किसान व्यावसायिक मकैखेतीमा

झापा गाउँपालिकाका सबै किसान व्यावसायिक मकैखेतीमा

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
झापा, २७ चैत :खेतबारीमा हुर्किएका पाँच फिट अग्ला मकैका बोटमा सुत्ला च्यापेका भरिला तीन वटासम्म घोगा फलेको देखेर झापा गाउँपालिका वडा नं. २ का नरेन्द्रकुमार आङ्देम्बेको खुसीको सीमा छैन । “आँख्लैपिच्छे सुत्ला च्यापेको छ,” बारीमा मकैखेती फस्टाएपछि दङ्ग पर्दै आङ्देम्बे भन्नुहुन्छ, “पोहोरभन्दा यसपालि उत्पादन निकै बढ्ला जस्तो छ ।”उहाँले यसपालि डेढ बिगाहामा मकै खेती गर्नु भएको छ । गाउँमा आङ्देम्बे जस्तै ३७ जना किसान मिलेर बरपिपल कृषक समूह गठन गरेका छन् । समूहमा जोडिएरपाँच कठ्ठादेखि चार बिगाहासम्म जग्गा भएका किसानहरु मकै खेतीमा लागेका हुन् । झापा जिल्लाको १५ पालिकामध्ये मकै खेतीका लागि प्रख्यात छ झापा गाउँपालिका । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना झापाका प्रमुख रविन्द्र सुवेदीले यो पालिका नेपालमै सबैभन्दा राम्रो मकै उत्पादन हुने क्षेत्र मानिएको बताउनुभयो ...
बुढानिलकण्ठ नगरपालिका र डोल्पाका दुई पालिकाबीच शैक्षिक साझेदारी

बुढानिलकण्ठ नगरपालिका र डोल्पाका दुई पालिकाबीच शैक्षिक साझेदारी

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
ठूलीभेरी (डोल्पा), २७ चैत : शैक्षिक सुधारको साझा प्रयासस्वरूप काठमाडौँको बुढानिलकण्ठ नगरपालिका तथा त्रिपुरासुन्दरी नगरपालिका र शे–फोक्सुण्डो गाउँपालिकाबीच त्रिपक्षीय शैक्षिक साझेदारीका लागि सम्झौता भएको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा आयोजित कार्यक्रममा तीनवटै पालिकाका प्रमुखहरुले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतामा त्रिपुरासुन्दरी नगरप्रमुख जनचन्द्र रोकाया, शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावासम्दुक गुरुङ र बुढानिलकण्ठ नगरप्रमुख मिठाराम अधिकारीले हस्ताक्षर गर्नुभयो । नगरप्रमुख अधिकारीले बुढानिलकण्ठले पछिल्लो तीन वर्षमा १४ प्रतिशत गुणस्तरीय शैक्षिक वृद्धि हासिल गरेको उल्लेख गर्दै असल अभ्यास अन्य पालिकासँग साझा गर्दै आएको बताउनुभयो । कक्षा १० सम्मका विद्यार्थीलाई निःशुल्क खाजा कार्यक्रम, चार जिपिए ल्याउनेलाई रु पाँच लाखसम्मको पुरस्कारको व्यवस्था तथा महिल...
‘माया के हो’ गीति श्रव्यदृश्य सार्वजनिक

‘माया के हो’ गीति श्रव्यदृश्य सार्वजनिक

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, २६ चैतः गायक सुरेश लामा र गायिका त्रिशाला गुरुङले स्वर दिनुभएको प्रेमभाव झल्काउने ‘माया के हो’ बोलको गीति श्रव्यदृश्य सार्वजनिक भएको छ । सो गीति श्रव्यदृश्य सार्वजनिक गर्ने उद्देश्यले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्गीतकार अर्जुन पोखरेलले धेरै समयपछि ‘रोमान्टिक शैली’ को गीत सार्वजनिक गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले सामाजिक विषयका चलचित्र बढी निर्माण भएकाले प्रेम भाव व्यक्त गर्ने रोमान्टिक शैलीको गीत कम भएको आभाष भएको छ । यो गीत झैँ श्रव्यदृश्यले पनि भाव व्यक्त गरेको छ । श्रव्यदृश्य निर्माण समूहले निकै मेहनत गरेको छ ।” प्रेमराज अधिकारीले लेख्नुभएको गीतमा आधारित भई मकवानपुरको कुलेखानी तथा आसपासका क्षेत्रलाई समेटेर श्रव्यदृश्य छायाङ्कन गरिएको निर्देशक निकेश खड्काले जानकारी दिनुभयो । दर्शकलाई नयाँ अनुभूति दिन अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री...
स्थानीय ‘सम्पदा’ संरक्षणमा जुटे घरपझोङका युवा

