स्थानीय कृषिउपज र पर्यटन प्रवर्द्धनका लागि तनहुँ महोत्सव
Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
डुम्रे (तनहुँ), २४ पुसः ‘तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार’ भन्ने मूल नाराका साथ नवौँ तनहुँ कृषि पर्यटन तथा प्रविधि महोत्सव गरिने भएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाइको सहआयोजनामा यही पुस २५ गतेदेखि माघ ७ गतेसम्म व्यास नगरपालिका–३ बिपी वनबाटिकामा नवौँ तनहुँ महोत्सव गरिने भएको हो ।
महोत्सवमा कृषिउपज प्रवद्र्धनलाई पहिलो प्राथमिकता दिइएको आयोजकले जनाएको छ । किसानको उत्पादन बिक्री नहुने, सस्तोमा बेच्नुपर्नेलगायत समस्याले गर्दा जमिन बाँझिनेक्रम बढेकाले पेसा संरक्षण गर्न कृषिलाई पहिलो प्राथमिकता दिइएको तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक वैकुण्ठनाथ मिश्रले जानकारी दिनुभयो ।
“विचौलीयाका माध्यमबाट सस्तोमा बेच्नुुपर्दा लागत मूल्य नउठेर किसान पलायन हुने अवस...



