लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा छ : पूर्वउपप्रधानमन्त्री निधि
Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
पाटन (ललितपुर), ९ वैशाख : नेपाली कांग्रेसका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा निहित रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रसार विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान विषयक बागमती प्रदेशस्तरीय कार्यक्रममा पूर्वउपसभापति निधिले गणतन्त्र र वर्तमान व्यवस्थाका पक्षमा जनतामा सकारात्मक धारणा विकास गराउन सङ्गठित सैद्धान्तिक, राजनीति र वैचारिक बहसलाई जोड दिनुपर्ने बताउनुभयो ।
“सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्रणाली चिरायू रहन्छ भनेर जनतालाई आस्वस्त पार्नुपर्छ, सरकार फेरिएला, नेता फेरिएलान्, चुनावबाट नेतृत्व परिवर्तन लोकतान्त्रिक व्यवस्थामा सामान्य कुरा हो, जनताको अधिकार हो, २०८४ मा चुनाव हुँदा क...










