Monday, May 4News That Matters

स्थानीय तह विशेष

म्यान्मामा भूकम्प : मृतकको सङ्ख्या ३३०० नाघ्यो

म्यान्मामा भूकम्प : मृतकको सङ्ख्या ३३०० नाघ्यो

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
म्यान्मामा ठूलो भूकम्पबाट मर्नेहरूको सङ्ख्या तीन हजार तीन सयभन्दा माथि पुगेको सरकारी मिडियाले शनिबार बताएको छ । संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुखले विश्वसामु विपद्ग्रस्त राष्ट्रलाई सहयोग गर्न नयाँ आह्वान गरेका छन् । मार्च २८ को भूकम्पले देशभरका भवन र पूर्वाधारहरू ध्वस्त पारेको छ । यसको परिणामस्वरूप तीन हजार तीन सय ५४ जनाको मृत्यु र चार हजार पाँच सय आठ जना घाइते भएको तथा दुई सय २० जना बेपत्ता भएको सरकारी मिडियाले प्रकाशित गरेको नयाँ तथ्याङ्कले जनाएको छ । विपद् भएको एक हप्ताभन्दा बढी समयपछि पनि देशका धेरै मानिस अझै आश्रयविहीन छन्, या त तिनीहरूको घरहरू नष्ट भएका कारण या थप भत्किने डरले बाहिर सुत्न बाध्य छन् । संयुक्त राष्ट्रसङ्घको एक अनुमानअनुसार ७.७ म्याग्निच्युडको भूकम्पले ३० लाखभन्दा बढी मानिस प्रभावित भएको हुन सक्छ । यसले चार वर्षको गृहयुद्धले न...
बुद्ध दर्शनको प्रचारप्रसार र लुम्बिनीको पर्यटन प्रवद्र्धनमा थाई सरकारको योगदान

बुद्ध दर्शनको प्रचारप्रसार र लुम्बिनीको पर्यटन प्रवद्र्धनमा थाई सरकारको योगदान

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
लुम्बिनी, २३ चैतः बुद्ध जन्मस्थल लुम्बिनीमा थाई सरकार र थाई समुदायले बुद्धधर्म र दर्शनको प्रचारप्रसार तथा लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि विभिन्न गतिविधिमार्फत योगदान पु¥याउँदै आएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा थाई सरकारका तर्फबाट धार्मिक, सामाजिक, सांस्कृतिक र पर्यटकीय प्रवद्र्धनमा महत्वपूर्ण योगदान हँुदै आएको छ । यसले नेपाल र थाइल्याण्डबीचको बौद्ध धर्म एवं दर्शनले जोडेको हजाराँै वर्षदेखिको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने काम गरेको छ । थाई सरकारका तर्फबाट लुम्बिनीस्थित थाई विहारमार्फत लुम्बिनीको सांस्कृतिक, धार्मिक र पर्यटन प्रवद्र्धनसँगै शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । यसअन्तर्गत भूकम्पले क्षति पु¥याएका विद्यालयका भवन निर्माण, भूकम्पपीडितका लागि सहयोग, विद्यालयमा शैक्षिक सामग्री वितरण, छात्रवृत्ति वितरण, स्वास्थ्य...
चैते दसैँमा बागलुङ कालिकामा भक्तजनको भिड

चैते दसैँमा बागलुङ कालिकामा भक्तजनको भिड

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
ढोरपाटन (बागलुङ), २३ चैतः आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दसैँ । बागलुङ कालिका मन्दिरमा विहानैदेखि भक्तजनको घुइँचो लागेको छ । बागलुङ तथा जिल्ला बाहिरबाट आउने भक्तजनका लागि विहानै ४ बजेदेखि मन्दिर खुला गरेपछि भक्तजनको घुइँचो लागेको हो । बागलुङमा चैतेदसैँलाई भव्य रूपमा बनाउने गरिन्छ । चैते दसैँका अवसरमा भारतीय पर्यटकको पनि उल्लेख्य उपस्थिति छ । चैते दसैँलाई बागलुङको पहिचानका रुपमा समेत लिइन्छ । भक्तजनको घुइँचो बढेपछि बागलुङ भगवती गुठी व्यवस्थापन समितिले सुरक्षाकर्मी परिचालन गरेर पूजाआजा गर्ने व्यवस्था मिलाएको बागलुङ कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । गण्डकी प्रदेशकै प्रसिद्ध शक्तिपिठ मानिने कालिका मन्दिरमा पूजाआराधना गरेमा मनोकाक्षा पूरा हुने जनविश्वास छ । मन्दिरमा बोका, राँगा, कुखुरालगायतको बलि चढाइनाका साथै शान्तिको प्रती...
बबरमहलमा संयुक्त कला प्रदर्शनी

