Tuesday, April 21News That Matters

स्थानीय तह विशेष

आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, १४ वैशाखः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ३०, आलु रातो प्रतिकिलो रु ३४, आलु रातो (भारतीय) प्रतिकिलो रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ४५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३५, भन्टा लाम्चो प्रतिकिलो रु ५०, भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडीको मूल्य प्रतिकिलो रु ९० काय...
तीनवटै सरकारका जनप्रतिनिधिको सङ्ख्या घटाउनुपर्छ : जीतजङ्ग बस्नेत

तीनवटै सरकारका जनप्रतिनिधिको सङ्ख्या घटाउनुपर्छ : जीतजङ्ग बस्नेत

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, १४ वैशाखः राष्ट्रियसभाका सदस्य जीतजङ्ग बस्नेतले सङ्घीय सरकारका मन्त्री र मन्त्रालयको सङ्ख्या घटाएर १९ बनाउनुपर्ने बताउनुभएको छ । विसं २०४६ देखि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गर्नुभएका हाल कांग्रेस केन्द्रीय सदस्य बस्नेतले संविधान संशोधन गरेर विद्यामान २५ जनाको मन्त्रिमण्डल सङ्ख्या लाई घटाउन सुझाव दिनुभयो । नेपाल विद्यार्थी सङ्घको महामन्त्री र नेपाल तरुण दलको केन्द्रीय अध्यक्षको जिम्मेवारी पूरा गर्नुभएका उहाँले देश विकासका निम्ति राजनीतिज्ञले अब एकपटक त्याग गर्नुपर्ने बताउनुभएको छ । संविधान भनेको अभ्यास गर्दै जाने विषय हो । तर कानुन बनाउने सवालमा संसद सक्रिय हुनुपर्यो । संविधान संशोधन हुनुपर्छ । विशेषगरी जनप्रतिनिधिको विषयमा संशोधन गर्नुपर्छ । एउटा वडामा अध्यक्षसहित पाँच जना जनप्रतिनिधि हुन्छौँ । त्यसको प्रतिनिधित्व घटाउनुपर्यो । प...
नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयमा संसदीय समितिको सुझाव

नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयमा संसदीय समितिको सुझाव

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, १४ वैशाखः राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिले आगामी आर्थिक २०८२/८३ का नीति तथा कार्यक्रम मुलुकको दिशा स्पष्ट गर्ने र जनता विश्वस्त हुने किसिमले तय गर्नुपर्ने विषयमा सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । समितिको आजको बैठकले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व राज्य सञ्चलानको मार्ग निर्देशन हुने र तिनको कार्यान्वयनका लागि आवश्यकतानुसार स्रोतसाधन राज्यले परिचालन गर्ने/गराउँनेछ भन्ने उल्लेख भएकाले उक्त व्यवस्थालाई दृढतापूर्वक कार्यान्वयनका लागि सुझाव दिने निर्णय गरेको हो । समितिले नीति कार्यक्रम तर्जुमा गर्दा बजेट तथा कार्यक्रमबाट सम्बोधन हुनसक्ने यथार्थमा आधारित भएर प्रस्तुत गर्न सरकारलाई अनुरोध गरेको सभापति ठाकुरप्रसाद गैरेले बताउनुभयो । सुरुङमार्ग, केवलकार, विद्युतीय रेललगायत आधुनिक यातायातका सा...
‘बजेट परम्परागत र वितरणमुखी हुनुहुँदैन’

‘बजेट परम्परागत र वितरणमुखी हुनुहुँदैन’

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, १४ वैशाखः प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेस सांसद राजेन्द्रकुमार केसीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागत र वितरणमुखी नभई आवश्यकताका आधारमा जनता केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । बैठकको विशेष समयमा उहाँले देश र जनतालाई केन्द्रित गरेर नीति कार्यक्रम र बजेट तर्जुमा नहुँदा आर्थिक समृद्धिले गति लिन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघिका सबै बजेट परम्परागत भएकाले विकासले गति लिन सकेन, कुनै पनि बजेटले उत्पादन र रोजगारी वृद्धिका साथै निर्यात बढाउन सकेको छैन ।” सांसद केसीले स्रोतसाधनलाई अध्ययन गरेर आत्मनिर्भरमुखी र कृषिमा आधारित बजेट ल्याउन सरकारलाई सुझाव दिनुभयो । “बजेट ल्याउनुभन्दा तीन महिनाअघिदेखि बजेटका बारेमा छलफल गर्नुपर्ने भनिए पनि त्यसो हुन सकेको छैन, यही अधिवेशनमा करिब ३२ वटा विधेयक पारित गर्नुपर्ने छ, तर पनि ...
सबै क्षेत्र र भूगोललाई समेट्ने गरी बजेट बनाउनुपर्नेमा ऊर्जामन्त्रीको जोड

