Monday, May 4News That Matters

स्थानीय तह विशेष

भारतको काँशीपुरबाट हराएका बुढा १२ दिनदेखि सम्पर्कविहीन

भारतको काँशीपुरबाट हराएका बुढा १२ दिनदेखि सम्पर्कविहीन

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
कर्णाली, २४ चैतः भारतको उत्तराखण्ड प्रदेशको काँशीपुरबाट हराएका सिञ्जा गाउँपालिका–५ जुम्ला शनिगाउँका २५ वर्षीय युवा सूर्यचन बुढा १२ दिनदेखि सम्पर्कविहीन हुनुहुन्छ । हुम्ला घर भई सुर्खेत लाटीकोइली बस्दै आएको बताउने चारजना अपरिचित नेपालीले खाजा खान बसौँ भनेर सोही दिन दिउँसो काँशीपुरमा खानामा विषादी मिलाएर बेहोस बनाएका जानकारी प्राप्त भएको र त्यसपछि सम्पर्क हुन नसकेको जनाइएको छ । खोजीका लागि परिवारका सदस्यसहित आफूहरु भारत गएको सूर्यचनका आफन्त घनश्याम बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार सूर्यचनसँगै सिञ्जा गाउँपालिका–६ शनिगाउँ जुम्लाकै अनबहादुर बुढा र वीरेन्द्र रोकायलाई पनि विषादी खुवाएर भारतीय रुपैँया एक लाख १७ हजार लुटिएको थियो । सूर्यचन्दबाहेक अनबहादुर र वीरेन्द्र होसमा आएपछि नेपाल फर्केको बुढाले बताउनुभयो । तीन जना भारतको गडवालमा चार महिनादेखि काम...
मुख्यमन्त्रीकप राष्ट्रिय भलिबलः बाग्मतीलाई सोझो सेटमा हराउँदै कोशीको विजयी सुरुआत

मुख्यमन्त्रीकप राष्ट्रिय भलिबलः बाग्मतीलाई सोझो सेटमा हराउँदै कोशीको विजयी सुरुआत

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
टक्सार (भोजपुर), २४ चैतः भोजपुर सदरमुकाममा सुरु मुख्यमन्त्रीकप राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत भएको पहिलो खेलमा बाग्मती प्रदेशलाई सोझो सेटमा पराजित गर्दै कोशी प्रदेशले विजयी सुरुआत गरेको छ । भोजपुर नगरपालिका–७ कोदारस्थित रङ्गशालामा आयोजित खेलमा बाग्मतीलाई लगातार तीन सेटमा हराउँदै एकतर्फी रूपमा कोशीले कब्जा जमाएको थियो । सोमबारको दोस्रो खेल सुदूरपश्चिम र लुम्बिनी प्रदेशका बीच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको आजै कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा मधेस र कर्णाली प्रदेशबाहेक कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिता यही चैत २८ गतेसम्म सञ्चालन हुनेछ । जिल्ला भलिबल सङ्घको आयोजना तथा कोशी प्रदेश सरकारको मुख्य प्रायोजनमा प्रतियोगिता सुरु भएको आयोजक...
राससका पूर्व प्रमुख समाचारदाता रिसालको निधन

राससका पूर्व प्रमुख समाचारदाता रिसालको निधन

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, २४ चैत : राष्ट्रिय समाचार समिति (रासस) का पूर्व प्रमुख समाचारदाता भैरव रिसालको निधन भएको छ । उहाँको केहीबेर अघि ९७ वर्षको उमेरमा निधन भएको हो । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहनुभएका वरिष्ठ पत्रकार रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँका भाइ पुरु रिसालले जानकारी दिनुभयो । उहाँको जन्म १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो । वरिष्ठ पत्रकार रिसालले यसअघि नै मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गर्नुभएको थियो । वरिष्ठ पत्रकार रिसालले मानवअधिकारसम्बन्धी, जगदम्बा श्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँले रेडियो सगरमाथामा लामो समय ‘उहिले बाजेका पालामा’ रेडियो शृङ्खला सञ्चालन गर्नुभएको थियो । वामपन्थी विचारधारा बोक्ने रिसाल २०४८ सालको आमनिर्वाचनमा न...
सूर्यविनायक–धुलिखेल सडकको काम समयमै सकिँदैनः आयोजना

सूर्यविनायक–धुलिखेल सडकको काम समयमै सकिँदैनः आयोजना

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
काभ्रेपलाञ्चोक, २३ चैतः अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तारको काम समयमै नसकिने भएको छ । सडक विभागअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक आयोजनाले बाँकी करिब आठ महिनाको अवधिमा विस्तारको काम नसकिने जनाएको हो । विसं २०७९ पुस २४ बाट सुरु गरिएको १६ किलोमिटर लम्बाइको सो सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । उक्त सडकखण्ड सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरी सोही अनुसार ठेक्का सम्झौता भई विस्तार भइरहेको छ । हाल दुई खण्डको विस्तारको काम ४० प्रतिशतको हाराहारीमा भएको आयोजनाले जनाएको छ । “निर्धारित समयभित्र विस्तारको काम सकिँदैन, केही महिना समय थप्नुपर्ने हुन्छ,” आयोजनाका सिनियर डिभिजनल इन्जिनियर एवं सूचना अधिकारी सजना अधिकारीले भन्नुभयो । उहाँले विविध कारण आयोजनाक...
ह्विलचियरमा बसेर नौमती बाजा बजाउँदै

