Thursday, April 30News That Matters

शिक्षा

छ वर्षपछि उत्तर कोरियाको पहिलो प्योङयाङ म्याराथनमा विदेशीहरूको सहभागिता

छ वर्षपछि उत्तर कोरियाको पहिलो प्योङयाङ म्याराथनमा विदेशीहरूको सहभागिता

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार
उत्तर कोरियाले आइतबार छ वर्षमा पहिलो प्योङयाङ अन्तर्राष्ट्रिय म्याराथन आयोजना गरेको छ । दौडमा सयौँ धावक राजधानीको सडकमा उत्रिए र नागरिकहरूले उनीहरूलाई हौसला दिए । सन् १९१२ मा जन्मेका उत्तर कोरियाका संस्थापक नेता किम इल सुङको जन्मोत्सव मनाउन आयोजित दौड प्रतियोगिता अघि विदेशी खेलाडीहरू सहरमा आइपुगेका थिए । एएफपीका तस्बिरहरूमा किम इल सुङ स्टेडियममा विदेशी धावकहरूले सुरुको रेखा पार गरेको देखाइएको छ, केहीले आफ्नो फोनमा फोटो खिचेका छन् भने उत्तर कोरियाली दर्शकहरूले उनीहरूलाई हौसला दिइरहेका थिए । अर्को तस्बिरमा उत्तर कोरियाली कुलीन र विदेशी धावकहरूले प्योङयाङको सडकमा प्रतिस्पर्धा गरेको देखाइएको छ, जसमा नागरिकहरू लामबद्ध भएर हर्षोल्लास गरिरहेका देखिन्छन् । अर्को फोटोमा उत्तर कोरियाली दर्शकहरू स्ट्यान्डमा लाठीहरू लिएर हौसला दिइरहेको देखिएका छन...
वनबाट पतिङ्गर सङ्कलन गर्नेलाई नगद पुरस्कार

वनबाट पतिङ्गर सङ्कलन गर्नेलाई नगद पुरस्कार

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
गोरखा, २४ चैतः देशैभर वन जङ्गलमा डढेलो लागिरहेका घटना सार्वजनिक भइरहेका बेला गोरखाको भीमसेनथापा गाउँपालिकाले भने डढेलो नियन्त्रणका लागि ‘पातपतिङ्गर सङ्कलन’ कार्यक्रम लागू गरेको छ । कार्यक्रमअन्तर्गत पालिकाले पतिङ्गर सङ्कलन गरेबापत नगद पुरस्कार दिने घोषणा गरेको छ । पालिकाभित्रका सामुदायिक वनबाट पातपतिङ्गर सङ्कलन गर्नेलाई प्रतिकेजी रु दुईका दरले नगद उपलब्ध गराउने निर्णय भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार व्यक्ति तथा समूहले सम्बन्धित सामुदायिक वन उपभोक्ता समिति तथा वडा कार्यालयसँग समन्वय गरेर पतिङ्गर सङ्कलन गर्न पाउने छन् । गाउँपालिकाभित्र डढेलो लगाउने कार्य निरुत्साहन तथा वन डढेलो नियन्त्रण गर्ने उद्देश्यसहित कार्यक्रम लागू गरिएको अधिकारीले जानकारी दिनुभयो । “सङ्कलित पातपतिङ्गर प्राङ्गरिक मल बनाउन प्रयोग हुन्छ...
नेपाल–चीन सांस्कृतिक आदानप्रदान तथा पर्यटन प्रवर्द्धन कार्यक्रम आगामी वैशाखमा

नेपाल–चीन सांस्कृतिक आदानप्रदान तथा पर्यटन प्रवर्द्धन कार्यक्रम आगामी वैशाखमा

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, २४ चैतः चीनको गुइलिनमा आगामी वैशाखमा नेपाल–चीन सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना हुने भएको छ । चीनस्थित गुइलिन मर्चेन्टस इन्टरनेशनल ट्राभल सर्भिस, गुइलिन पर्यटन विश्वविद्यालय र गुइलिन इग्लिस कर्नर स्कुलसँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कम्पनीका अध्यक्ष सत्यकला तामाङ लामाले नेपाली कलाकार, पर्यटन व्यवसायी, उद्यमी तथा व्यापारी, सरकारी प्रतिनिधिलगायत सहभागी हुने जानकारी दिनुभयो । “आगामी वैशाख २८ गते चीनको गुइलिनमा दुईदेशीय सांस्कृतिक आदानप्रदान तथा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिनेछ । यसले द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउनुका साथै पर्यटन क्षेत्रमा सहकार्य बढ्ने विश्वास लिएका छौँ”, अध्यक्ष तामाङले भन्नुभयो । कार्यक्रममा नेपाल र चीनका मौलिक गीत, नृत्...
नारायणगढ–बुटवल सड्क : दाउन्नेमा आवागमन बन्द गरेर काम गरिने

