Tuesday, April 21News That Matters

समाचार

राष्ट्रिय सभाको बैठक आज बस्दै, विधेयक पनि पेस गरिने ।।

राष्ट्रिय सभाको बैठक आज बस्दै, विधेयक पनि पेस गरिने ।।

Breaking News, राजनीति, समाचार
१३ माघ काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले चलचित्र विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।...
आईसीसी महिला टि-२० विश्वकप ग्लोबल छनोट बाट बाहिरियो नेपाल ।।

आईसीसी महिला टि-२० विश्वकप ग्लोबल छनोट बाट बाहिरियो नेपाल ।।

Breaking News, खेलकुद, समाचार
। १२ माघ काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटबाट नेपाल बाहिरिएको छ । र्कीतिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग ७२ रनले पराजित हुँदै प्रतियोगिताबाट बहिरिएको हो । जितका लागि १४१ रनको लक्ष्य पछ्याएको नेपालले १३ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ६८ रनमा समेटियो । नेपालका लागि रोमा थापाले अविजित १४ रन बनाइन् । त्यस्तै विन्दु रावलले १४ तथा रुविना क्षेत्रीले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । स्कटल्यान्डका लागि अब्ताहा मकसुदले सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै क्याथरिन फ्रेजर र कप्तान क्याथरिन ब्राइसले समान दुई–दुई विकेट लिए । यसैगरी राहेल स्लेटर र ओलिभिया बेलले समान एक एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गु...
विधालय बसको ठक्करबाट बालिकाको मृत्यु ।।

विधालय बसको ठक्करबाट बालिकाको मृत्यु ।।

Breaking News, समाचार
१२ माघ काठमाडौं । नवलपरासी बर्दघाटको देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु भएको छ । नेपाल नमूना मावि केउरेनीको लु १ क ३८१४ नम्बरको बसले ठक्कर दिँदा सोही विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत चार वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए । विद्यालय हाताभित्र बस घुमाउने क्रममा बारा जिल्ला कलैया नगरपालिका–६ स्थायी घर भई हाल देवचुली नगरपालिका १४ छत्तिसघरे बस्ने बिबु पासवानको चार वर्षीय छोरी सुश्माकुमारी पासवान गम्भीर घाइते भएकी थिइन् । घाइते बालिकालाई उपचारका लागि देवचुली नगर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...
सलमान अली आगाको कप्तानमा टी-२० विश्वकपका लागि पाकिस्तानको टोली घोषणा ।।

सलमान अली आगाको कप्तानमा टी-२० विश्वकपका लागि पाकिस्तानको टोली घोषणा ।।

Breaking News, खेलकुद, समाचार
११ माघ काठमाडौँ ।। पाकिस्तानले सलमान अली आगा को कप्तानमा टी-२० विश्वकपको टोली घोषणा गरिएको छ। बंगलादेशको समर्थनमा टी-२० विश्वकप नखेलने आशय देखाए पनि पाकिस्तान क्रिकेट (पीसीबी) ले आइतबार आफ्नो टोली घोषणा गरेको छ। लाहोरस्थित गद्दाफी स्टेडियममा पीसीबीका उच्च प्रदर्शन निर्देशक तथा पुरुष छनोट समितिका सद आकिब जावेद, पाकिस्तानका टी-२० कप्तान सलमान अली आगा र सेतो बलका मुख्य प्रशिक्षक माइव जेम्स हेसनले १५ सदस्यीय टोलीको घोषणा गरेका हुन्। सलमान अली आगालाई कप्तान बनाइएको छ । बाबर आजम, फखर जमान र शाहीन शाह अफ्रिदीज सिनियर खेलाडीहरूलाई पनि टोलीमा समावेश गरिएको छ । पाकिस्तानी टोलीले आफ्नो पहिलो खेल फेब्रुअरी ७ मा कोलम्बोमा नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ। एक दिनअधि बंगलादेश बाहिरिएपछि पीसीबी प्रमुख मोहसिन नकवीले पाकिस्तानी सरकारले निर्देशन दिएमा पाकिस्तानी टोली पनि विश्वकप नखेलने बताएका थिए । ...
बदलिएको समय, नबदलिएको कर्मचारी संयन्त्र–१ ः सरकारी कर्मचारी, लुटतन्त्रको सारथी

