Monday, April 27News That Matters

समाचार

‘जहाँ मध्यरातमा चिच्याएर वर मागिन्छ’

‘जहाँ मध्यरातमा चिच्याएर वर मागिन्छ’

समाचार
गलकोट (बागलुङ), २३ जेठः सत्यवती बर्जु मन्दिरलाई धेरैले चिच्याएर वर माग्ने ‘बहिरी देवी’ रुपमा चिन्छन् । बर्जु कान सुन्नुहुन्न, उहाँ बहिरी हुनुहुन्छ, त्यसैले उहाँलाई सुनाउन चिच्याउनुपर्छ । जति सकिन्छ त्यति चर्काे चिच्याउने हो त्यही पनि मध्यरातमा । बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौरको साग्दीमा पर्ने सत्यवती बर्जु मन्दिरमा चिच्याएर वर मागे मात्र पूरा हुन्छ भन्ने आस्था र मान्यता छ । मागेको पुग्ने साक्षात् देवीको स्वरुपको धार्मिक शक्तिपीठको रुपमा साग्दी सत्यवती बर्जु मन्दिर चर्चित छ । यहाँ दैनिक धार्मिक मात्र होइन, अन्य पर्यटक पनि पुग्छन् । विशेष पूजाको समयमा एकै दिन एक लाखभन्दा बढी दर्शनार्थी मन्दिर पुग्छन् । भिरमा अडिएको चट्याङमा बसेकी सत्यवती बर्जुको दर्शन र पूजाआजामा भक्तजनलाई असहज भएपछि गाउँपालिका र प्रदेश सरकारको समेत सहयोगमा विभिन्न संरचना निर्माण गरिएको छ । साग्दी सत्यवती बर्जु म...
‘राइड सेयरिङलाई व्यवस्थित बनाऔं, कुन चढ्ने व्यक्तिगत अधिकार हो’

‘राइड सेयरिङलाई व्यवस्थित बनाऔं, कुन चढ्ने व्यक्तिगत अधिकार हो’

समाचार
२० जेठ, काठमाडौं । सांसदहरूले राइड सेयरिङलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसदहरूले राइड सेयरिङलाई व्यवस्थित बनाएर अघि बढ्न सरकारलाई दबाब दिएका हुन् । उनीहरूले निश्चित कानुन बनाएर व्यवस्थित गर्ने कुरामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आवश्यक काम गर्न सुझाव दिए । सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत हुनेगरी संघीय ऐनसँग बाझिने सातै प्रदेश सरकारहरूले ल्याउने तयारी गरेको र गण्डकी प्रदेश सरकारले मिति २०८२ जेठ १ गते राजपत्रमा प्रकाशित गरी निजी सवारीसाधन (रातो प्लेट) सञ्चालन गर्न ल्याएको नियमावली २०८२ दफा २ को (ज) तत्काल खारेजीको माग गर्दै उनीहरूले आन्दोलन गर्दै आएका छन् । बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सिन्डिकेट अन्त्य गर्ने भनेर लागिरहँदा पुनः स...

अपाङ्गता ऐन कार्यान्वनका लागि पहल गर्ने

समाचार
काठमाडौँ, २० जेठः प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४’ कार्यान्वयनका निम्ति पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । दलित अपाङ्गता भएका व्यक्तिहरुको सङ्घ, नेपाल (डिडान) ले आज यहाँ आयोजना गरेको ‘तेस्रो विश्व अपाङ्गता शिखर सम्मेलन–२०२५, त्यसका सिकाइ र आगामी बाटो’ विषयक सरोकारवाला निकायसँगको सिकाइ आदान–प्रदान कार्यक्रममा उहाँले संविधान बमोजिम अब बन्ने ऐन÷कानुन र नीतिहरु अपाङ्गतामैत्री बनाउन आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सभापति सुवेदीले भन्नुभयो, “नेपालमा हालसम्म सातवटा संविधान बनेका छन्, तर वर्तमान संविधानले महिला, जनजाति, मधेशी र अपाङ्गता भएका व्यक्तिलगायत सबै वर्ग र क्षेत्रको अधिकार सुनिश्चित गरेको छ । संवैधानिक अधिकार कार्यान्वयनका निम्ति सबैभन्दा बढी सम्बन्धित समुदाय न...
प्रधानमन्त्री ओली नारच्याङमा

