Tuesday, April 21News That Matters

समाचार

ठमेलबाट दुई किलो सुन र नगदसहित दुई चिनियाँ नागरिक पक्राउ

समाचार
काठमाडौँ, ६ साउनः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलबाट दुई किलो सुन र रु २४ लाख नगदसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ठमेलस्थित एक होटलबाट उनीहरूको साथबाट सुन र नगद बरामद गरिएको छ, यस विषयमा थप अनुसन्धान भइरहेको छ ।” विदेश पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रु २१ लाख ६४ हजार ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ घर भई हाल काठमाडौँ महानगरपालिका–१५ बस्ने २९ वर्षीया जुनु रानाथापामगर र बर्दियाको गुलरि...
अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्ष सियाओदोङ्गबीच भेटवार्ता, चार वटा परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्ष सियाओदोङ्गबीच भेटवार्ता, चार वटा परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

समाचार
काठमाडौँ, ५ साउन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तरराष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । आज अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्धलगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र आगामी दिनमा सञ्चालन हुने परियोजनाहरूका बारेमा छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ । द्विपक्षीय भेटवार्तासँगै विभिन्न चार वटा परियोजनाका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पातालमा बोनम्यारो ट्रान्सप्लान्टशन निर्माणसम्बन्धी परियोजना र निजामती कर्मचारी अस्पातालको विस्तार गर्न सम्भाव्यता अध्ययन गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको जनाइएको छ । जसमा नेपालको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र चीनको तर्...
‘सङ्घीयतालाई कमजोर बनाउने खेल भइरहेको छ’

‘सङ्घीयतालाई कमजोर बनाउने खेल भइरहेको छ’

समाचार
बारा, ५ साउन जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सिके राउतले देशमा सङ्घीयतालाई कमजोर बनाउने खेल भइरहेको जिकिर गर्नुभएको छ । बारा सदरमुकाम कलैयामा आज आयोजित बृहत् पार्टी प्रवेश तथा सभा कार्यक्रममा उहाँले देशमा सङ्घीयता आए पनि विभिन्न प्रकारले कमजोर पार्नका लागि ठूला पार्टी नै लागि आरोप लगाउनुभयो । “सङ्घीयता आए पनि प्रदेशमा आफ्नो प्रहरी प्रशासन छैन । सङ्घ सरकारकै मातहतमा कर्मचारी, प्रहरी प्रशासन रहेकाले प्रदेश सरकारले चाहेअनुसार काम गर्न नसक्ने अवस्था छ”, अध्यक्ष राउतले भन्नुभयो,“सङ्घीयताका लागि सरकार र देशका ठूला पार्टीहरूकै राम्रो भूमिका खेद्यन सकेनन् ।” उहाँले तराई मधेसको हकअधिकारलाई स्थापित गर्न यहाँबाट प्रतिनिधित्व गर्ने सबै दल एकताबद्ध हुनुपर्नेमा उहाँले जोड दिनुभयो । अध्यक्ष डा राउतले संंविधान संशोधनको माध्यमबाट तराई मधेसलगायत देशका समस्या सम्बोधन गर्न अपरिहार्य रहेको बताउनुभयो ।...
युट्युबलगायत डिजिटल प्लेटफर्ममार्फत हुने पत्रकारितालाई व्यवस्थित गर्ने प्रेस काउन्सिलको निर्णय

युट्युबलगायत डिजिटल प्लेटफर्ममार्फत हुने पत्रकारितालाई व्यवस्थित गर्ने प्रेस काउन्सिलको निर्णय

समाचार
असार ३०, २०८२ काठमाडौँ — प्रेस काउन्सिलनेपालले युट्युबलगायत डिजिटल प्लेटफर्ममार्फत हुने पत्रकारितालाई व्यवस्थित गर्ने निर्णय गरेको छ। काउन्सिलको शुक्रबार बसेको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो। काउन्सिलमा हाल अध्यक्ष नियुक्त भएका छैनन्। शुक्रबार बसेको बैठक सदस्य रामप्रसाद दाहालको अध्यक्षतामा बसेको थियो। बैठकले पत्रकार र प्रेसका विषयमा अदालतमा पुगेका विषय, कतिपय पत्रकारबाट भएका प्रेस स्वतन्त्रता दुरुपयोगका गतिविधि र प्रेसमा देखिएका आर्थिकलगायत विभिन्न सङ्कटका विषयमा छलफल भएको थियो। बैठकले संविधानका प्रावधानविपरीत पत्रकार र सञ्चार माध्यमप्रति कहींकतैबाट हुने प्रेस स्वतन्त्रताविरोधी कुनै पनि कार्यमा प्रेस काउन्सिल सहमत नहुने निष्कर्ष निकालेको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले जानकारी दिए। त्यस्तै, पत्रकार र सञ्चार माध्यमलाई आचारसंह...
पृतनापति ट्रफीः ८४ पदकसहित श्री नं. १८ बाहिनी अड्डा पहिलो