बबरमहलमा संयुक्त कला प्रदर्शनी

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, २३ चैतः बबरमहलस्थित नेपाल कला परिषद्मा पाँच महिला कलाकारले संयुक्त कला प्रदर्शनी सुरु गर्नुभएको छ । ‘टुगेदरनेस’ शीर्षकमा सुरु भएको प्रदर्शनीमा अवलोकनकर्ताले कलाकृतिबारे खुलेर प्रसंशा गरेका छन् । प्रदर्शनीमा कृति शाह चन्द, कीपा राणा, पूजा अग्रवाल, सन्ध्यासिंह महर्जन र सगुन शाह सिंहका सृजना राखिएको छ । प्रदर्शनी यही चैत २५ गते सञ्चालन हुनेछ । कलाकार कृति शाह चन्दले आफूले आरोह अवरोह शीर्षकको अमूर्त कलामा मानवीय जीवनका उतारचढावलाई क्यानभासमा उतारेको बताउनुभयो । उहाँले भन्नुभयो, “मान्छेको जीवनमा सुख, दुःखसहितका उतारचढाव आइरहन्छ, त्यसलाई आत्मसात् गर्दै अघि बढ्नुपर्छ भन्ने सन्देश कलामार्फत प्रस्तुत गर्ने प्रयास गरेकी हुँ ।” उहाँले आफूले जीवनमा भोगेका विभिन्न परिस्थितिलाई कुचीमार्फत क्यानभासमा उतारेको सुनाउनुभयो । उहाँका पारसमणि, अटुमन लभ, शान्तिको प्रतिक स्वय...
विसु पर्व नजिकिएसँगै चहलपहल बढ्यो

विसु पर्व नजिकिएसँगै चहलपहल बढ्यो

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
अमरगढी (डडेल्धुरा), २३ चैतः विसु पर्व नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढेको छ । घर लिपपोतदेखि रोजगारी, शिक्षालगायतका प्रयोजनका लागि बाहिर रहेकाहरु घर फर्केने क्रम बढेसँगै चहलपहल बढेको हो । विसु पर्व सुदूरपश्चिमेलीले धुमधामसँग मनाउँछन् । विसु पर्व आउनुपूर्व नै सुदूर पहाडका घर रातो माटो र कमेरो माटोले रंगिन थालेका छन् । नयाँ वर्ष आउनुभन्दा पहिले नै घर लिपपोत गरेमा वर्षभरी नै सुख, शान्ति र समृद्धि कायम हुन्छ भन्ने जनविश्वास रहेको पण्डित करुणाकर अवस्थी बताउनुहुन्छ । चैत सुरु भएदेखि नै घर लिप्ने र पोत्ने काम सुरु हुन्छ भने यो काम चैत महिनामा नै सक्नुपर्छ । पाटन नगरपालिका–१० का सीता भट्टले लगभग तीन घण्टा हिँडेर कमेरो र रातोमाटो ल्याइ घर लिपेको बताउनुभयो । पछिल्लो समयमा घर निर्माणमा सिमेन्टको प्रयोग बढ्न थालेपछि कमेरो र रातोमाटोको प्रयोग पनि घट्दै गएको उहाँको भनाइ छ । ...
चैते दसैँ : देशभरका शक्तिपीठमा भक्तजनको बिहानैदेखि भीड

चैते दसैँ : देशभरका शक्तिपीठमा भक्तजनको बिहानैदेखि भीड

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, २३ चैत : चैते दसैँ पर्वका अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ । उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, श्वेतकाली, रक्तकाली, कलङ्कीमाई, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, नरदेवी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा भक्तजनको भीड लागेको छ । यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, बागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको जनाइएको छ । चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजाआजा एवं दर्शन गरेमा शक्ति प्राप्त हुने धार्मिक विश्वास छ । वर्षभरका चार नवरात्रमध्ये आश्विन र चैत्र शुक्ल पक्षमापर्ने नवरात्रमा दुर्गा भगवतीको विशेष आराधना गरिन्छ । नवरात्रभर साधना गर्नेले नौ ...
प्रधानमन्त्री ओली स्वदेश फिर्ता