प्रधानमन्त्री ओली नारच्याङमा

समाचार
म्याग्दी, २० जेठ प्रधानमन्त्री केपी शर्मा ओली आज म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–४ नारच्याङ आउनुभएको छ । अन्नपूर्ण हिमाल आरोहण भएको ७५आँै वार्षिकोत्सवका अवसरमा अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उहाँ यहाँ आउनुभएको हो । सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोगले पहिलोपटक आठ हजार ९१ मिटर अग्लो अन्नपूूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा आज हीरक महोत्सव आयोजना गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । महोत्सवका अवसरमा प्रधानमन्त्री ओलीले अन्नपूर्ण आधार शिविरमा पदमार्ग, खुल्ला सङ्ग्रहालय उद्घाटन र आरोहीहरुको सालिक अनावरण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीका साथमा संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, ऊर्जा, सिँचाइ तथा जलस्रोत राज्यमन्त्री खमबहादुर गर्बुजालगायत रहनुभएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ...
महाकालीको माछा बेचेर जीविका चलाउँदै

महाकालीको माछा बेचेर जीविका चलाउँदै

समाचार
कञ्चनपुर, १९ जेठः भीमदत्त नगरपालिका–१८ कटानकी इन्दु राई माछा मार्न बिहान झिसमिसेमै महाकाली नदी धाउनुहुन्छ । महाकालीबाट माछा मारेर बिक्री गरी उहाँको परिवारको जीविका चलेको छ । डेढ दशकदेखि राईले महाकाली नदीमा माछा मार्दै आउनुभएको छ । माछा मार्न जाँदा राईले खाना पनि साथमै बोकेर जाने गरेको बताउनुभयो । उहाँले दैनिक पाँच किलोदेखि १० किलोसम्म माछा मार्नुहुन्छ । त्यही माछा झलारी, महेन्द्रनगर, दैजीलगायतका स्थानीय बजारमा लगेर उहाँले बिक्री गर्नुहुन्छ । “ताजा माछाको माग बढी हुन्छ,” राईले भन्नुभयो, “ग्राहकलाई पु¥याउनै सक्दैनौँ ।” सानो माछा प्रतिकिलो रु २५० र ठूलो माछा रु ३०० मा बिक्री हुन्छ । उहाँको माछा मार्ने तरिका भने भिन्दै छ । खाना खाने थालीमा कपडा बेरेर बीचमा प्वाल पारी त्यसमा अतिकति पीठो राख्नु हुन्छ । माछा पीठो खानका लागि भित्र छिरेपछि समातेर भाँडामा राख्नुहुन्छ । नदीमा ढुङ्गा हुने भएका...
विपद् व्यवस्थापनका लागि चौबिसै घण्टा तयार रहन गृहमन्त्री लेखकको निर्देशन

विपद् व्यवस्थापनका लागि चौबिसै घण्टा तयार रहन गृहमन्त्री लेखकको निर्देशन

समाचार
काठमाडौँ, १९ जेठः गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्को पूर्वसूचनाअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीका सम्बन्धित युनिटलाई तत्काल परिचालन गर्न निर्देशन दिनुभएको छ । सशस्त्र प्रहरी बल नेपालले गरेको विपद् पूर्वतयारीबारे आज जानकारी लिँदै उहाँले मनसुन सुरु नहुँदै तयारी अवस्थामा बस्न निर्देशन दिनुभयो । गृहमन्त्री लेखकले भन्नुभयो,“विपद् व्यवस्थापनको जिम्मेवारी सशस्त्र प्रहरीलाई तोकिएको छ, त्यसैले आजैदेखि मनसुनजन्य विपद्को तयारीमा लाग्नुहोस् ।पूर्वानुमान र पूर्वानुमान बेगर हुने विपद्का लागि तयार रहनुस् । जोखिमयुक्त बस्तीमा समयमा सूचना दिने र विपद्पश्चात् तत्काल उद्धार गरेर सुरक्षित ठाउँमा पु¥याउने अवस्था बनाउने गरी तयारी गर्न आवश्यक छ ।” गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बललाई विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा काम गर्न सुझाउँदै राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्...
नेवार समुदायमा ‘सिथि नखः’ पर्व आज उल्लासपूर्वक मनाइँदै

नेवार समुदायमा ‘सिथि नखः’ पर्व आज उल्लासपूर्वक मनाइँदै

समाचार
२०८२ जेष्ठ १९, काठमाडौं, नेपाल नेवार समुदायले आज परम्परागत रूपले सिथि नखः पर्व मनाइरहेका छन्। यस पर्वमा घर, आँगन र टोल सफा गर्ने, विशेष परिकारहरू पकाउने तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने चलन छ। काठमाडौं उपत्यकाका विभिन्न नेवारी बस्तीहरूमा आज बिहानैदेखि उत्सवको माहोल देखिएको छ सिथि नखः, नेवार समुदायको एक प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व हो, जुन प्रत्येक वर्ष जेष्ठ शुक्ल षष्ठीका दिन मनाइन्छ। यो पर्व खासगरी कृषि याम सुरु हुनु अघि भूमिलाई शुद्ध पार्न र वातावरण सफा राख्न मनाइन्छ। यस दिन घरको छत, आँगन, इनार, धारा र कुलो सफा गरिन्छ। परम्परागत रूपमा यसलाई "पृथ्वी पूजा" पनि भनिन्छ। यसका साथै, नेवार समुदायले विशेष परिकार "wo" (वा: – मस्यौरा जस्तो परिकार) र "chatamari" बनाउने चलन छ। यसले पारिवारिक एकता र सांस्कृतिक सम्पदालाई झल्काउँछ। कसैकसैले यस दिन स्थानीय टोलहरूमा धार्मिक नाचगान, सांस...
गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचित : प्रधानमन्त्री

गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचित : प्रधानमन्त्री

समाचार
काठमाडौँ, १७ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु निराधार र अनुचित भएको बताउनुभएको छ । कान्तिपुर मिडिया ग्रुपद्वारा आज आयोजित ‘हाफ म्याराथन’को शुभारम्भपछिको छलफलमा प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि कुनै आरोप नलागेको र कुनै निकायले छानबिन नगरेको अवस्थामा प्रतिपक्षी दलले असम्भव माग राखेर सदन अवरोध गर्न नहुने बताउनुभयो । “म प्रतिपक्षको बोल्ने र माग राख्न पाउने अधिकारको सम्मान गर्छु तर माग राख्दा वा विरोध गर्दा आधार चाहीँ चाहिन्छ । गृह मन्त्रालय मातहत धेरै कर्मचारी छन् । एउटा कर्मचारीलाई अख्तियारले बोलायो । बयान लिएको सुनेको छैन । प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नुपर्दैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “पोहोर तत्कालीन गृहमन्त्रीक...
बजेटमा समावेश भएसँगै दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना अघि बढ्ने विश्वास

बजेटमा समावेश भएसँगै दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना अघि बढ्ने विश्वास

समाचार
खोटाङ, १७ जेठ : खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने रभुँवाघाटस्थित दूधकोशीबाट उत्पादन गर्न लागिएको ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना अघि बढ्ने भएको छ । बजेट अभावले मुआब्जा निर्धारण रोकिएको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनालाई नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट समावेश गरेपछि आयोजनाको काम अघि बढ्ने विश्वास गरिएको हो । दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनालाई नेपाल सरकारले प्राथमिकताका साथ अगाडि बढाउनेगरी सरकारले यही जेठ–१५ गते प्रस्तुत गरेको बजेटमा समावेश गरेको हो । एमाले नेता विशाल भट्टराईले भन्नुभयो, “दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनामा मुआब्जाका लागि पटक–पटक छलफल भए पनि बजेट अभावका कारण निर्धारण हुन सकेको थिएन । यो पटक सरकारले बजेटमा आयोजनालाई समावेश गरेको छ । अब मुआब्जा निर्धारण गरेर जग्गाधनीलाई वितरण गर्नेगरी काम अघि बढ्छ । यो जिल्लावासीको लागि खुस...
सन्दर्भ विश्व धूम्र्रपानरहित दिवस : धूम्र्रपानको लतले बिगारेको शारीरिक र मुख स्वास्थ्य

सन्दर्भ विश्व धूम्र्रपानरहित दिवस : धूम्र्रपानको लतले बिगारेको शारीरिक र मुख स्वास्थ्य

समाचार
काठमाडौँ, १७ जेठः विश्व स्वास्थ्य सङ्गठनले केही वर्षअघि गरेको सर्वेक्षणमा मुलुकको ७२ प्रतिशत घरमा न्यूनतम एक व्यक्ति धूम्र्रपान गर्ने गरेको पाइएको छ । यसमा १२ प्रतिशत व्यक्ति १० वर्षको उमेर नपुग्दै सुर्तीजन्य वस्तुको सेवन सुरु गर्ने गरेका छन् । विश्वका विभिन्न देशमध्ये नेपाल धूम्र्रपान सेवन गर्नेमा अग्रस्थानमा छ । नेपालमा ७३ प्रतिशत व्यक्तिले सुर्तीजन्य पदार्थको कुनै न कुनै रूपको सेवन गर्ने गरेको तथा कम्तीमा एक पटक अनुभव गरेका पुगनपुग ९० प्रतिशत भएको एक अर्को अध्ययनले देखाएको छ । अरु त अरु २५ प्रतिशत शहरी क्षेत्रका गर्भवतीले पनि धूम्र्रपान गरेको पाइन्छ । ७७ प्रतिशत भन्दा बढी महिला, ८९ प्रतिशत भन्दा बढी पुरुषद्वारा कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थको प्रत्यक्ष वा अप्रत्यक्षरूपमा सेवन गर्ने गरेको अनुमान छ मेरो दुई हजार १३९ विभिन्न कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविरमा आएकाको मुख परीक्षण ...