ह्विलचियरमा बसेर नौमती बाजा बजाउँदै

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
गलकोट (बागलुङ), २३ चैतः चैतेदसैँको अवसरमा कालिका मन्दिर पुग्ने जङ्गलको बीच भागमा नौ जनाले नौमती बाजा बजाएर घरखर्चको जोहो गरिरहनुभएको छ । पोखरा आसपासको क्षेत्रमा बसोबास गर्ने उहाँहरूले शुक्रबारदेखि कालिका मन्दिर परिसरमा नौमती बाजा बजाएर घरखर्चको जोहो गरिरहनुभएको हो । नौमध्ये दुई जना मात्रै सबालाङ्ग हुनुहुन्छ । उहाँहरूको समूहमा दुई महिला र सात जना पुरुष सहभागी हुनुहुन्छ । बागलुङको कालिका मन्दिर दर्शनका लागि कालिका बालउद्यानबाट मन्दिरतर्फ जाने बाटोमा ह्विलचियरमा बसेर बाजा बजाएको दृश्यले सबैलाई आकर्षित गर्दछ । नौमती बजाउनेमध्ये सात जना शारीरिक रूपमा अशक्त रहेको ध्रुव नेपालीले बताउनुभयो । ह्विलचियरमा बसेर नौमती बाजा बजाउन सिकेको उल्लेख गर्दै यो सीपले जीविकोपार्जनमा सहज भएको बाजा बजाउँदै उहाँले जानकारी दिनुभयो । “अपाङ्गता भएकाहरू एकजुट भएर ...
गुल्मीको तम्घास-रिडी सडक एक महिना बन्द हुने

गुल्मीको तम्घास-रिडी सडक एक महिना बन्द हुने

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
गुल्मी, २३ चैतः मदन भण्डारी राजमार्गअन्तर्गत निर्माणाधीन गुल्मीको तम्घास-रिडी सडक एक महिनासम्म बन्द हुने भएको छ । उक्त सडकको रुरुक्षेत्र गाउँपालिकाअन्तर्गत ठूलढुङ्गा भिर क्षेत्रमा पहरो फोर्ने, सडक चौडा गर्नेलगायत कामका लागि एक महिनासम्म सडक बन्द गरिने मदन भण्डारी राजमार्ग आयोजना कार्यालयले जनाएको छ । सडक निर्माणका लागि निर्माण व्यवसायीबाट माग भएअनुसार आजदेखि आगामी वैशाख २२ गतेसम्म सवारीसाधन पूर्णरूपमा बन्द गरिने कार्यालयका प्रमुख एवं इञ्जिनीयर रमेश चौधरीले जानकारी दिनुभयो । तम्घास-रिडी खण्ड बन्द भएपनि सवारीसाधनलाई वैकल्पिक मार्गको व्यवस्था गरिएको उहाँले बताउनुभयो । रुरुक्षेत्रको पानीटङ्की थोर्गा-स्यालपोखरी-स्याल बिसौँनाबाट रातामाटा सडक हुँदै रिडी-छत्रकोटको पिपलनेटा-दिगाम हुँदै रिडी-लुम्छा-धरमपानी-दिगाम हुँदै रिडी र गुल्मीदरबारको घुम्टी-चारपाला-खज्र्याङ् हुँदै रि...
चिस्यान केन्द्र बनेको एक वर्षपछि सञ्चालनमा

चिस्यान केन्द्र बनेको एक वर्षपछि सञ्चालनमा

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
तनहुँ २३ चैतः जिल्लाको व्यास नगरपालिका–११ स्थित गैह्राबारीमा तीन रोपनी क्षेत्रफलमा निर्माण गरिएको चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको छ । चिस्यान केन्द्रका लागि आवश्यक सबै संरचना निर्माण सम्पन्न भएपनि विद्युत् ट्रान्समिटर जडानमा समस्या हुँदा एक वर्ष ढिला गरी सञ्चालनमा ल्याइएको हो । एक सय तीस मेट्रिकटन क्षमताको चिस्यान केन्द्र व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले विशेष पूजापछि आलु भण्डारण गरेर उद्घाटन गर्नुभयो । गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा केन्द्र निर्माण गरिएको हो । केन्द्र निर्माणको जिम्मा देवचुली कन्ट्रक्सन कम्पनी प्रालिले लिएको थियो । विसं २०७८ भदौ १३ गते कम्पनीले सम्झौता गरी निर्माण अघि बढाइएको थियो । विद्युत् प्राधिकरणले ‘थ्री फेज’को ट्रान्समिटर जडान गरेपछि केन्द्र सञ्चालनमा ल्याइएको व्यास नगरपालिकाका योजना शाखा अधिकृत भेषराज तिवारी...
हराउँदै चैते दसैँ मेलाको मौलिकता