पृतनापति ट्रफीः ८४ पदकसहित श्री नं. १८ बाहिनी अड्डा पहिलो

समाचार
इटहरी (सुनसरी), ३० असार पूर्वीपृतना मुख्यालय, इटहरीमा आयोजित ‘पृतनापति ट्रफी, २०८२’ कूल ८४ पदकसहित श्री नं १८ बाहिनी अड्डा पहिलो भएको छ । श्री नं १८ ले ३२ स्वर्ण, २२ रजत र ३० कास्य पदक प्राप्त गरी पहिलो भएको हो । भलिबल, फुटबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ, पौडी, जुडो र एथ्लेटिक्स गरी आठ खेल सम्मिलित प्रतियोगितामा श्री नं. २१ बाहिनी अड्डा दोस्रो र श्री नं. २ बाहिनी अड्डा तेस्रो भएका छन् । आज सम्पन्न प्रतियोगितामा पूर्वीपृतना हेडक्वाटरका पृतनापति उपरथी गौरवकुमार केसीले विजेता खेलाडीलाई ट्रफी तथा प्रमाणपत्र वितरण गर्नुभयो । ‘स्वास्थ्य, मित्रता एवं राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजित प्रतियोगिताको उद्देश्य शारीरिक क्षमता अभिवृद्धि गर्दै अनुशासित तथा सक्षम सुरक्षाकर्मी उत्पादन गर्नु रहेको उपरथी केसीले बताउनुभयो । कार्यक्रममा २, १८ र २१ नं. बाहिनी अड्डाका बाहिनीपति, गण...

चन्द्रागिरिका तीन वडा पहिरो उच्च जोखिममा

फिचर, समाचार
र्कीतिपुर (काठमाडौँ), २८ असार वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनाैँ स्थान पहिराको जोखिममा परेका छन् । यस वर्षको वर्षामा चन्द्रागिरि-१, २ र ३ पहिरोको उच्च जोखिममा परेका छन् भने गत वर्ष असोजमा आएको अविरल वर्षाले पहिरो गएका वडा नं १, २, ३, ५ र ९ का केही स्थान पुनः जोखिममा परेका हुन् । यसअघि पहिरोको समस्या नदेखिएका कतिपय स्थानमा यसपटक पहिरो गई जनधनको क्षति हुने देखिएको नगरपालिकाको व्यवस्थापन शाखा प्रमुख भद्रा अर्यालले बताउनुभयो । उच्च जोखिम मानिएका तीन वटा वडामध्ये वडा नं २ बढी उच्च जोखिममा छ । गत वर्ष सोही स्थानमा पहिराका कारण घरहरू पुरिनुका साथै दुई जनाको मृत्युसमेत भएको थियो । “नगरका दुई सय स्थानमा पहिरो रोकथामका लागि प्लाष्टिक पठाइएको छ”, अर्यालले भन्नुभयो । वडा नं १ का वडाध्यक्ष हरि मगरले वडाको खहरे, भट्टेडाँडा र गणेश मन्दिर वरिपरिको क्षेत्र उच्च जोखिममा रहेको जानकारी ...
प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्लामा

प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्लामा

समाचार
झापा, २८ असार प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आउनुभएको छ । दुई दिनसम्म झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुन उहाँ यहाँ आउनुभएको हो । आज बिहान ११ बजे उहाँलाई चन्द्रगढी विमानस्थलमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कोशी प्रदेश इञ्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की, पार्टीका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायत नेताले स्वागत गर्नुभएको छ । प्रधानमन्त्री ओली आज र भोलि झापा र इलाम जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुने नेकपा एमाले जिल्ला अध्यक्ष प्रेम गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री ओलीले आजै बुद्धशान्ति गाउँपालिका–३ स्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गर्नुका साथै कन्काई नगरपालिकामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको धनीपूर्जा वितरण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले आजै इलाम जि...
देशमा केही भएन भन्ने भाष्य गलतः उपप्रधानमन्त्री सिंह

