Tuesday, April 21News That Matters

सुरक्षा र कुटनिती

नयाँ सिरियल टुहुरी नातिनी

नयाँ सिरियल टुहुरी नातिनी

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौं । केही समय यता नेपाली बजारमा धेरै किसिमका सिरियलहरु बनेका छन्। यस भन्दा अघि देखिएको र देखाइएको कथा वस्तुहरूभन्दा फरक तर समाजको एउटा वर्गले भोगिरहेको शोषण नयाँ सिरियल टुहुरी नातिनीमा देखाउन खोजिएको छ । यस सिरियलका निर्माता हुन् सुरेन्द्र खड्का । उनले नेपालमा भविष्य सुरक्षित बनाउन कल कारखाना संचालन गरे, नाम चिनीएका ठुला निर्देशकहरू संग सहकार्य गरे, चलचित्रमा समेत अभिनय गरेर छुट्टै आफ्नै पहिचान सहित नयाँ सिरियल लिएर आएका छन् । टुहुरी नातिनी सिरियलको कथा वस्तु नबिन श्रेष्ठले तयार पारेका हुन् । धेरै म्युजिक भिडियो निर्देशन गरिसकेका उनले लेखन, निर्देशन, छायांकन सम्पादन समेत गर्छन् । कथाले मागेका र कथालाई न्याए पुर्याउन सक्ने कलाकार जुरेको र छायांकन स्थल पनि उत्तम भएको निर्माताको भनाइ छ । यस सिरियलमा कलाकार प्रमिला परियार, रश्मी भट्ट, भगवान भण्डारी, सुरेन्द्र खड्का, बिना खड्का, बिन...
Cimex Introduces Industry-Leading Extended Warranty on BYD Electric Vehicles in Nepal

Cimex Introduces Industry-Leading Extended Warranty on BYD Electric Vehicles in Nepal

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
Cimex Inc. Pvt. Ltd., the authorized distributor of BYD Auto Industry Co. Ltd. in Nepal, is proud to announce the implementation of a comprehensive Extended Warranty Policy on all BYD Electric Vehicles (EVs) sale in Nepal, setting a new industry benchmark in EV after-sales support. In line with our unwavering commitment to customer satisfaction and confidence in BYD's advanced electric vehicle technology, the new warranty coverage includes: • Battery Warranty Extended from 8 years / 160,000 km to 10 years / 200,000 km – the longest coverage in the EV industry. • Motor Warranty Extended from 8 years / 150,000 km to 10 years / 200,000 km, ensuring prolonged peace of mind for our valued customers. • Whole Vehicle Warranty Coverage for components such as lights, tire pressure monitoring...
सीतापाइलाबाट बद्रीनारायणधामसम्म पदयात्रा

सीतापाइलाबाट बद्रीनारायणधामसम्म पदयात्रा

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, ६ वैशाखः काठमाडौँको सीतापाइलाबाट बद्रीनारायणधामसम्म पदयात्रा गरिएको छ । नागार्जुन नगरपालिका–७ रामकोटमा निर्माण भएको बद्रीनारायणधामलाई स्वदेश तथा विदेशमा चिनाउने तथा यही वैशाख १९ देखि २७ गतेसम्म हुन लागेको प्राण प्रतिष्ठाको पूर्व तयारीका लागि आज पदयात्रा गरिएको हो । नारायण पोखरेल प्रतिष्ठान र अल नेपाल स्पोर्टस फाउण्डेसनद्वारा संयुक्त रूपमा आयोजित पदयात्रामा एक हजारभन्दा बढीको सहभागिता थियो । नारायण पोखरेल प्रतिष्ठानले निर्माण गरेको उक्त धाममा आगामी वैशाख १९ देखि २७ गतेसम्म प्राण प्रतिष्ठा हुन लागेको जनाइएको छ । प्राण प्रतिष्ठाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले नागार्जुन नगरपालिका–७ रामकोटमा धार्मिक पर्यटन प्रवर्द्धनका लागि रु ४० करोड लगानीमा ‘बद्रीनारायणधाम’ निर्माण गरेको हो । ...
राष्ट्रिय मूर्तिकला सम्मेलनः १५ बुँदे घोषणापत्र जारी