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, २३ चैतः प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनमा भाग लिइ आज स्वदेश फर्कनुभएको छ । प्रधानमन्त्री ओलीलाई त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सरकारका उच्चपदस्थ अधिकृत तथा सुरक्षा अङ्गका प्रमुखले स्वागत गर्नुभयो । प्रधानमन्त्रीको स्वागतमा नेपालस्थित कूटनीतिक समुदायका डीन, नेपालका लागि इजिप्टका राजदूत र नेपालका लागि थाइल्याण्डका कार्यवाहक राजदुत स्वागतका लागि विमानस्थल पुग्नुभएको छ । त्यसअघि नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्रीलाई सम्मान गारत अर्पण गरेको थियो । थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्को मैत्रीपूर...
चीनसँगको व्यापार घाटा घटाउनुपर्नेमा मन्त्री भण्डारीको जोड

चीनसँगको व्यापार घाटा घटाउनुपर्नेमा मन्त्री भण्डारीको जोड

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, २३ चैतः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनसँगको व्यापारमा नेपालको ठूलो व्यापार घाटा रहेकाले घटाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको २५औँ वार्षिक साधारणसभा तथा रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै उहाँले यसलाई कम गर्न नेपाली उत्पादनको निर्यात बढाउनु अत्यावश्यक रहेको र जडीबुटी, हस्तकला, कृषि उत्पादन, तयारी पोसाक जस्ता क्षेत्रमा विशेष जोड दिनुपर्ने बताउनुभयो । “नेपाली उत्पादनहरूको प्रवद्र्धनमा सङ्घले अग्रणी भूमिका खेल्न सक्छ, नेपाली वस्तु तथा सेवाको विविधीकरण, गुणस्तर सुधार र ‘ब्रान्डिङ’मा जोड दिनुपर्छ, चिनियाँ बजारमा नेपाली उत्पादनको पहुँच बढाउन सरकारका तर्फबाट विभिन्न व्यापार मेला तथा प्रदर्शनीमा सहभागितालाई प्रोत्साहन गरिँदैछ, चीनसँगको व्यापारमा नेपाली व्यवसायीलाई सहजीकरण गर्न विदेशी विनिमय नीतिमा केही लचकत...
ललितपुर प्रहरीद्वारा एम्बुलेन्सबाट लागुऔषध बरामद

ललितपुर प्रहरीद्वारा एम्बुलेन्सबाट लागुऔषध बरामद

Breaking News, अर्थ, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष
पाटन (ललितपुर), २३ चैतः बागमती गाउँपालिका–३ छपेलीबाट प्रहरीले भारतीय नम्बर प्लेटको एम्बुलेन्ससहित लागुऔषध बरामद गरेको छ । मकवानपुरबाट कान्तिलोकपथ हुँदै काठमाडौँ आउँदै गरेको बिआर ०५ प ०४२१ नम्बरको एम्बुलेन्समा लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो । रेग्मीका अनुसार भट्टेडाँडामा नियमित जाँचका क्रममा एम्बुलेन्समा ९४ हजार ८० वटा ट्याब्लेट ट्रामाडोल बरामद गरिएको हो । लागुऔषध कारोबारमा संलग्न केही व्यक्तिहरूलाई पनि पक्राउ गरिएको उहाँले जानकारी गराउनुभयो । “बिरामीलाई उपयोग गरेर लागुऔषध ओसारपसार भएको छ, आठ वर्षको बच्चा, १६ वर्षको युवा र बिरामी महिलालाई उपयोग गरेर कारोबारीहरुले आफ्नो योजना बनाएको देखिन्छ, एम्बुलेन्स चालकसहित एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएका छौँ, उनीहरुको ...
आजको  सागसब्जी र फलफूलको मूल्य

आजको सागसब्जी र फलफूलको मूल्य

Breaking News, अर्थ, खेलकुद, प्रदेश, फिचर, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, २३ चैत : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४५, गाजर (लोकल) प्रतिकिलो रु ३५, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ३५, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ४०, मूला रातो प्रतिकिलो रु ५०, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४...