सबै क्षेत्र र भूगोललाई समेट्ने गरी बजेट बनाउनुपर्नेमा ऊर्जामन्त्रीको जोड

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, १४ वैशाखः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सबै क्षेत्र र भूगोललाई समेट्ने गरी बजेट निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभएको छ । ऊर्जा मन्त्रालयमा आज भएको चालु आर्थिक वर्षको खर्चसम्बन्धी समीक्षा बैठकमा उहाँले आगामी आवको बजेट सबै क्षेत्र, भूगोल र आवश्यकतालाई समेटेर बनाउनुपर्ने बताउनुभयो । “आयोजना प्रमुखले कति खर्च गर्नसक्ने हो, खर्च गर्नसक्ने बजेट मात्र मागौँ, थालिएका आयोजना समयमा सम्पन्न गरौँ”, मन्त्री खड्काले भन्नुभयो । बजेटको न्यायोचित वितरण हुनुपर्ने भन्दै उहाँले मन्त्रालयको कामलाई थप प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो । ऊर्जामन्त्री खड्काले मन्त्रालयभित्र हुने अनावश्यक खर्च रोक्नुपर्ने धारणा राख्दै मातहतका सबै निकाय र कर्मचारीले नतिजा देखिने गरी काम गर्नुपर्ने बताउनुभयो । ऊर्जा सचिव सुरेश आचार्यले र...
फेन्चाइज प्रतियोगिताले फुटबलमा ल्याएको उत्साह

फेन्चाइज प्रतियोगिताले फुटबलमा ल्याएको उत्साह

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, १४ वैशाख : नेपालमा लिग फुटबल नै आयोजना हुन नसकिरहेको वर्तमान अवस्थामा निजी क्षेत्रकोतर्फबाट सञ्चालन गरिएको फ्रेन्चाइज फुटबल प्रतियोगिताले नेपाली फुटबल खेलाडीहरूलाई प्रतिभा प्रदर्शन गर्ने उचित अवसर दिएको छ । नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित नेपालकै सबैभन्दा पहिलो फेन्चाइज खेलकुद प्रतियोगिताको तेस्रो संस्करण करिब एक महिनासम्म सञ्चालन भएको थियो । मुलुकको फुटबलको विकासका लागि रहेको आधिकारिक संस्था अखिल नेपाल फुटबल सङ्घले पूर्वघोषित नकआउट फुटबल प्रतियोगितासमेत गर्न नसकेको अवस्थामा मुलुकका विभिन्न सात जिल्लाको प्रतिनिधित्व रहेको एनएसएल फुटबल प्रतियोगिताको गत शनिबार सम्पन्न फाइनलमा ललितपुर सिटी फुटबल क्लबले पोखरा थण्डर्सलाई एक गोलकाविरूद्ध दुई गोल प्रहार गरी उपाधि रक्षा गर्न सफल भएको थियो । सो खेलको मध्यान्तरअघि समय समाप्त हुनु तीन मिनेटअघि ललितपुरका त...
‘सरकारले जनताका पक्षमा कानुन बनाउने छ’

‘सरकारले जनताका पक्षमा कानुन बनाउने छ’

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, राजनीति, विचार, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, १४ वैशाखः राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सोनाम गेल्जेन शेर्पाले संविधानको मर्मअनुसार जनताका पक्षमा कानुन बनाउने विषयमा सरकार सचेत रहेको प्रष्ट पार्नुभएको छ । बैठकको विशेष समयमा दलीय आधारमा धारणा राख्दै उहाँले निजामती ऐन, शिक्षा ऐन र प्रहरी ऐन यथाशीघ्र अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “सबै दल मिलेर संविधानबमोजिम कानुन निर्माण सक्नुपर्ने हो, तर हामी एकले अर्कालाई दोषमात्रै लगाउँदै आएका छौँ, यो एउटा संस्कार जस्तै भएको छ । अब देशको विकासका लागि सबै राजनीतिक दल एकै ठाउँमा आउनुपर्ने बेला आएको छ ।” सांसद शेर्पाले सबै राजनीतिक दलले आफू सत्तामा हुँदा सबै ठीक देख्ने र नहुँदा बेठीक देख्ने संस्कारको अन्त्य गर्नुपर्ने बताउँदै विद्यालय शिक्षक ऐन जारी गर्ने सम्बन्धमा सबैको सहमति हुनुपर्नेमा जोड दिनुभयो ...
इरानको विशाल बन्दरगाहमा विस्फोट, १८ जनाको मृत्यु, आगलागी जारी

