रसुवाको उत्तरी भेगमा हिमपात ।।
१४ माघ काठमाडौं । रसुवा जिल्लाको उत्तरी भेगमा यस वर्षको पहिलो हिमपात सुरु भएको छ । लाङ्टाङ, गोसाइँकुण्ड, नाकथली, पाङसाङ, हाकुडाडा, यार्सा भञ्ज्याङलगायत उच्च हिमाली क्षेत्रमा आज बिहानदेखि हिमपात हुन थालेको हो ।
लाङ्टाङ क्षेत्रमा करिब एक इञ्च हिउँ जमेको छ भने घोडातबेलासम्म हिमपात आइसकेको स्थानीयले बताएका छन् । राम्चेभन्दा माथिल्लो क्षेत्रमा चिसो अत्यधिक बढेकाले जनजीवन प्रभावित बन्न थालेको छ ।
लाङ्टाङका आधिकांश स्थानीय काठमाडौँ गएकाले अहिलेको हिमपातले लाङटाङ बस्तीमा असर नगरेको गोसाइँकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष ढिण्डुप तामाङले जानकारी दिए ।
यसैबीच, हिमपात र चिसोको असरले स्वास्थ्य समस्या बढ्नसक्ने भएकाले ज्येष्ठ नागरिक र बालबालिकालाई विशेष सतर्कता अपनाउन रसुवा जिल्ला अस्पतालले आग्रह गरेको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. अमितकुमार शाहले न्यानो लुगा लगाइदिने, तातो तथा...