राष्ट्रिय मूर्तिकला सम्मेलनः १५ बुँदे घोषणापत्र जारी

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, ६ वैशाखः नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा शुक्रबारदेखि सुरु भएको ‘राष्ट्रिय मूर्तिकला सम्मेलन’ १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले मूर्ति सिर्जना गर्दा चाहिने आवश्यक कच्चापदार्थको उपलब्धतालाई सहजीकरण गर्न कच्चापदार्थको आयातमा भन्सार र अन्य कर छुट हुने कानुनी व्यवस्थासहित १५ बुँदै घोषणापत्र जारी गरेको हो । सरकारी निकायबाट सिर्जना गरिने मूर्तिकलाको सम्बन्धमा विद्यमान सार्वजनिक खरिदसम्बन्धी कानुनबमोजिम बोलपत्र आह्वान गर्दा मूर्तिकारले भन्दा निर्माण व्यवसायीले काम पाउने अवस्था हुने र निर्माण व्यवसायीले निर्माण गरेका मूर्ति सिर्जनाका दृष्टिले गुणस्तरीय र कलाको मर्मअनुरूप नहुने हुँदा सार्वजनिक खरिदसम्बन्धी विद्यमान कानुनमा सुधार गरी त्यस्ता मूर्ति वा कला सिर्जना गर्न बोलपत्र आह्वानसम्बन्धी छुट्टै कानुनी प्रावधानको व्यवस्था गर्...
बनटारकाे चेपाङ बस्तीमा खानेपानी आयोजना अलपत्र

बनटारकाे चेपाङ बस्तीमा खानेपानी आयोजना अलपत्र

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
गोरखा, ६ वैशाखः जिल्लाको गण्डकी गाउँपालिका-६ बनटारस्थित चेपाङ बस्तीको खानेपानी आयोजना तीन वर्षदेखि अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको ‘एक घर, एक धारा’ अभियानअन्तर्गत बनटारमा आर्थिक वर्ष २०७८/७९ देखि आयोजनाको काम सुरु भएको थियो । आयोजनाअन्तर्गत संरचना निर्माण दुई वर्षअघि सम्पन्न भइसके पनि हालसम्म धारामा पानी भने नआएको स्थानीय बिन्दास चेपाङले बताउनुभयो । हरेक वर्षको सुख्खायाममा गाउँमा खानेपानीको हाहाकार मच्चिने गरेको उहाँले भन्दै उहाँले भन्नुभयो, “घरमा धारा जोडेको दुई वर्ष भइसक्यो तर पानी छैन । पाहुना आउँदा दिने पानी पनि हुँदैन ।” बनटारवासीले हाल खानेपानीको ट्याङ्कीमा जम्मा भएको धमिलो पानी खाएर गुजारा चलाइरहेका बिन्दासले जानकारी दिनुभयो । “रिजर्भ ट्याङ्कीमा जम्मा भएको पानी पाइप टाँगेर खाएका छौँ । कहिलेकाहीँ पानीको निहुँमा गाउँमा झगडा हुन्छ । पानी पर्दा पाइपमा ...
जनशक्ति सामुदायिक वनमा पाटेबाघ मृत फेला

जनशक्ति सामुदायिक वनमा पाटेबाघ मृत फेला

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
घोडाघोडी (कैलाली), ६ वैशाखः जिल्लाको टीकापुर नगरपालिका-२ स्थित जनशक्ति सामुदायिक वनमा आज पाटेबाघ मृत फेला परेको छ । सब डिभिजन वन कार्यालय टीकापुरका प्रमुख दिलिप यादवले जङ्गलमा वयस्क पोथी पाटेबाघ मृत फेला परेको जानकारी दिनुभयो । पाटेबाघको अगाडि भागको शरीरमा चोट लागेको पाइएको उहाँले बताउनुभयो । गन्हाएपछि स्थानियले थाहा पाएर खबर गरेकाले बाघ केही दिनअघि नै मरेको र भाले बाघको आक्रमणबाट घटना भएको हुनसक्ने अनुमान गरिएको कार्यालय प्रमुख यादवले बताउनुभयो । घट्नाको थप अनुसन्धानका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट डा आयुश महर्जनसहितको प्राविधिक टोली घटनास्थल पुगेको थियो । स्थानीय जनप्रतिनिधिलगायत वन कर्मचारीको रोहबरमा मृत बाघ जमिनमा गाडिएको छभने थप अनुसन्धानका लागि विभिन्न अङ्ग झिकेर पोस्टमार्टमका लागि पठाएको डिभिजन वन कार्यालयले जनाएको छ ।...
मुस्ताङ घट्टेखोलामा चौँरी मेला