इरानको विशाल बन्दरगाहमा विस्फोट, १८ जनाको मृत्यु, आगलागी जारी

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
तेहरान, १४ वैशाख: इरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाहमा भएको विशाल विस्फोटपछि कम्तीमा १८ जनाको मृत्यु र अन्य आठ सय जना घाइते भएको एक दिनपछि आइतबार आगो अझै लागिरहेको सरकारी सञ्चार माध्यमले जनाएको छ । विश्वको तेल उत्पादनको पाँचौँ भाग हुने होर्मुज जलडमरुमध्य नजिकै दक्षिणी इरानको शहीद रजाई बन्दरगाहमा शनिबार विस्फोट भएको थियो । बन्दरगाहको भन्सार कार्यालयले राज्य टेलिभिजनद्वारा प्रसारित विज्ञप्तिमा विस्फोट सम्भवतः खतरनाक र रासायनिक सामग्री भण्डारण डिपोमा लागेको आगोबाट भएको बताएको छ । सुरक्षा मामिलामा छलफल गर्न नाम नछाप्ने सर्तमा न्युयोर्क टाइम्सले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्ससँग सम्बन्ध राख्ने एक व्यक्तिलाई उद्धृत गर्दै मिसाइलका लागि ठोस इन्धनको एक प्रमुख सामग्री सोडियम पक्र्लोरेटका कारण विस्फोट भएको बताएको छ । इरानी राज्य टे...
स्क्रिनहरू, ड्रोनहरू, मसाजहरू : साङ्घाईमा कारहरूको भविष्य प्रदर्शन

स्क्रिनहरू, ड्रोनहरू, मसाजहरू : साङ्घाईमा कारहरूको भविष्य प्रदर्शन

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
साङ्घाई, १४ वैशाख: यस हप्ताको विशाल अटो साङ्घाई उद्योग प्रदर्शनीमा कुराकानी शक्तिशाली इन्जिनहरू भन्दा अत्याधुनिक प्रविधि र यात्रु आरामका बारेमा बढी थियो । सयौँ कार निर्माता र उपकरण आपूर्तिकर्ताहरूले बुधबारदेखि प्रदर्शनी स्थललाई भरिपूर्ण बनाएका छन्, स्क्रिनहरू, मसाज सिटहरू र अन्य थप सुविधाहरू समेटिएका मोडेलहरू प्रदर्शनमा राखेका छन् – उड्ने ट्याक्सीहरूको त कुरै नगरौँ । – स्क्रिनहरू जताततै – कडा प्रतिस्पर्धाको सामना गर्दै चिनियाँ कार निर्माताहरूले हाइपरकनेक्टेड उपभोक्ताहरूलाई ६५ इन्च सम्मका स्क्रिनहरू प्रत्येक यात्रीको अगाडि, ढोकाहरूमा, सन भाइजरहरूमा वा कारको बोनेटमा समेत जडान गरेर आकर्षित गर्ने प्रयास गरिरहेका छन् । यसैबीच इलेक्ट्रोनिक्स दिग्गजहरू हुवावे र शाओमीले पहिले नै आफ्ना मोबाइल फोनहरूलाई आफ्ना कारहरूमा सजिलै जडान गरेर युवा ग्राह...
बकर इदको अवसरमा दमाममा तेस्रो दमाम च्याम्पियन कप २०२५

बकर इदको अवसरमा दमाममा तेस्रो दमाम च्याम्पियन कप २०२५

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
साउदी अरब, बिपुल ढुङ्गाना , साउदी अरबको दमाम मा कार्यरत नेपाली समुदायबीच आपसी सद्भाव, मित्रता र खेलकुदको भावनालाई प्रगाढ बनाउने उद्देश्यले तेस्रो दमाम च्याम्पियन कप २०२५ आयोजना हुने भएको छ। युनाइटेड नेपाल फुटबल क्लब दमाम (UNFC DMM) ले मुस्लिम धर्मावलम्बीहरूको महान चाड बकर इद इद–उल–अजहा को अवसर पारेर यो भव्य फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो। यो प्रतियोगिता आगामी जुन ६, २०२५, शुक्रबारका दिन साउदी अरबको पूर्वी क्षेत्र खोबरस्थित अजेजिया फुटबल मैदानमा सम्पन्न हुनेछ। आयोजक समितिले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। शुक्रबार दिउँसो दमामको एक नेपाली होटलमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको विस्तृत जानकारी सार्वजनिक गरिएको थियो। सम्मेलनमा आयोजकले खेलप्रेमी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा गरेका छन्। प्रतियोगित...