बदलिएको समय, नबदलिएको कर्मचारी संयन्त्र–१ ः सरकारी कर्मचारी, लुटतन्त्रको सारथी

Breaking News, Breaking News 1, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, विचार, शिक्षा, समाचार
काठमाडौं ः पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जना पूर्वमन्त्री र १० जना सचिवसहित ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा मुद्दा दर्ता गर्यो। ८ अर्ब बिगो दाबी गरिएको यस मुद्दामा मन्त्रीहरू डा. रामशरण महत, पोस्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपक अमात्यलाई मात्र होइन, ठूलो सङ्ख्यामा कर्मचारीहरू समेत प्रतिवादी बनेका छन्। प्रतिवादी बन्ने सचिवहरूमा सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमन प्रसाद शर्मा, भेषराज शर्मा, रञ्जनकृष्ण अर्याल, मोहन कृष्ण सापकोटा, सुरेश आचार्य, मधुकुमार मरासिनी लगायतका उच्च पदस्थ कर्मचारीहरू रहेका छन्। नागरिक उड्डयनका पूर्व महानिर्देशकहरू र वर्तमान महानिर्देशक प्रदीप अधिकारीमाथि पनि भ्रष्टाचारको अभियोग लागेको छ। संगठित भ्रष्टाचारको जालो अख्तियारले मुद्दा लगाउँदैमा कोही भ्रष्टाचारी भइहाल्द...

सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

Breaking News, Breaking News 1, अन्तर्राष्ट्रिय, अर्थ, पर्यटक, फिचर, मनोरञ्जन, समाचार
काठमाडौँ गत असोज ३१ गतेदेखि प्रदर्शनरत नेपाली चलचित्र ‘जेरी अन टप’ २०८२ सालमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बनेको छ । यस वर्ष प्रदर्शनमा आएका चलचित्रमध्ये ‘जेरी अन टप’ गत शनिबारसम्म रु ११ करोड ७१ लख ४१ हजार ४९८ कमाइ (ग्रस कलेक्सन) गरेको चलचित्र विकास बोर्डअन्तर्गतको ‘बक्सअफिस सिनेपा’ ले जनाएको छ । बोर्डले सोमबार चलचित्रको व्यावसायिक तथ्याङ्क सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । उक्त चलचित्रका निर्माता सरोज न्यौपानेले दर्शकबाट प्राप्त साथ र मायाको आफू सदैव आभारी रहने बताएका छन् । भने, “चलचित्र ‘जेरी अन टप’ प्रदर्शनरत भएकाले आगामी दिनमा यसको व्यावसायिक आँकडा बढ्ने निश्चित छ । हामीलाई वितरकले दिनुभएको व्यावसायिक तथ्याङ्क भने चलचित्र विकास बोर्डको भन्दा बढी छ । यद्यपि, सगरमाथाको विषयमा बनेको चलचित्रले घरेलुसँगै प्रवासको बजारमा दर्शकको राम्रो साथ पाउनु हामी सबैका लागि खुसीको खबर हो ।” ...

जावलाखेलमा स्कुटरले ठक्कर दिएर ११ लाखको सिक्री लुटपाट, दुई पक्राउ

Breaking News, राजनीति, समाचार
ललितपुर । ललितपुर जावलाखेलस्थित चिडियाखाना नजिकै भीमकुमारी सिर्पालीलाई स्कुटर चालकले ठक्कर दिएपछि लुटपाट भएको छ। बागलुङको बुर्तिवाङ घर भएकी ३७ वर्षीया सिर्पाली काठमाडौँ–१४ बस्ने र बा.५२ प १३९२ नम्बरको स्कुटरमा सवार थिइन्। घटनामा चार युवकहरू दुईवटा स्कुटरमा सवार भएर उनको गलाबाट करिब ११ लाख मूल्यको सिक्री लुटेर फरार भएका थिए। जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीका अनुसार, असोज ५ मा भएको उक्त लुटमा संलग्न दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–७ घर भएका ३० वर्षीय गंगे बहादुर तामाङ र सिन्धुपाल्चोकको बलेफी घर भएका ३३ वर्षीय विनय तामाङ छन्। गंगे बहादुर तामाङ बा.९३ प ३७६७ नम्बरको स्कुटरमा सवार थिए, जुन लुटमा प्रयोग भएको स्कुटर प्रहरीले बरामद गरेको छ। सिन्धुपाल्चोकका विनय तामाङ भने नख्खु कारागारबाट भागेका थिए र लुटमा संलग्न भेटिएका थिए। जिल्ला प्र...
सुकुम्बासीको छोरालाई अध्यक्ष मान्नुपर्‍यो भनेर पीर गर्ने मान्छे पनि छन् : लिङ्देन