हराउँदै चैते दसैँ मेलाको मौलिकता

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
गलकोट (बागलुङ), २२ चैतः ‘चैते दसैँ मेलैमा, माया बस्यो ख्याल ख्यालैमा’ ‘बागलुङ बजार मेलैमा, झर्छ आँशु छुट्ने बेलैमा’ चैते दसैँको विषयलाई समेटेर गायक बिमराज क्षेत्री, टीका क्षत्री र र सर्मिला गुरुङले वर्षौँअघि गाएको गीत हो यो । बागलुङको चैतै दसैँ मेलाका रूपमा मात्रै नभई प्रेम र प्रेमिकाको भेट्ने मौकाको रूपमा रहेको पनि गीतले भाव बोकेको छ । चैते दसैँ मेलामा भेटिएका पुनःअर्को मेलामा भेट्ने बाचाका साथ छुटेको भावलाई गायक क्षेत्रीले धेरै पहिले गीतमा उतार्नुभएको थियो । गीतमा भनेजस्तै स्थानीय उत्पादनको खरिद बिक्रीसँगै माया पिरतीका लागिसमेत चैते दसैँ मेला प्रख्यात मानिन्छ । चैते दसैँमा गाइने लोकदोहरीमार्फत सयौँ कलाकारसमेत बागलुङले जन्माइसकेको छ । चैते दसैँको अवसरमा यस वर्ष पनि बागलुङ कालिका मन्दिर परिसरमा बुधबारदेखि मेला लागेको छ । यहाँको माहो...
रूखको ठुटोबाट पानी आएको भन्दै स्थानीय चकित

रूखको ठुटोबाट पानी आएको भन्दै स्थानीय चकित

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
गण्डकी, २३ चैतः कास्कीको रुपा गाउँपालिका–६ तालबेँसी फाँटमा करिब तीन मिटर उचाइमा रहेको एउटा रूखको ठुटोबाट निरन्तर पानीका धारा झर्न थालेपछि स्थानीय आश्चर्यमा छन् । गत फागुन १४ गते शिवरात्रिको दिनदेखि निरन्तर पानीका धारा झर्न थालेपछि स्थानीय आश्चर्यमा परेका हुन् । “रूखको ठुटोबाट निरन्तर पानीका धारा छुटेका छन्, पछिल्लो समयमा ठाउँठाउँबाट यो दृश्य हेर्न आउनेको घुइँचो लाग्ने गरेको छ । यो कुरा सुन्दा अनौठो लागे पनि तालबेँसीमा यसले चर्चा पाइरहेको छ”, स्थानीय विश्क गुरुङले भन्नुभयो । तलको पानी माथि तिर बग्दैन भन्ने परम्परागत उक्ति र सत्यतालाई पनि यो दृश्यले चुनौती दिएको उहाँको भनाइ छ । रुपातालको बाँध निर्माण गरी तालको क्षेत्रफललाई विस्तार गर्ने क्रममा माटो निकाल्ने क्रममा अचानक डोजरको वकेट अड्किएको बताउँदै अर्को डोजर प्रयोग गर्दा पनि उक्त वस्तु ननिस्किएर वकेटको दाँत भाँचि...
राष्ट्रिय खुला टी-२० क्रिकेटः स्याङ्जा र काठमाडौँको विजयी सुरुआत

राष्ट्रिय खुला टी-२० क्रिकेटः स्याङ्जा र काठमाडौँको विजयी सुरुआत

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
कास्की, २३ चैतः पोखरा रङ्गशालाको क्रिकेट मैदानमा आजदेखि दोस्रो संस्करणको ‘केपी ओली कप’ राष्ट्रिय टी-२० खुला पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आज यहाँ एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभयो । पहिलो दिनको खेलमा स्याङ्जा र काठमाडौँले विजयी सुरुआत गरेका छन् । आजको पहिलो खेलमा स्याङ्जा क्रिकेट क्लबले पोखरा महानगर क्रिकेट क्लबलाई २३ रनले पराजित गर्दै विजय हासिल गर्‍यो । खेलमा पहिला टस जितेर ब्याटिङ गरेको स्याङ्जाले २० ओभरमा एक सय ६२ रन बनाएको थियो । पोखरा महानगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३८ रन बनाएको थियो । स्याङजाका अश्विन रानाले अविजित रहँदै सर्वाधिक ४६ रन जोडे । उनले ३० बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । किरण भट्टराई २३ रनमा अविजित रहे । पोखराका लागि समिर भुजेल र अन्जन केस...