नुवाकोटका रबि रिमाल नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको सचिवमा निर्विरोध निर्वाचित
Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौं, वैशाख १२ – नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनमा रवी रिमाल सचिव पदमा निर्विरोध निर्वाचित भएका छ्न्।
काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा वैशाख १० र ११ गते सम्पन्न महाधिवेशनले योगेन्द्रनाथ कर्माचार्यको अध्यक्षतामा ६१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
महाधिवेशनको उद्घाटन नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेका थिए। कार्यक्रममा कांग्रेसका उपसभापति धनराज गुरुङ, पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारी, गृहराज्यमन्त्री इन्द्र बानियाँ, पूर्व मन्त्री सीता गुरुङ लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
नवनिर्वाचित सचिव रवी रिमालले आदरणीय नेतृत्व, महाधिवेशन प्रतिनिधि तथा सम्पूर्ण सदस्यहरूलाई आभार प्रकट गर्द...










