‘सम्भावनालाई सम्भव बनाउन नीति बदलौँ, लगानी बढाऔँ’
Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
डडेल्धुरा, १६ पुसः सङ्घीयता कार्यान्वयनमा आएपछि स्थानीय तहबाट शासन हुन थालेको सात वर्षभन्दा बढी समय बितिसकेको छ । शासनका लाभहरूको समन्यायिक वितरणका लागि देशमा तीन तहका सरकार छन् ।
तीनै तहका सरकारले आआफ्नो क्षेत्राधिकारमा रहेर काम गरिरहेका भए पनि विगतमा पछाडि परेका सुदूरपश्चिमजस्ता क्षेत्रलाई लक्षित गरी विशेष नीति अङ्गीकार नगर्दा सङ्घीयताबाट बढी लाभ लिने अवस्था अझै बन्न नसकेको सरोकार भएकाहरूको भनाइ छ ।
डडेल्धुराको पर्शुराम नगरपालिकाको आयोजनामा सोमबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेशका स्थानीय तह प्रमुखहरूको पहिलो सम्मेलन (मेयर सम्मेलन २०८१) को उद्घाटन समारोहमा सहभागी वक्ताले सो कुरा बताएका हुन् ।
विभिन्न विषयमाथिको विमर्शका क्रममा वक्ताहरूले सामाजिक, आर्थिक, स्रोतको उपलब्धता र भौगोलिकलगायत विविधतालाई सम्बोधन गर्न समानुपातिक विकासका निम्ती सङ्घीयता ल...