नारायणगढ–बुटवल सड्क : दाउन्नेमा आवागमन बन्द गरेर काम गरिने

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
मध्यविन्दु (नवलपरासी), २४ चैत : नारायणगढ–बुटवल सडकखण्डअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि सवारी आवागमन बन्द गरिने भएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिमका सरोकारवालाको शनिबार दाउन्नेमा बसेको बैठकले उक्त निर्णय गरेको हो । दाउन्ने क्षेत्रमा यही चैत २७ गतेदेखि चैत ३१ गतेसम्म बिहान ११ः०० देखि दिउँसो ३ः०० बजेसम्म तथा २०८२ वैशाख १ गतेदेखि वैशाख १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गर्ने निर्णय गरिएको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो । “दाउन्ने खण्डमा आवश्यक मर्मतसम्भार गरी यातायातलाई सहज ढङ्गले सञ्चालन गर्न र सो खण्डमा भित्तातर्फ कटिङ गर्न बाँकी रहेको कामलाई वर्षाअगावै सम्पन्न गर्न दैनिक केही घण्टा आवागमन बन्द गरेर काम गर्ने निर्णय गरिएको छ”, उहाँले भन्नुभ...
गाजामा इजरायली हमलामा अधिकांश महिला र बालबालिकासहित १५ जनाको मृत्यु

गाजामा इजरायली हमलामा अधिकांश महिला र बालबालिकासहित १५ जनाको मृत्यु

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती
देइर अल–बलाह (गाजा पट्टी), २४ चैत , स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार इजरायली आक्रमणमा गाजा पट्टीमा राति र आइतबारसम्म १० महिला र बालबालिकासहित कम्तीमा १५ जनाको ज्यान गएको छ । इजरायलले हमाससँगको युद्धविरामको अन्त्य गरी गत महिना आफ्नो हवाई र भूमि युद्ध फेरि सुरु गरेको थियो । उसले लडाकुहरूलाई युद्धविराम र बन्धक मुक्तिका लागि नयाँ सम्झौता स्वीकार गर्न दबाब दिनका लागि आक्रमणको लहर र क्षेत्र कब्जा गरेको छ । साथै खाद्यान्न, इन्धन र मानवीय सहायताको आयातमा पनि रोक लगाएको छ । नासर अस्पतालका अनुसार पछिल्लो आक्रमणले दक्षिणी सहर खान युनिसमा एउटा पाल र एउटा घरमा प्रहार गरेको थियो । उक्त हमलामा पाँच पुरुष, पाँच महिला र पाँच बालबालिकाको मृत्यु भएको छ । सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको लडाकूहरूले इजरायलमा आक्रमण गर्दा करिब एक हजार दुई सय मानिसका मृत्यु भएको...
आम चुनावअघि नै कांग्रेसको महाधिवेशन हुन्छ : महामन्त्री थापा

आम चुनावअघि नै कांग्रेसको महाधिवेशन हुन्छ : महामन्त्री थापा

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
तुलसीपुर, २४ चैत : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालको चुनावअघि नै पार्टीको महाधिवेशन हुने बताउनुभएको छ । नेपाल थारु सङ¬्घको आज तुलसीपुरमा भएको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले विधानबमोजिम समयमै पार्टीको महाधिवेशन हुने बताउनुभयो । “संविधान, कानुन र पार्टीको विधानअनुसार नै २०८४ सालको चुनावभन्दा अघि नै पार्टीको महाधिवेशन हुन्छ”, उहाँले भन्नुभयो, “कसैले चुनाव पछि हुन्छ भन्यो भने त्यो विधिविपरीत, संविधान र कानुनविपरीत हुन्छ ।” महामन्त्री थापाले २०८४ सालको आम चुनावमा पार्टी एक्लै चुनाव लड्ने बताउनुभयो । विगतजस्तो कुुनै पार्टीसँग पनि गठबन्धन नगर्ने उहाँको भनाइ थियो । उहाँले पार्टीको विधान परिवर्तन गरी कुनै पनि उम्मेदवार सम्बन्धित जिल्लाले नै तोक्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । “नेत...
मुख्यमन्त्रीकप राष्ट्रिय भलिबलः बाग्मतीलाई सोझो सेटमा हराउँदै कोशीको विजयी सुरुआत

मुख्यमन्त्रीकप राष्ट्रिय भलिबलः बाग्मतीलाई सोझो सेटमा हराउँदै कोशीको विजयी सुरुआत