सुकुम्बासीको छोरालाई अध्यक्ष मान्नुपर्‍यो भनेर पीर गर्ने मान्छे पनि छन् : लिङ्देन

समाचार
 भाद्र १, २०८२ काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीति पेसा नभएको बताएका छन् । उनले आफू सुकुम्बासीको छोरा भएकाले अध्यक्ष स्वीकार्न नसक्नेहरू रहेको पनि बताएका छन् । राप्रपाको महिला संगठनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लिङ्देनले सुकुम्बासीको छोरा भएकैले अध्यक्ष मान्न स्वीकार नगर्नेहरू रहेको बताएका हुन् । आफू निम्न वर्गीय परिवारमा हुर्किएको पनि उनको भनाइ थियो । राजनीतिमा संलग्न भएपछि आफूले कुनै बेइमानी नगरेको लिङ्देनको भनाइ थियो । पार्टीभित्र विवाद चलिरहेको बेला उनले आफूलाई अध्यक्ष स्वीकार नगर्नुको कारण पनि सुकुम्बासी निम्न परिवारको रहनु भएको बताए । 'कतिपय साथीहरूले म एकदमै निम्न वर्गीय परिवारबाट आएको मान्छे हुँ भनेर मैले भन्छु नी होइन, त्यो भन्दाखेरी कति कतिले मलाई हेपेर पनि व्यवहार गर्छन्,' लिङ्देनले भने, ...
नयाँ संसद् भवनमा विगतका कमजोरी दोहोरिन नदिने गरी मन्त्रालयले काम गरिररहेको छ : कार्यवाहक प्रधानमन्त्री सिंह

नयाँ संसद् भवनमा विगतका कमजोरी दोहोरिन नदिने गरी मन्त्रालयले काम गरिररहेको छ : कार्यवाहक प्रधानमन्त्री सिंह

समाचार
श्रावण २३, २०८२ काठमाडौँ — कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारभित्र निर्माणाधीन संघीय संसद् भवनको काममा विगतका कमीकमजोरी दोहोरिन नदिने गरी काम भइरहेको बताएका छन् । संघीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा आज भएको छलफलका क्रममा कार्यवाहक प्रधानमन्त्री सिंहले समयमै काम सक्न निर्माणमा संलग्न व्यवसायीलाई निर्देशन दिए । समितिका सदस्यहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै कार्यवाहक प्रधानमन्त्री सिंहले नयाँ संसद् भवन निर्माणको काममा लापरवाही गर्ने सरोकारवाला निकायको पटक–पटक ध्यानाकर्षण गराइएको जानकारी दिए । थप गरिएक...
लुम्बिनीको युवा तथा खेलकुद मन्त्रीमा लोसपाका पाण्डे नियुक्त

लुम्बिनीको युवा तथा खेलकुद मन्त्रीमा लोसपाका पाण्डे नियुक्त

खेलकुद, समाचार
श्रावण ११, २०८२ बुटवल — लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् बिस्तार गरेका छन् । उनले खाली रहेको युवा तथा खेलकुद मन्त्रीमा लोसपाका संसदीय दलका नेता सन्तोषकुमार पाण्डेलाई आइतबार नियुक्त गरेका हुन् । योसँगै लुम्बिनी प्रदेश सरकारमा उनी चौथो पटक मन्त्री बन्ने भएका छन् । पाण्डे यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री भएका थिए । पटक–पटक मन्त्री भएका पाण्डेले कांग्रेस–एमाले गठबन्धनको अहिलेको सरकारले ल्याएको बजेट पारित गर्न सहयोग गरेका थिए । बजेट पारित गर्ने समयमा प्रमुख प्रतिपक्ष दलसहित विपक्षी दलहरुले प्रदेश सभा बैठक बहिष्कार गरेपछि सत्ता पक्षमै रहेको लोसपा एकाएक विपक्षीमा पुगेको थियो । त्यतिबेलै कांग्रेस एमालेले पाण्डेलाई मन्त्री बनाउने सहमति गरेर सरकारलाई दिएको समर्थन फिर्ता गराएर विपक्षमा बस्न लगाएका थिए । तिनै पाण्डे अहिले युवा तथा खेलकुद ...