स्थानीय ‘सम्पदा’ संरक्षणमा जुटे घरपझोङका युवा

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
मुस्ताङ, २६ चैतः घरपझोङ गाउँपालिकाका युवा यतिबेला स्थानीय स्तरको प्राकृतिक तथा जैविक सम्पदा जोगाउन जुटेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम तथा युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनाअन्तर्गत गाउँपालिकाले उनीहरूलाई पालिकाभित्रका प्राकृतिक तथा जैविक सम्पदाको सरक्षण, सम्बद्र्धन र प्रर्वद्धन गर्ने काममा खटाएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत स्थानीय स्तरका बेरोजगार युवायुवतीलाई प्राकृतिक श्रोतको रक्षा गर्न परिचालन गर्ने गरी यो कार्यक्रम नियमित कार्यान्वयनमा रहेको छ । गाउँघरका बेरोजगार युवायुवतीलाई अल्पकालिन रोजगार सिर्जना गर्ने उद्देश्यले यस प्रकारको कार्यक्रममा संघीय सरकार र विश्व बैंकबाट बैदेशिक सहायता रकम उपलब्ध हुँदै आइरहेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत युवाको सीप र क्षमता अभिवृद्धि गर्ने, स्थानीय प्राकृतिक सम्पदाको अपनत्व दिलाउने, न...
राजतन्त्र फर्काउने कुरा दिवा सपना मात्र हो : अध्यक्ष नेपाल

राजतन्त्र फर्काउने कुरा दिवा सपना मात्र हो : अध्यक्ष नेपाल

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
इटहरी (सुनसरी), २६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हालको परिस्थितिमा देशमा राजा फर्कने कुनै सम्भावना नरहेको बताउनुभएको छ । पार्टीको कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उहाँले राजा फर्काउने कुरा केवल दिवा सपना मात्र भएको बताउनुभयो । अध्यक्ष नेपालले देश समाजवादी गणतन्त्रको यात्रामा अघि बढेको उल्लेख गर्दै अब जनतालाई अलमलमा पार्ने काम गर्न नहुने बताउनुभयो । देशमा अराजकता बढ्दा सरकारले केही गर्न नसकेको उहाँको आरोप थियो । अध्यक्ष नेपालले भन्नुभयो, “कुनै पनि वादीको नाममा भएको आन्दोलनले मच्चाएको अराजकताले आम जनमानसमा त्रास सिर्जना गरेको छ ।” नेपाली समाजवादको स्थापना गर्न मदन भण्डारीको योगदान उल्लेख्य रहेको उल्लेख गर्दै उहाँले सहिदको योगदानलाई सम्झिन आग्रह गर्नुभयो । “उद्देश्य स...
नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर निकाल्न कार्ययोजना

नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर निकाल्न कार्ययोजना

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, २६ चैत : सम्पत्ति शुद्धीकरण मामिलामा वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टाक्स फोर्स–एफएटिएफ)को खैरो सूची (ग्रे लिस्ट) बाट नेपाललाई बाहिर निकाल्न गृहकार्य सुरु गरिएको छ । सम्पत्ति शुद्धीकरण निवारण निर्देशक समितिको आज बसेको बैठकमा नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउने कार्ययोजनालाई अन्तिम रुप दिने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय भएको हो । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न कार्य योजना अनुसार कार्य गर्दै गर्दा आगामी दिनमा नेपाल ग्रे लिष्टमा नपर्ने गरी दीर्घकालीन हिसाबले काम गर्न आवश्यक रहेको बताउनुभयो । त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न कानुनको कमी नभएको बताउनुभयो । उहाँले इच्छाशक्ति लगाएर काम गर्ने हो ...
उपकुलपति डा गिरीको पाँच वर्षे कार्यकाल : कर्मचारीको वृत्तिविकासदेखि सेवा स्तरोन्नति

उपकुलपति डा गिरीको पाँच वर्षे कार्यकाल : कर्मचारीको वृत्तिविकासदेखि सेवा स्तरोन्नति

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, २६ चैत : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरी पाँचवर्षे कार्यकाल पूरा गरी आजदेखि जिम्मेवारीबाट बिदा हुँदै हुनुहुन्छ । आफ्नो कार्यकालमा विभिन्न उतारचढावका बाबजुद प्रतिष्ठानमा सेवा स्तरोन्नति र सुदृढीकरण, लामो समयदेखि हुन नसकेको कर्मचारीको वृत्तिविकास र आर्थिक समस्यालाई हल गर्न सफल भएको उहाँले बताउनुभयो । उपकुलपतिका रुपमा डा गिरी २०७६ चैत २७ गते नियुक्त हुनुभएको थियो । नियुक्तिअघिदेखि नै प्रतिष्ठानले चिकित्सा शिक्षा आयोगको नियमावली र त्यसअनुसार विभिन्न विधाहरुमा पढ्ने विदेशी विद्यार्थीको सङ्ख्यामा भारी कटौतीका कारण आर्थिक समस्या खेप्दै आइरहेको उल्लेख गर्दै उपकुलपति डा गिरीले लामो प्रयासका बाबजुद त्यसलाई समाधान गर्न सफल भएको बताउनुभयो । प्रतिष्ठानको मुख्य आयस्रोत नागरिकलाई उपचार दिएबापतको रकम नभई दक्ष जनशक्ति उत्पादन गरेब...