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
टक्सार (भोजपुर), २४ चैतः भोजपुर सदरमुकाममा सुरु मुख्यमन्त्रीकप राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत भएको पहिलो खेलमा बाग्मती प्रदेशलाई सोझो सेटमा पराजित गर्दै कोशी प्रदेशले विजयी सुरुआत गरेको छ । भोजपुर नगरपालिका–७ कोदारस्थित रङ्गशालामा आयोजित खेलमा बाग्मतीलाई लगातार तीन सेटमा हराउँदै एकतर्फी रूपमा कोशीले कब्जा जमाएको थियो । सोमबारको दोस्रो खेल सुदूरपश्चिम र लुम्बिनी प्रदेशका बीच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको आजै कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा मधेस र कर्णाली प्रदेशबाहेक कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिता यही चैत २८ गतेसम्म सञ्चालन हुनेछ । जिल्ला भलिबल सङ्घको आयोजना तथा कोशी प्रदेश सरकारको मुख्य प्रायोजनमा प्रतियोगिता सुरु भएको आयोजक...
राससका पूर्व प्रमुख समाचारदाता रिसालको निधन

राससका पूर्व प्रमुख समाचारदाता रिसालको निधन

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, २४ चैत : राष्ट्रिय समाचार समिति (रासस) का पूर्व प्रमुख समाचारदाता भैरव रिसालको निधन भएको छ । उहाँको केहीबेर अघि ९७ वर्षको उमेरमा निधन भएको हो । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहनुभएका वरिष्ठ पत्रकार रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँका भाइ पुरु रिसालले जानकारी दिनुभयो । उहाँको जन्म १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो । वरिष्ठ पत्रकार रिसालले यसअघि नै मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गर्नुभएको थियो । वरिष्ठ पत्रकार रिसालले मानवअधिकारसम्बन्धी, जगदम्बा श्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँले रेडियो सगरमाथामा लामो समय ‘उहिले बाजेका पालामा’ रेडियो शृङ्खला सञ्चालन गर्नुभएको थियो । वामपन्थी विचारधारा बोक्ने रिसाल २०४८ सालको आमनिर्वाचनमा न...
सूर्यविनायक–धुलिखेल सडकको काम समयमै सकिँदैनः आयोजना

सूर्यविनायक–धुलिखेल सडकको काम समयमै सकिँदैनः आयोजना

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
काभ्रेपलाञ्चोक, २३ चैतः अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तारको काम समयमै नसकिने भएको छ । सडक विभागअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक आयोजनाले बाँकी करिब आठ महिनाको अवधिमा विस्तारको काम नसकिने जनाएको हो । विसं २०७९ पुस २४ बाट सुरु गरिएको १६ किलोमिटर लम्बाइको सो सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । उक्त सडकखण्ड सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरी सोही अनुसार ठेक्का सम्झौता भई विस्तार भइरहेको छ । हाल दुई खण्डको विस्तारको काम ४० प्रतिशतको हाराहारीमा भएको आयोजनाले जनाएको छ । “निर्धारित समयभित्र विस्तारको काम सकिँदैन, केही महिना समय थप्नुपर्ने हुन्छ,” आयोजनाका सिनियर डिभिजनल इन्जिनियर एवं सूचना अधिकारी सजना अधिकारीले भन्नुभयो । उहाँले विविध कारण आयोजनाक...
ह्विलचियरमा बसेर नौमती बाजा बजाउँदै

ह्विलचियरमा बसेर नौमती बाजा बजाउँदै

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
गलकोट (बागलुङ), २३ चैतः चैतेदसैँको अवसरमा कालिका मन्दिर पुग्ने जङ्गलको बीच भागमा नौ जनाले नौमती बाजा बजाएर घरखर्चको जोहो गरिरहनुभएको छ । पोखरा आसपासको क्षेत्रमा बसोबास गर्ने उहाँहरूले शुक्रबारदेखि कालिका मन्दिर परिसरमा नौमती बाजा बजाएर घरखर्चको जोहो गरिरहनुभएको हो । नौमध्ये दुई जना मात्रै सबालाङ्ग हुनुहुन्छ । उहाँहरूको समूहमा दुई महिला र सात जना पुरुष सहभागी हुनुहुन्छ । बागलुङको कालिका मन्दिर दर्शनका लागि कालिका बालउद्यानबाट मन्दिरतर्फ जाने बाटोमा ह्विलचियरमा बसेर बाजा बजाएको दृश्यले सबैलाई आकर्षित गर्दछ । नौमती बजाउनेमध्ये सात जना शारीरिक रूपमा अशक्त रहेको ध्रुव नेपालीले बताउनुभयो । ह्विलचियरमा बसेर नौमती बाजा बजाउन सिकेको उल्लेख गर्दै यो सीपले जीविकोपार्जनमा सहज भएको बाजा बजाउँदै उहाँले जानकारी दिनुभयो । “अपाङ्गता भएकाहरू एकजुट भएर ...