मुस्ताङ घट्टेखोलामा चौँरी मेला

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
मुस्ताङ (जोमसोम), ६ वैशाखः हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ घट्टेखालामा आजदेखि चौँरी मेला सुरु भएको छ । मेलामा हिमाली लेकमा पाइने बहुमूल्य जडीबुटी खाएका चौँरीको आलो रगत खाने चलन रहेको छ । यार्सागुम्बा, पाँचऔँले, निरमसी, कुटुकी, बुकी घाँस खाएर हुर्केका चौँरीको आलो रगत खाँदा विभिन्न रोग निको हुने जनविश्वास रहेको छ । हिमालयन याक नाक पालन उपसमिति मुस्ताङको आयोजनामा सुरु भएको मेला परम्परादेखि नै चल्दै आएको छ । यस पटक आन्तरिक तथा बाह्य पर्यटकको ध्यान आकर्षित गर्न मेला १० दिनसम्म सञ्चालन गर्ने आयोजकको योजना छ । उपसमितिका अध्यक्ष बुद्धिरत्न तुलाचनले स्थानीय व्यापार/व्यवसायको प्रवर्द्धन र कृषकको मेहनतलाई थप टेवा पुग्ने हिसाबले बर्सेनि मेला आयोजना गर्ने गरिएको बताउनुभयो । उहाँका अनुसार मेलामा गण्डकी प्रदेशका धेरै जिल्ला र विशेषगरी म्याग्दीबाट मानिस आउने गरेका छन् । मेलाम...
संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउने विषयमा तीन शीर्ष नेताबीच छलफल

संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउने विषयमा तीन शीर्ष नेताबीच छलफल

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, ६ वैशाखः प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच विद्यमान राजनीतिक व्यवस्था र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा आज छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा उहाँहरूबीच संविधानको उल्लङ्घन गर्ने र सामाजिक अराजकता सृजना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पुर्‍याउनेप्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलसहित गणतन्त्र पक्षधर शक्ति एकठाउँमा उभिनुपर्नेमा समान मत देखिएको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानव अधिकार तथा सङ्क्रमणकालीन न्यासम्बन्धी सल्लाहकार ...
भृकुटीमण्डपमा रैथाने खाना प्रवर्द्धन

भृकुटीमण्डपमा रैथाने खाना प्रवर्द्धन

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, ६ वैशाखः भृकुटीमण्डपको उद्यानमा भइरहेको ‘खाना महोत्सवमा इङ्वा सुब्बा कागुनो, याङ्बेन र मकैको खीर पकाउनमा व्यस्त हुनुुहुन्छ । छेवैमा पाक्दैछ तात्तातो सेल अनि लहरै राखिएका छन् थप परिकार । सिस्नुको सुप र च्याउ साँधेको परिकारले खानाका पारखीहरुको ध्यान गइरहेको देखिन्छ । खाना पारखीहरु स्वाद मानी मानी खाइरहेको देखिन्छन् । नेपालको पहिलो फुड रियालिटी शो ‘सेफ नेपाल’ बाट चिनिनुभएकी सुब्बाले आफूले शोमा बनाएको खीर सबैले रुचाउनुभएकोले महोत्सवमा यसको स्वाद चखाउन आएको बताउनुहुन्छ । रियालिटी शोमा आफ्नो समुदायको खानालाई पस्केर सबैको मन जित्नुभएकी उहाँले नेपाल रैथाने परिकारको धनी भएकाले यसलाई प्रवर्द्धन र संरक्षण गर्न सबैले लाग्नुपर्ने बताउनुहुन्छ । सुब्बा भन्नुहुन्छ, “हिमाल, पहाड र तराई सबै ठाउँको आआफ्नो खानाको विशेषता छ । हामीले सबै परिकारलाई थोरै मात्र परिस्कृत गरेर पस्किन सक्यौँ भन...
एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय

एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
ढोरपाटन (बागलुङ), ६ वैशाख : बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण बढेको छ । एकै ठाउँमा सङ्ग्रहित गरेर राखेको सवा लाख शालिग्राम अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । विश्वमै दुर्लभ मानिने शालिग्राम शिलालाई १०० मिटर सुरुङभित्र संरक्षण गरेर राखिएको छ । पछिल्लो समय तीव्ररुपमा प्रचारप्रसार हुँदा पर्यटक बढेका हुन् । नेपालको विभिन्न स्थानसँगै दक्षिण भारतबाट बढी पर्यटक शालिग्राम सङ्ग्रहालयमा आउने गरेको सङ्ग्रहालयका संरक्षक ऋषि प्रपन्नचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु वर्ष झण्डै ५० हजार बढी धार्मिक पर्यटक सङ्ग्रहालयमा आएका छन् । गत वर्ष एक लाख पर्यटक यहाँ आएकोमा चालु आवको १० महिनामा एक लाख ५० हजार पर्यटक सङ्ग्रहालयमा आएको ऋषि प्रपन्नचार्य बताउनुहुन्छ । शालिग्राम सङ्ग्रहालय च...