देशमा केही भएन भन्ने भाष्य गलतः उपप्रधानमन्त्री सिंह

समाचार
काठमाडौँ, २८ असार उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएको छैन भन्ने गलत भाष्य निर्माण गरी भ्रम फैलाउने प्रयास भइरहेको बताउनुभएको छ । आज यहाँ नेपाली कांग्रेस नागार्जुन नगरपालिका–२ ले आयोजना गरेको ‘एसइई सम्मान’ कार्यक्रममा उहाँले युवा विद्यार्थीहरूलाई यथार्थ नबुझी लहैलहैमा नलाग्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “देशमा केही भएन, हुँदैन भन्ने गलत भाष्य बनाउन खोजिएको छ । जसले जे भने पनि त्यसलाई पत्याएर लहैलहैमा लाग्नुहुँदैन । युवा विद्यार्थीहरूले सत्य–तथ्य बुझेर विवेकको प्रयोग गर्नुपर्छ । विगतमा के थियो र अहिले के परिवर्तन भएको छ, युवा र विद्यार्थीहरूले आफ्ना अग्रज र अभिभावकहरूसँग सोधेमा स्पष्ट हुन्छ । अझै धेरै गर्न बाँकी छ, तर केही नभएको भन्ने भाष्य गलत हो ।” उहाँले नेपालको शिक्षा क्षेत्रमा विगतको तुलनामा उल्लेखनीय प्रगति भएकोमा जोड दिनुभयो । आफू विद्या...
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै

रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै

समाचार
नारायणगढ (चितवन), २८ असार चितवनको रत्ननगरस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको अवधिमा एक लाख सात हजार ४३९ पटक स्वास्थ्य सेवा प्रदान गरेको जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक विवरणअनुसार अस्पतालको बहिरङ्ग (ओपीडी) सेवाबाट ४४ हजार ९७२ जनाले सेवा लिएका छन् भने अल्ट्रासाउन्ड सेवा ५३ जना र अन्तरङ्ग सेवा ३२ जनाले लिएका छन् । अस्पतालले पूर्वकर्म÷पञ्चकर्ममार्फत ४१ हजार ४३९ सेवा प्रवाह गरेको जनाएको छ । अस्पतालकी प्रमुख डा कोपिला अधिकारीका अनुसार स्तनपायी आमालाई ८८१, जेष्ठ नागरिकलाई छ हजार ८०७, योग सेवामा एक हजार १३०, प्याथोलोजी सेवा छ हजार १६, नागरिक आरोग्य चार हजार २७०, अकुपञ्चर सेवा एक हजार सात र फिजियोथेरापी ८३२ पटक सेवा प्रदान गरिएको छ । सेवा लिनेमा महिलाको सङ्ख्या पुरुषभन्दा बढी रहेको प्रमुख अधिकारीले बताउनुभयो । उहाँले भन्नुभ...
असारमै पानी नपरेपछि मधेश प्रदेश सुक्खाग्रस्त घोषणा, राहतका लागि संघ सरकारलाई आग्रह गर्ने

असारमै पानी नपरेपछि मधेश प्रदेश सुक्खाग्रस्त घोषणा, राहतका लागि संघ सरकारलाई आग्रह गर्ने

फिचर, समाचार
असार २७, २०८२ काठमाडौँ — ठाउँठाउँमा भारी वर्षापछि बाढीपहिरोले विध्वंश मच्चाउँदा मधेश प्रदेशलाई भने सुक्खाग्रस्त घोषणा गरिएको छ । नेपालमा गत जेठ १५ गते नै मनसुन भित्रिए पनि मधेश प्रदेशमा भने उल्लेख्य वर्षा हुन सकेको छैन । बिहीबार बसेको मधेश प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशलाई सुक्खाग्रस्त घोषणा गरेको सरकारका प्रवक्तासमेत रहेका गृह, सञ्‍चार तथा कानुनमन्त्री राजकुमार लेखीले इकान्तिपुरलाई जानकारी दिए ।   रोपाइँ गर्ने बेलामा पनि पानी नपरेपछि प्रदेशलाई सुक्खाग्रस्त घोषणा गरिएको मन्त्री लेखीले बताए । 'पानी नपरेपछि यहाँका किसान पीडित छन् । किसानलाई के कस्तो राहत र सेवा सुविधा दिन सकिन्छ भनेर संघ सरकारलाई आग्रह गर्ने निर्णय भएको छ । पानी नपरेपछि धान रोप्न मात्र नपाएको होइन, अन्य बाली पनि सप्रेको छैन ।' प्रदेश सरकार आफैंले पनि केही राहत घोषणा गरेको छ भन्ने प्रश्नमा मन्त्री लेखी...